प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff पाठ १४ बुँदा १-७
  • हामी कसरी परमेश्‍वरलाई मन पर्ने तरिकामा उपासना गर्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी कसरी परमेश्‍वरलाई मन पर्ने तरिकामा उपासना गर्न सक्छौँ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • साँचो उपासनाले तपाईँको आनन्द बढाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • परमेश्‍वरको उपासना गर्ने सही तरिका
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff पाठ १४ बुँदा १-७
पाठ १४. यहोवाका साक्षीहरू र नयाँ व्यक्‍तिहरू मण्डलीको सभामा स्तुतिगान गाउँछन्‌।

पाठ १४

हामी कसरी परमेश्‍वरलाई मन पर्ने तरिकामा उपासना गर्न सक्छौँ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

अघिल्लो पाठमा छलफल गरिएझैँ सबै धर्मले परमेश्‍वरलाई खुसी बनाउँदैनन्‌। तर सृष्टिकर्तालाई खुसी बनाउने तरिकामा उहाँको उपासना गर्न सकिन्छ। त्यसोभए कस्तो “उपासना [वा धर्म]”-ले उहाँलाई खुसी बनाउँछ? (याकुब १:२७, फुटनोट) यसबारे बाइबलले के सिकाउँछ, हेरौँ।

१. हामीले गर्ने उपासना केमा आधारित हुनुपर्छ?

हामीले गर्ने उपासना बाइबलमा आधारित हुनुपर्छ। येसुले परमेश्‍वरलाई भन्‍नुभयो: “तपाईँको वचन सत्य हो।” (युहन्‍ना १७:१७) केही धर्मले परमेश्‍वरको प्रेरित वचन बाइबलमा पाइने सत्यलाई बेवास्ता गर्छन्‌। बरु तिनीहरू मानव शिक्षा र परम्परा सिकाउँछन्‌। तर ‘परमेश्‍वरको आज्ञालाई पन्छाउनेहरूसित’ यहोवा खुसी हुनुहुन्‍न। (मर्कुस ७:९ पढ्‌नुहोस्‌।) अर्कोतर्फ, हामीले गर्ने उपासनाको आधार बाइबललाई बनायौँ र त्यसको सल्लाह पालन गऱ्‍यौँ भने उहाँको हृदयलाई आनन्दित तुल्याउन सक्छौँ।

२. हामीले कसरी यहोवाको उपासना गर्नुपर्छ?

यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ मात्र हाम्रो भक्‍तिको योग्य हुनुहुन्छ। (प्रकाश ४:११) यसको अर्थ हामीले उहाँलाई प्रेम गर्नुपर्छ अनि उहाँको मात्र उपासना गर्नुपर्छ। साथै उहाँको उपासना गर्न कुनै मूर्ति, तस्बिर वा प्रतिमा प्रयोग गर्नु हुँदैन।—यसैया ४२:८ पढ्‌नुहोस्‌।

हामीले चढाउने उपासना यहोवाको लागि “पवित्र अनि ग्रहणयोग्य” हुनुपर्छ। (रोमी १२:१) भन्‍नुको मतलब, हामी उहाँले तोक्नुभएको नैतिक स्तरअनुसार चल्नुपर्छ। उदाहरणको लागि, यहोवालाई प्रेम गर्नेहरूले वैवाहिक जीवनको लागि उहाँले तोक्नुभएको स्तरलाई प्रेम गर्छन्‌ अनि त्यसअनुसार चल्छन्‌। साथै तिनीहरू अस्वस्थकर आनीबानीबाट परै बस्छन्‌। जस्तै: तिनीहरू सुर्तीजन्य पदार्थ र लागूपदार्थ सेवन गर्दैनन्‌ वा रक्सीको दुरुपयोग गर्दैनन्‌।a

३. हामीले किन यहोवाका उपासकहरूसित मिलेर उहाँको उपासना गर्नुपर्छ?

हरेक हप्ता हुने सभाहरूमा हामी “समुदायमा . . . यहोवाको प्रशंसा गर्ने” मौका पाउँछौँ। (भजन १११:१, २) यसो गर्ने एउटा तरिका परमेश्‍वरको स्तुति गाएर हो। (भजन १०४:३३ पढ्‌नुहोस्‌।) यहोवा हामीलाई सभाहरूमा उपस्थित हुन आग्रह गर्नुहुन्छ किनभने उहाँ हामीलाई माया गर्नुहुन्छ। साथै सभाहरूले हामीलाई सधैँभरि जीवनको आनन्द उठाउन मदत गर्नेछ भनेर उहाँलाई थाह छ। हामीले सभामा उपस्थित भएर एकअर्कालाई प्रोत्साहन दियौँ भने हाम्रै फाइदा हुन्छ।

अझ खोतल्नुहोस्‌

यहोवा किन हामीले उहाँको उपासना गर्दा प्रतिमाहरू प्रयोग गरेको चाहनुहुन्‍न, बुझ्नुहोस्‌। हामीले परमेश्‍वरको प्रशंसा गर्न सक्ने केही महत्त्वपूर्ण तरिका सिक्नुहोस्‌।

४. हामीले उपासना गर्दा प्रतिमाहरू प्रयोग गर्नु हुँदैन

यसो गरेको परमेश्‍वरलाई मन पर्दैन भनेर हामी किन भन्‍न सक्छौँ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: के परमेश्‍वरलाई उहाँको उपासना गर्दा प्रतिमाहरू प्रयोग गरेको मन पर्छ? (३:२६)

तस्बिरहरूको सँगालो: १. एक जना पुरुष प्रसादका थालीहरू र देवताको मूर्तिसामु प्रार्थना गर्छन्‌। २. एक जना पुरुष जपमाला लिएर कन्ये मरियमको मूर्तिसामु प्रार्थना गर्छन्‌।
  • बाइबलकालीन समयमा परमेश्‍वरका केही सेवकले उपासनामा मूर्ति प्रयोग गर्दा के भयो?

कोही-कोही परमेश्‍वरको उपासनामा प्रतिमाहरू प्रयोग गर्छन्‌ किनभने त्यसो गर्दा तिनीहरूलाई परमेश्‍वरसित नजिक हुन सकिन्छ जस्तो लाग्छ। तर त्यसो गर्दा उहाँबाट झन्‌ टाढा पो भइने हो कि? प्रस्थान २०:४-६ र भजन १०६:३५, ३६ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • मानिसहरूले उपासना गर्दा के-कस्ता चिजबिज वा प्रतिमा प्रयोग गरेको तपाईँले याद गर्नुभएको छ?

  • उपासनामा प्रतिमाहरू प्रयोग गर्दा यहोवालाई कस्तो लाग्छ?

  • के तपाईँलाई हामीले उपासनामा प्रतिमाहरू प्रयोग गर्नु उचित हो जस्तो लाग्छ? तपाईँ किन त्यसो भन्‍नुहुन्छ?

५. यहोवाको मात्र उपासना गर्दा हामी झूटा शिक्षाहरूबाट स्वतन्त्र हुन्छौँ

यहोवाको मात्र उपासना गऱ्‍यौँ भने हामी कसरी झूटा शिक्षाहरूबाट स्वतन्त्र हुन सक्छौँ, हेर्नुहोस्‌। भिडियो हेर्नुहोस्‌।

भिडियो: सत्यले गर्दा स्वतन्त्र (५:१६)

भजन ९१:१४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामीले यहोवाको मात्र उपासना गरेर उहाँलाई प्रेम गरेको देखायौँ भने उहाँले के गर्ने प्रतिज्ञा गर्नुभएको छ?

६. हामी मण्डलीका सभाहरूमा परमेश्‍वरको उपासना गर्छौँ

हामी मण्डलीका सभाहरूमा स्तुतिगान गाएर र टिप्पणी दिएर यहोवाको प्रशंसा गर्छौँ अनि एकअर्काको उत्थान गर्छौँ। भजन २२:२२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के तपाईँलाई सभाहरूमा टिप्पणीहरू सुन्‍न रमाइलो लाग्छ?

  • के तपाईँ टिप्पणी दिन तयारी गर्न चाहनुहुन्छ?

 चित्रहरूको सँगालो: एक जना बाइबल विद्यार्थी परमेश्‍वरले स्विकार्नुहुने तरिकामा उपासना गर्न सिक्दै छिन्‌। १. तिनी मण्डलीको सभामा परमेश्‍वरको स्तुतिगान गाउँछिन्‌। २. तिनी मण्डलीको सभामा टिप्पणी दिन्छिन्‌। ३. तिनी एउटी महिला र उनकी छोरीलाई बाइबलमा आधारित भिडियो देखाउँछिन्‌।

७. हामीले सिकेको कुरा अरूलाई बताउँदा यहोवालाई खुसी लाग्छ

हामी विभिन्‍न तरिकामा बाइबलका सत्यहरू अरूलाई बताउन सक्छौँ। भजन ९:१ र ३४:१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँले बाइबलबाट सिकेको कुन कुरा अरूलाई बताउन चाहनुहुन्छ?

कोही-कोही भन्छन्‌: “हामी असल काम गर्छौँ भने परमेश्‍वरलाई जसरी उपासना गरे पनि हुन्छ।”

  • तपाईँलाई कस्तो लाग्छ?

सारांश

हामीले सृष्टिकर्ताको मात्र उपासना गऱ्‍यौँ, मण्डलीका सभाहरूमा उहाँको प्रशंसा गऱ्‍यौँ अनि सिकेको कुरा अरूलाई बतायौँ भने उहाँलाई खुसी बनाइरहेका हुन्छौँ।

तपाईँले के सिक्नुभयो?

  • परमेश्‍वरको उपासना गर्ने सही तरिका हामी कसरी सिक्न सक्छौँ?

  • हामीले किन यहोवाको मात्र उपासना गर्नुपर्छ?

  • हामीले किन परमेश्‍वरलाई खुसी बनाउन चाहनेहरूसित मिलेर उहाँको उपासना गर्नुपर्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

एउटी महिलाले कसरी मूर्तिपूजा त्यागिन्‌ भनेर थाह पाउन “अहिले म मूर्तिपूजा गर्दिनँ” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, जुलाई १, २०११)

तपाईँलाई मण्डलीका सभाहरूमा टिप्पणी दिन कुन कुराले मदत गर्छ, बुझ्नुहोस्‌।

“सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌” (प्रहरीधरहरा, जनवरी २०१९)

एक जना युवकलाई गाह्रो भए तापनि तिनले सभाहरूमा उपस्थित भएर कस्तो लाभ उठाउन सके, हेर्नुहोस्‌।

यहोवाले मेरो ख्याल राख्नुभयो (३:०७)

धेरैको विचारमा क्रस भनेको ख्रिष्टियनहरूको चिनारी हो। तर के हामीले उपासना गर्दा क्रसको प्रयोग गर्नु उचित हो?

“यहोवाका साक्षीहरू उपासना गर्दा किन क्रस प्रयोग गर्दैनन्‌?” (jw.org को लेख)

a यी विषयहरूबारे आउँदो पाठहरूमा छलफल गरिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने