प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ ७ पृ. १२-१३
  • बितेको समयबाट चेताउनी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बितेको समयबाट चेताउनी
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • महा-जलप्रलय—कसले सुने अनि कसले सुनेनन्‌?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • नुहको जहाज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • पानीले संसारलाई नष्ट गऱ्‍यो​—⁠के फेरि त्यस्तो हुनेछ?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ ७ पृ. १२-१३

पाठ ७

बितेको समयबाट चेताउनी

यहोवाले खराब व्यक्‍तिहरूलाई प्रमोदवन नाश गर्न दिनुहुने छैन। उहाँका मित्रहरू मात्र त्यहाँ बस्नेछन्‌। त्यसोभए, खराब मानिसहरूलाई के हुनेछ? यसको जवाफ पाउन नूहको सत्य घटनालाई विचार गर्नुहोस्‌। नूह हजारौं वर्षअघि यस संसारमा जीवित थिए। तिनी सधैं परमेश्‍वरको इच्छाअनुसार गर्न यथासक्दो गर्ने असल व्यक्‍ति थिए। तर पृथ्वीका अरू मानिसहरूले खराब काम गर्थे। अतः यहोवाले सबै दुष्ट मानिसहरूलाई नाश गर्न जलप्रलय ल्याउँदैछु भनेर नूहलाई बताउनुभयो। जलप्रलय आउँदा नूह र तिनको परिवार नाश नहोस्‌ भनेर यहोवाले तिनलाई जहाज बनाउन आज्ञा दिनुभयो।—उत्पत्ति ६:९-१८.

नूह र तिनको परिवारले जहाजभित्र जनावरहरू लगेको देख्दा देख्दै पनि दुष्ट मानिसहरूले तिनले दिएको चेतावनी सुनेनन्‌

नूह र तिनको परिवारले जहाज बनाए। नूहले मानिसहरूलाई जलप्रलय आउँदैछ भनेर चेताउनी दिए तर मानिसहरूले तिनको कुरा सुनेनन्‌। तिनीहरूले खराब काम गर्न छाडेनन्‌। जहाजको निर्माण कार्य सिद्धिएपछि नूहले पशुपक्षीहरू जहाजभित्र हुले अनि तिनी र तिनको परिवार पनि भित्र पसे। त्यसपछि, यहोवाले घनघोर पानी वर्षाउनुभयो। पृथ्वीमा ४० दिन ४० रातसम्म पानी परिरह्‍यो। पृथ्वी पानीले ढाक्यो।—उत्पत्ति ७:७-१२.

दुष्ट मानिसहरूले आफ्नो ज्यान गुमाए तर नूह र तिनको परिवार बचे। यहोवाले जलप्रलयपछि दुष्टताको नाम निसानै नभएको पृथ्वीमा नूह र तिनको परिवारलाई राख्नुभयो। (उत्पत्ति ७:२२, २३) सही कुरा गर्न इन्कार गर्ने मानिसहरूलाई यहोवाले पुनः नाश गर्नुहुनेछ भनेर बाइबल बताउँछ। असल मानिसहरू नाश हुनेछैनन्‌। तिनीहरू प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌।—२ पत्रुस २:५, ६, ९.

आज थुप्रै मानिस खराब काम गर्छन्‌। संसार समस्यै समस्याले भरिएको छ। यहोवाले आफ्ना साक्षीहरूमार्फत बारम्बार चेताउनी दिइरहनुभएको छ तरै पनि थुप्रै मानिस यहोवाको वचन सुन्‍न चाहँदैनन्‌। तिनीहरू आफ्नो जीवनशैली परिवर्तन गर्न चाहँदैनन्‌। परमेश्‍वरले सही र गलतबारे के भन्‍नुहुन्छ, तिनीहरू स्वीकार्न राजी छैनन्‌। यस्ता मानिसहरूलाई के हुनेछ? के तिनीहरू कुनै दिन परिवर्तन हुनेछन्‌? थुप्रै अहिले जस्ता छन्‌, त्यस्तै रहिरहनेछन्‌। दुष्ट मानिसहरू सधैंको लागि नाश हुने समय नजिकै छ।—भजन ९२:७.

पृथ्वी नाश हुनेछैन तर प्रमोदवनमा परिणत हुनेछ। परमेश्‍वरको मित्र हुनेहरू प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌।—भजन ३७:२९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने