प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ १५ पृ. ३०
  • अरूलाई परमेश्‍वरको इच्छा पूरा गर्न मदत दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई परमेश्‍वरको इच्छा पूरा गर्न मदत दिने
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ अरूलाई कसरी सुसमाचार सुनाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • यहोवाका सेवामा आनन्दित जवान व्यक्‍तिहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ १५ पृ. ३०

पाठ १५

अरूलाई परमेश्‍वरको इच्छा पूरा गर्न मदत दिने

आफूले सिकिरहेको कुरा अरूलाई किन बताउनुपर्छ? (१)

तपाईं क-कससित सुसमाचार बाँड्‌न सक्नुहुन्छ? (२)

तपाईंको बानीबेहोराले अरूमाथि कस्तो असर पार्नसक्छ? (२)

तपाईंले मण्डलीसित मिलेर कहिले प्रचार गर्न सक्नुहुन्छ? (३)

१. अब त तपाईंले बाइबलबाट थुप्रै असल कुराहरू सिकिसक्नुभएको छ। आफूले सिकेको ज्ञानले तपाईंलाई मसीही व्यक्‍तित्व खेती गर्न मदत गर्नुपर्ने हो। (एफिसी ४:२२-२४) अनन्त जीवन प्राप्त गर्न त्यस्तो ज्ञान अत्यन्तै आवश्‍यक छ। (यूहन्‍ना १७:३) तथापि, अरूले पनि त्यो सुसमाचार सुन्‍नु आवश्‍यक छ। किनभने तब मात्र तिनीहरूलाई बचाउन सकिन्छ। सबै साँचो मसीहीहरूले अरूलाई साक्षी दिनैपर्छ। त्यो परमेश्‍वरको आज्ञा हो।—रोमी १०:१०; १ कोरिन्थी ९:१६; १ तिमोथी ४:१६.

२. वरपरका मानिसहरूलाई आफूले सिकिरहेको असल कुराहरू बताएर तपाईं साक्षी दिने कार्य सुरु गर्न सक्नुहुन्छ। आफ्नो परिवार, मित्र, स्कूलका साथीहरू र सहकर्मीहरूलाई ती कुराहरू बताउनुहोस्‌। तिनीहरूलाई सुनाउँदा दयालु अनि धीरजी हुनुहोस्‌। (२ तिमोथी २:२४, २५) मानिसहरू प्रायजसो अरूको कुरा सुन्‍नअघि उसको बानीबेहोरालाई विचार गर्छन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। त्यसकारण, तपाईंको असल बानीबेहोराले अरूलाई तपाईंको समाचार सुन्‍न आकर्षित गर्नसक्छ।—मत्ती ५:१६; १ पत्रुस ३:१, २, १६.

३. समय बित्दै जाँदा तपाईं यहोवाका साक्षीहरूको स्थानीय मण्डलीसित प्रचार गर्न योग्य हुन सक्नुहुन्छ। तपाईंले गर्नसक्ने प्रगतिको एउटा महत्त्वपूर्ण कदम यो पनि हो। (मत्ती २४:१४) तपाईंले अर्को व्यक्‍तिलाई यहोवाको सेवक बन्‍न र अनन्त जीवन पाउन मदत गर्न सक्नुभयो भने साँच्चै कति आनन्दको कुरा हुनेछ!—१ थिस्सलोनिकी २:१९, २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने