युवाहरू सोध्छन्
सभाभवनमा हुने कार्यक्रमहरूमा किन उपस्थित हुने?
यहोवाका साक्षीहरू हप्ताको दुई पटक सभामा उपस्थित भएर यहोवाको उपासना गर्छन्। तिनीहरू भेला हुने ठाउँलाई सभाभवन भनिन्छ। त्यहाँ के हुन्छ र त्यहाँ उपस्थित भएर तपाईँलाई के फाइदा हुन्छ?
सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्?
सभाभवन भनेको बाइबलको शिक्षा आफ्नो जीवनमा लागू गर्दा कस्तो फाइदा हुन्छ भनेर सिक्ने ठाउँ हो। सभाहरूले तपाईँलाई यी कुराहरू गर्न मदत गर्छ:
परमेश्वरबारे सत्य कुरा सिक्न।
अहिले भइरहेका घटनाहरूको अर्थ बुझ्न।
राम्रो मानिस बन्न।
असल साथीहरू भेट्टाउन।
के तपाईँलाई थाह थियो? यहोवा साक्षीहरूको सभा हुने ठाउँलाई सभाभवन भनिन्छ किनभने त्यहाँ छलफल गरिने मुख्य विषय परमेश्वरको राज्यसित सम्बन्धित हुन्छ।—मत्ती ६:९, १०; २४:१४; लूका ४:४३.
किन उपस्थित हुने?
त्यहाँ दिइने जानकारीले तपाईँलाई मदत गर्छ। यहोवाका साक्षीहरूको सभामा छलफल गरिने बाइबल सिद्धान्तहरूले तपाईँलाई “बुद्धि प्राप्त” गर्न मदत गर्छ। (हितोपदेश ४:५, NRV) त्यसैले बाइबलले तपाईँलाई जीवनमा सही निर्णय गर्न साँच्चै मदत गर्छ। यसले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउन पनि मदत गर्छ। जस्तै:
हाम्रो सप्ताहन्तको सभामा दिइने भाषणका केही विषयहरू यसप्रकार छन्:
बाइबलको डोऱ्याइअनुसार किन चल्ने?
दुःखको समयमा तपाईँ कहाँ मदत पाउन सक्नुहुन्छ?
परमेश्वरको राज्यले अहिले हाम्रो निम्ति के गरिरहेको छ?
“स्कुलमा मसँगै पढ्ने साथी एक चोटि हाम्रो सभामा आयो। ऊ हाम्रो परिवारसँगै बस्यो र हामीले सँगै मिलेर किताब हेऱ्यौँ। श्रोताहरूले टिप्पणी दिने भागमा अरूको टिप्पणी सुनेर आफू निकै प्रभावित भएको कुरा पछि उसले मलाई सुनायो। उसको चर्चमा हाम्रो जस्तै अध्ययन सामग्री छैन भनेर पनि उसले मलाई भन्यो।”—ब्रिन्डा
के तपाईँलाई थाह थियो? सभाभवनमा उपस्थित हुन कुनै शुल्क लाग्दैन र कुनै चन्दा पनि उठाइँदैन।
त्यहाँ आउने मानिसहरूबाट तपाईँले प्रोत्साहन पाउनुहुन्छ। ख्रीष्टियनहरू एकसाथ भेला हुनुपर्ने एउटा कारण “एकअर्कालाई प्रोत्साहन” दिनको लागि हो भनेर बाइबल बताउँछ। (हिब्रू १०:२४, २५) आफूलाई भन्दा परमेश्वर र अरू मानिसहरूलाई प्राथमिकता दिने व्यक्तिहरूसँगको सरसङ्गतले यस स्वार्थी संसारमा पनि स्फूर्ति दिन्छ।
“दिनभरिको दौडधूपले निराश र थकित महसुस भए पनि राज्यभवनमा सबैसँग भेट्दा मलाई आनन्द लाग्छ। सभा सकिएपछि घर फर्कने बेला म सधैँ खुसी हुन्छु अनि अर्को दिनको सामना गर्न तयार भएको महसुस गर्छु।”—एलिजा
के तपाईँलाई थाह थियो? संसारभरि यहोवाका साक्षीहरूको १,२०,००० भन्दा धेरै मण्डली छन्। अनि तिनीहरू ६०,००० भन्दा धेरै ठाउँमा भेला हुन्छन्। सभामा आउनेहरूको सङ्ख्या बढिरहेको हुनाले हरेक वर्ष लगभग १,५०० सभाभवनहरू निर्माण गरिन्छ।a
a सभा हुने ठाउँ खोज्न “यहोवाका साक्षीहरूको मण्डलीका सभाहरू” भन्ने पृष्ठमा गएर “पायक पर्ने ठाउँ खोज्ने” थिच्नुहोस्।