प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff पाठ १० बुँदा १-५
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • सभामा हाम्रो उपस्थितिले के देखाउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • सभाभवनमा हुने कार्यक्रमहरूमा किन उपस्थित हुने?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff पाठ १० बुँदा १-५
पाठ १०. यहोवाका साक्षीहरूको सभामा एक जना साक्षीले नयाँ व्यक्‍तिलाई बाइबल पद देखाउँदै छन्‌।

पाठ १०

तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

के तपाईँले यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन निम्तो पाउनुभएको छ? तपाईँ उपस्थित हुनुभएको छैन भने पहिलो पटक उपस्थित हुन तपाईँलाई अलि अप्ठ्यारो लाग्न सक्छ। तपाईँको मनमा यस्ता प्रश्‍नहरू आउलान्‌: यी सभाहरूमा के हुन्छ? सभाहरू किन महत्त्वपूर्ण छन्‌? म किन उपस्थित हुनुपर्छ? यी सभाहरूमा अरूसँगै भेला हुँदा तपाईँ कसरी परमेश्‍वरसँग नजिक हुन सक्नुहुन्छ र तपाईँ आफैले कस्तो लाभ उठाउन सक्नुहुन्छ, त्यसबारे यस पाठमा सिक्नुहुनेछ।

१. हामी एकसाथ भेला हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कारण के हो?

बाइबलका एक जना लेखकले एकसाथ भेला हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कारणबारे के लेखे, याद गर्नुहोस्‌: “म ठूलो समुदायमा यहोवाको प्रशंसा गर्नेछु।” (भजन २६:१२) त्यसैगरि यहोवाका साक्षीहरू एकसाथ भेला हुन पाउँदा असाध्यै रमाउँछन्‌। संसारभरि नै तिनीहरू हरेक हप्ता सभाहरूमा भेला भएर परमेश्‍वरको उपासना गर्छन्‌, स्तुतिगान गाउँछन्‌ र प्रार्थना गर्छन्‌। तिनीहरू उपासना गर्न वर्षको केही पटक ठूलो समूहमा पनि भेला हुन्छन्‌।

२. तपाईँले हाम्रा सभाहरूमा के सिक्न सक्नुहुन्छ?

हाम्रा सभाहरूमा परमेश्‍वरको वचनबाट सिकाइन्छ, त्यसमा ‘लेखिएका कुराहरू स्पष्टसित बुझाइन्छ र त्यसको अर्थ पनि खुलाइन्छ।’ (नहेम्याह ८:८ पढ्‌नुहोस्‌।) हाम्रा सभाहरूमा तपाईँले यहोवा र उहाँका मनमोहक गुणहरूबारे सिक्नुहुनेछ। उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ भनेर सिक्दै जाँदा तपाईँ उहाँसित अझ नजिक हुनुहुनेछ। उहाँले तपाईँलाई अर्थपूर्ण जीवन बिताउन कसरी मदत गर्न सक्नुहुन्छ, त्यो पनि थाह पाउनुहुनेछ।—यसैया ४८:१७, १८.

३. हाम्रा सभाहरूमा आउने मानिसहरूसित कुराकानी गरेर तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ?

यहोवाले हामीलाई ‘आपसमा गहिरो चासो राखेर एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाउनू अनि एकसाथ भेला हुन नछोड्‌नू’ भनेर आज्ञा दिनुभएको छ। (हिब्रू १०:२४, २५) तपाईँले हाम्रा सभाहरूमा एकअर्काप्रति साँचो चासो राख्ने र तपाईँले जस्तै परमेश्‍वरबारे अझ धेरै कुरा सिक्न चाहने मानिसहरू भेट्‌नुहुनेछ। तिनीहरूले बाइबलबाट सिकेका प्रोत्साहनदायी कुराहरू एकअर्कालाई बताएको पनि तपाईँले सुन्‍नुहुनेछ। (रोमी १:११, १२ पढ्‌नुहोस्‌।) तपाईँले सभामा अरूसित चिनजान गर्न सक्नुहुनेछ, जो समस्याहरूको सामना गर्दै अघि बढिरहेका छन्‌। यी त यहोवाले हामी सभामा नियमित रूपमा भेला भएको चाहनुका केही कारण मात्र हुन्‌।

