प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ २० पृ. ५२-पृ. ५३ अनु. ३
  • अर्को छ वटा विपत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अर्को छ वटा विपत्ति
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो तीन विपत्ति
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मोशा र हारून परमेश्‍वरको वचनका साहसी उद्‌घोषकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ २० पृ. ५२-पृ. ५३ अनु. ३
हुलका हुल सलह

पाठ २०

अर्को छ वटा विपत्ति

मोसा र हारुन परमेश्‍वरको यो सन्देश लिएर फारोकहाँ गए: ‘तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने म तिम्रो देशभरि हुलका हुल झिँगा पठाउनेछु।’ धनी होस्‌ वा गरिब, सारा मिश्रीहरूको घरभरि झिँगैझिँगा भयो। पूरै देशमा झिँगा फैलियो। तर इस्राएलीहरू बसोबास गर्ने इलाका गोसेनमा भने एउटै झिँगा थिएन। यो चौथो र यसपछिका विपत्तिहरूले भने मिश्रीहरूलाई मात्र असर गऱ्‍यो। फारोले यस्तो बिन्ती गरे: ‘झिँगाहरू हटून्‌ भनेर मेरो लागि यहोवा परमेश्‍वरलाई बिन्ती चढाइदेओ। म तिम्रा मानिसहरूलाई जान दिन्छु।’ तर यहोवा परमेश्‍वरले झिँगाहरू हटाइदिनुभएपछि फारोले मन बदले। के फारोले कहिल्यै पाठ सिक्ने थिए?

यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: ‘फारोले मेरा मानिसहरूलाई जान दिएन भने मिश्रीहरूका जनावरहरू भयानक रोग लागेर मर्नेछन्‌।’ भोलिपल्टै जनावरहरू भकाभक मर्न थाले। तर इस्राएलीहरूका जनावरहरू भने एउटै मरेनन्‌। तैपनि फारोको हृदय कठोर भइरह्‍यो र उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

त्यसपछि यहोवाले मोसालाई फेरि फारोकहाँ जान र खरानी लिएर हावामा उडाइदिन भन्‍नुभयो। मोसाले त्यसो गर्दा खरानी मसिनो धुलो भयो र मिश्रभरि फैलियो। त्यसले गर्दा मिश्रीहरूमा अनि तिनीहरूका जनावरहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्किए। तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्‌।

मिश्रीहरूमाथि आइपरेको चौथोदेखि छैटौँ विपत्ति: झिँगा, वस्तुभाउको विनाश, शरीरभरि पिलो

यहोवा परमेश्‍वरले मोसालाई यो सन्देश सुनाउन फेरि फारोकहाँ पठाउनुभयो: ‘के तिमी मेरा मानिसहरूलाई अझै जान दिँदैनौ? हेर, भोलि म ठूलठूला असिना बर्साउनेछु।’ भोलिपल्ट यहोवा परमेश्‍वरले मेघ, असिना र आगो पठाउनुभयो। मिश्रमा यस्तो आँधी कहिल्यै आएको थिएन। सबै रूख र बालीनाली असिनाले गर्दा नष्ट भए तर गोसेनमा भने एउटै असिना परेन। तब फारोले भने: ‘यो सबै रोकिदिन यहोवा परमेश्‍वरलाई बिन्ती गरिदेओ। त्यसपछि म तिमीहरूलाई जान दिनेछु।’ तर असिना र पानी थामिनेबित्तिकै फारोले मन बदले।

तब मोसाले भने: ‘अब सलहहरू आएर असिनाबाट बचेको बोटबिरुवा एउटै बाँकी नराखी खानेछन्‌।’ लाखौँ सलहले असिनाबाट बचेको बोटबिरुवा र रूखको फल खाइदिए। त्यसपछि फारोले यस्तो बिन्ती गरे: ‘यी सलहहरूलाई हटाइदिन यहोवा परमेश्‍वरलाई बिन्ती गरिदेओ।’ तर यहोवा परमेश्‍वरले सलहहरूलाई हटाइदिनुभएपछि पनि फारोको हृदय कठोरै भइरह्‍यो।

यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “आफ्नो हात आकाशतिर पसार।” नभन्दै मिश्रभरि निस्पट्ट अँध्यारो भयो। तीन दिनसम्म तिनीहरूले केही देख्न सकेनन्‌। तर इस्राएलीहरू बसेको ठाउँमा भने उज्यालो थियो।

मिश्रीहरूमाथि आइपरेको सातौँदेखि नवौँ विपत्ति: असिना, सलहहरू, निस्पट्ट अँध्यारो

त्यसपछि फारोले मोसालाई भने: ‘तिमी र तिम्रा मानिसहरू जान सक्छौ। तिमीहरूका जनावरहरूचाहिँ यहीँ छोड।’ तब मोसाले भने: ‘यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन हामीले आफ्नो वस्तुभाउ लैजानै पर्छ।’ फारो रिसले चुर भए र यसो भन्दै कराए: ‘यहाँबाट गइहाल! मैले तिमीलाई फेरि देखेँ भने म तिमीलाई मार्नेछु।’

“तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच, परमेश्‍वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्‍नता देख्नेछौ।”—मलाकि ३:१८

प्रश्‍नहरू: यहोवाले यसपटक कस्ता विपत्तिहरू ल्याउनुभयो? यी विपत्तिहरू सुरुका तीन विपत्तिभन्दा कसरी फरक थिए?

प्रस्थान ८:२०–१०:२९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने