गीत १०५
आकाशले परमेश्वरको महिमा गर्छ
छापिएको संस्करण
(भजन १९)
१. आकाश गाउँछ याह तिम्रो महिमा।
तिम्रो कला कृति देख्छु म आकाशमा।
झुल्किन्छ घाम तिम्रो तारिफ गर्दै।
मुस्कुराउँछन् ताराहरू तिम्रो भव्यतामा।
२. तिम्रो आज्ञा मेरो शिरमा तेलझैं छ;
तिम्रो वचन सबलाई जीवनको ज्योतिझैं।
तिम्रो न्याय सच्चा र भला छ।
तिम्रो वचन तिम्रो आज्ञा मिठो छ महझैं।
३. तिम्रो भय मान्नु मेरो सुरक्षा
सुनभन्दा नि असल तिम्रा आदेशहरू।
भलाइ मेरो ती आदेशहरूमै।
पवित्र त्यो तिम्रो नाउँमा रमाउँछु गर्वले।
(भज. १११:९; १४५:५; प्रका. ४:११ पनि हेर्नुहोस्)