अझ खोतल्नुहोस्‌

यहोवाका साक्षीहरूका सभाहरूमा के हुन्छ, थाह पाउनुहोस्‌। यी सभाहरूमा उपस्थित हुन सक्दो प्रयास गर्नु किन राम्रो हो, बुझ्नुहोस्‌।

४. यहोवाका साक्षीहरूको सभा

प्रथम शताब्दीका ख्रिष्टियनहरू यहोवाको उपासना गर्न नियमित रूपमा एकसाथ भेला हुन्थे। (रोमी १६:३-५) कलस्सी ३:१६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • सुरु-सुरुका ख्रिष्टियनहरूले कसरी यहोवाको उपासना गर्थे?

अहिले यहोवाका साक्षीहरू पनि उपासना गर्न नियमित रूपमा एकसाथ भेला हुन्छन्‌। तिनीहरूका सभाहरू कस्ता हुन्छन्‌ भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌। त्यसपछि मण्डलीको सभाको चित्र हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? (२:१२)

  • सभाभवनमा हुने गतिविधि र कलस्सी ३:१६ मा लेखिएको कुराबीच कस्ता समानताहरू तपाईँले याद गर्नुभयो?

  • भिडियोमा वा चित्रमा तपाईँलाई अरू कुन कुरा रोचक लाग्यो?

दोस्रो कोरिन्थी ९:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवाका साक्षीहरूको सभामा किन प्रवेश शुल्क लिइँदैन वा चन्दा सङ्‌कलन गरिँदैन?

आउँदो सभामा के-के छलफल हुनेछ, ती विषयहरू अध्ययन सञ्चालकसित हेर्नुहोस्‌।

  • सभाको कुनचाहिँ कार्यक्रम तपाईँको लागि सबैभन्दा रोचक वा उपयोगी होला जस्तो लाग्यो?

के तपाईँलाई थाह थियो?

संसारको विभिन्‍न ठाउँमा सभाहरू कहाँ र कहिले हुन्छ भनेर थाह पाउन तपाईँ jw.org/ne हेर्न सक्नुहुन्छ।

चित्रहरूको सँगालो: सभाभवनमा सभा सुरु हुनुअघि, सभाको दौडान र सभापछिको दृश्‍य। चित्र ‘क’ देखि ‘घ’ सम्म दृश्‍यहरू दोहोरिएका छन्‌। क. एक जना भाइ सभामा मञ्चबाट बाइबलआधारित भाषण दिँदै छन्‌। ख. श्रोताहरूमाझ बसेकी एक जना बहिनी प्रश्‍नोत्तर कार्यक्रमको दौडान टिप्पणी दिँदै छिन्‌। ग. एक जना साक्षी भाइ सभापछि एउटा परिवारसित कुरा गर्दै छन्‌। घ. एक जना साक्षी भाइ सभामा आइरहेका एक जना वृद्ध व्यक्‍तिको लागि ढोका खोलिदिँदै छन्‌।
  1. क. हाम्रा सभाहरूमा भाषण दिइनुका साथै भिडियो र प्रस्तुति पनि देखाइन्छ। सभाहरूको सुरु र अन्तमा स्तुतिगान गाइन्छ अनि प्रार्थना गरिन्छ

  2. ख. कुनै-कुनै कार्यक्रममा श्रोताले टिप्पणी दिने मौका पाउँछन्‌

  3. ग. हाम्रा सभाहरूमा सबैलाई स्वागत गरिन्छ—पुरुष, स्त्री, वृद्ध र केटाकेटी

  4. घ. यहोवाका साक्षीहरूको सभामा प्रवेश शुल्क लिइँदैन वा चन्दा सङ्‌कलन गरिँदैन

५. सभामा उपस्थित हुन प्रयास गर्नुपर्ने हुन्छ

येसुको परिवारले बसालेको उदाहरण विचार गर्नुहोस्‌। हरेक वर्ष नासरतदेखि यरुसलेमको मन्दिरसम्म पुग्न उहाँहरू पहाडी इलाका हुँदै लगभग १०० किलोमिटर हिँड्‌नुहुन्थ्यो। लुका २:३९-४२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के तपाईँलाई उहाँहरूले यरुसलेमसम्म यात्रा गर्न प्रयास गर्नुपरेको थियो जस्तो लाग्छ?

  • सभाहरूमा उपस्थित हुन तपाईँले किन प्रयास गर्नुपर्ने हुन सक्छ?

  • के तपाईँलाई सभामा जान प्रयास गर्नु राम्रो हो जस्तो लाग्छ? किन?

चित्रहरूको सँगालो: युसुफ, मरियम, येसु र उहाँको भाइ यात्राको लागि तयारी गर्दै हुनुहुन्छ। १. युसुफ गधामाथि भारी लाद्दै छन्‌ र मरियम खानेकुराको बन्दोबस्त मिलाउँदै छिन्‌। २. नासरतदेखि यरुसलेम जाने बाटोको नक्सा।

बाइबलमा यहोवाको उपासना गर्न एकसाथ भेला हुनु एकदमै महत्त्वपूर्ण छ भनेर बताइएको छ। हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामी किन सभाहरूमा नियमित रूपमा उपस्थित हुनुपर्छ?

कोही-कोही भन्छन्‌: “उपासना गर्न हामी एकसाथ भेला हुनु पर्दैन, घरमै बसेर बाइबल पढे पुगिहाल्छ नि।”

  • यहोवाले चाहनुहुने कुरा बाइबलको कुन पद वा उदाहरणले देखाउँछ?

सारांश

सभामा उपस्थित हुँदा तपाईँले यहोवाबारे अझ धेरै कुरा सिक्नुहुनेछ, उहाँसितको मित्रता बलियो हुनेछ अनि अरूसित मिलेर उहाँको उपासना गर्न सक्नुहुनेछ।

तपाईँले के सिक्नुभयो?

  • यहोवाले हामीलाई एकसाथ भेला हुन किन प्रोत्साहन दिनुहुन्छ?

  • तपाईँले यहोवाका साक्षीहरूका सभाहरूमा के सिक्नुहुनेछ?

  • तपाईँको विचारमा सभामा उपस्थित हुँदा अरू कुन-कुन तरिकामा लाभ उठाउन सकिन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

तपाईँलाई सभामा जान अप्ठ्यारो लाग्छ भने नि? त्यस्तै महसुस गरेका एक जना व्यक्‍तिलाई कसरी सभाहरू रमाइलो लाग्न थाल्यो, हेर्नुहोस्‌।

त्यो अभिवादन हामी कहिल्यै बिर्सँदैनौँ (४:१६)

एक जना युवकलाई सभाहरू किन रमाइलो लाग्यो र तिनले सभाहरूमा उपस्थित भइरहन के गरे, हेर्नुहोस्‌।

मलाई सभाहरू असाध्यै मन पऱ्‍यो! (४:३३)

धेरैले सभामा उपस्थित हुन पाउँदा कस्तो महसुस गर्छन्‌, थाह पाउनुहोस्‌।

“सभाभवनमा हुने कार्यक्रमहरूमा किन उपस्थित हुने?” (jw.org को लेख)

यहोवाका साक्षीहरूको सभामा उपस्थित भएपछि हिंस्रक समूहको एक जना सदस्यको जीवनमा कस्तो परिवर्तन आयो, पढ्‌नुहोस्‌।

“बन्दुक नबोकी हिंडेको दिनै थिएन” (प्रहरीधरहरा, जुलाई १, २०१४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने