प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ ७ पृ. १४-१५
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ ७ पृ. १४-१५

पाठ ७

प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने

नियमित रूपले प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ? (१)

प्रार्थना कसलाई अनि कसरी गर्नुपर्छ? (२, ३)

कुन कुन कुराका लागि प्रार्थना गर्नु उचित छ? (४)

कहिले कहिले प्रार्थना गर्नुपर्छ? (५, ६)

के परमेश्‍वरले सबै प्रार्थना सुन्‍नुहुन्छ? (७)

१. प्रार्थना, परमेश्‍वरसित गरिने विनम्र कुराकानी हो। तपाईंले नियमित तवरमा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। तब मात्र उहाँलाई प्रिय मित्रजस्तै घनिष्ठ महसुस गर्न सक्नुहुन्छ। यहोवा सबैभन्दा महान्‌ र शक्‍तिशाली हुनुभए तापनि हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ! के तपाईं नियमित तवरमा प्रार्थना गर्नुहुन्छ?—भजन ६५:२; १ थिस्सलोनिकी ५:१७.

२. प्रार्थना हाम्रो उपासनाको अंश हो। तसर्थ, हामीले यहोवा परमेश्‍वरलाई मात्र प्रार्थना गर्नुपर्छ। यस पृथ्वीमा हुनुहुँदा येशूले आफ्नो पिताबाहेक अरू कसैलाई प्रार्थना गर्नुभएन। हामीले पनि त्यसै गर्नुपर्छ। (मत्ती ४:१०; ६:९) तथापि, हाम्रा सबै प्रार्थनाहरू येशूको नाउँमा गरिएको हुनुपर्छ। किनभने त्यसो गरेर हामी येशूको ओहदालाई आदर गर्छौं र उहाँले दिनुभएको छुटकाराको बलिदानलाई विश्‍वास गर्छौं भनेर देखाउँछौं।—यूहन्‍ना १४:६; १ यूहन्‍ना २:१, २.

३. हामीले हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। रटेर वा प्रार्थनाको पुस्तक पढेर प्रार्थना गर्नु हुँदैन। (मत्ती ६:७, ८) जुनसुकै समय, ठाउँ अनि आदरयोग्य देखिने जुनसुकै आसन धारण गरेर हामी प्रार्थना गर्नसक्छौं। हामीले मनमनै गरेको प्रार्थनासमेत परमेश्‍वरले सुन्‍न सक्नुहुन्छ। (१ शमूएल १:१२, १३) व्यक्‍तिगत प्रार्थनाहरू गर्नुपर्दा एकान्त ठाउँ खोज्नु बेस हो।—मर्कूस १:३५.

४. कुन कुन कुराका लागि तपाईंले प्रार्थना गर्न सक्नुहुन्छ? तपाईं र यहोवाबीचको मित्रतालाई असर गर्ने जुनसुकै कुराका लागि तपाईंले प्रार्थना गर्न सक्नुहुन्छ। (फिलिप्पी ४:६, ७) तर हामीले यहोवाको नाउँ र उद्देश्‍यका लागि पनि प्रार्थना गर्नुपर्छ भन्‍ने कुरा येशूले गर्नुभएको नमुना प्रार्थनाले देखाउँछ। त्यसबाहेक हाम्रो भौतिक आवश्‍यकताहरू पूरा होऊन्‌, पाप क्षमा होऊन्‌ र प्रलोभनको प्रतिरोध गर्ने मदत पाऊँ भनेर पनि प्रार्थना गर्नसक्छौं। (मत्ती ६:९-१३) हाम्रो प्रार्थना स्वार्थी हुनु हुँदैन। हामीले परमेश्‍वरको इच्छासित मेल खाने कुराहरूका लागि मात्र प्रार्थना गर्नुपर्छ।—१ यूहन्‍ना ५:१४.

५. परमेश्‍वरलाई धन्यवाद चढाउने वा उहाँको प्रशंसा गर्ने इच्छा लाग्ने बित्तिकै तपाईं प्रार्थना गर्न सक्नुहुन्छ। (१ इतिहास २९:१०-१३) समस्याहरू उत्पन्‍न हुँदा वा विश्‍वासको परीक्षा हुँदा तपाईंले प्रार्थना गर्नुपर्छ। (भजन ५५:२२; १२०:१) त्यस्तैगरि खाना खानुअघि प्रार्थना गर्नु पनि उपयुक्‍त छ। (मत्ती १४:१९) यहोवाले हामीलाई “हर समय” प्रार्थना गर्ने निमन्त्रणा दिनुहुन्छ।—एफिसी ६:१८.

६. विशेषगरि गम्भीर पाप गर्दा हामीले प्रार्थना गर्नु अत्यावश्‍यक छ। त्यस्तो बेला हामीले यहोवासित दया र क्षमाको लागि बिन्ती गर्नुपर्छ। आफ्नो पाप स्वीकारेर त्यसलाई नदोहोऱ्‍याउने यथाशक्य प्रयास गऱ्‍यौं भने परमेश्‍वर ‘क्षमा गर्न तयार हुनुहुन्छ।’—भजन ८६:५; हितोपदेश २८:१३.

७. यहोवाले धर्मीहरूको मात्र प्रार्थना सुन्‍नुहुन्छ। परमेश्‍वरले प्रार्थना सुनोस्‌ भन्‍ने चाहनुहुन्छ भने तपाईंले यथाशक्य उहाँको नियमअनुसार जीवन बिताउने प्रयत्न गर्नुपर्छ। (हितोपदेश १५:२९; २८:९) प्रार्थना गर्दा विनम्र हुनुपर्छ। (लूका १८:९-१४) साथै प्रार्थनाअनुसार काम पनि गर्नुपर्छ। त्यसो गर्नुभयो भने तपाईं विश्‍वासी र वचनको पक्का हुनुहुन्छ भनेर प्रमाणित हुनेछ। तब मात्र यहोवाले प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।—हिब्रू ११:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने