प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd पाठ ९
  • समानुभूति देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समानुभूति देखाउनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • समानुभूति—दया र अनुकम्पाको कुञ्जी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • समानुभूति देखाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • समानुभूति देखाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२०
  • दयालु हुनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd पाठ ९

फेरि भेट्‌नुहोस्‌

येसु र उहाँका चेलाहरू डुङ्‌गाबाट ओर्लेर किनारामा उहाँहरूलाई पर्खेर बसिरहेका मानिसहरूतर्फ जाँदै हुनुहुन्छ।

मर्कु. ६:३०-३४

पाठ ९

समानुभूति देखाउनुहोस्‌

सिद्धान्त: “रमाउनेहरूसित रमाओ; रुनेहरूसित रोओ।”—रोमी १२:१५.

येसुले के गर्नुभयो?

येसु र उहाँका चेलाहरू डुङ्‌गाबाट ओर्लेर किनारामा उहाँहरूलाई पर्खेर बसिरहेका मानिसहरूतर्फ जाँदै हुनुहुन्छ।

भिडियो: येसु भीडलाई देखेर टिठाउनुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा मर्कुस ६:३०-३४ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. येसु र उहाँका प्रेषितहरू किन “एकान्त ठाउँमा जानुभयो”?

  2. ख. भीडलाई सिकाउन येसुलाई केले उत्प्रेरित गऱ्‍यो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. समानुभूतिले हामीलाई सुसमाचार सुनाउन मात्र नभई मानिसहरूमा गहिरो चासो राख्न पनि जुरमुऱ्‍याउँछ।

येसुको अनुकरण गर्नुहोस्‌

३. ध्यान दिएर सुन्‍नुहोस्‌। अरूलाई आफ्नो कुरा व्यक्‍त गर्ने मौका दिनुहोस्‌। तिनले आफ्नो भावना व्यक्‍त गर्दा, आफूलाई चिन्ता लागिरहेको कुरा बताउँदा वा कुनै विषयमा असहमति जनाउँदा बीचमै कुरा नकाट्‌नुहोस्‌ वा तिनको कुरालाई पन्छ्याउन नखोज्नुहोस्‌। बरु तिनको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। यसो गर्नुभयो भने तिनको भावना र विचारको कदर गरेको देखाइरहनुभएको हुनेछ।

४. चासो देखाएका व्यक्‍तिबारे सोच्नुहोस्‌। तिनीसितको कुराकानीबारे विचार गर्दै आफैलाई सोध्नुहोस्‌:

  1. क. ‘तिनले बाइबलको सत्य थाह पाउनु किन जरुरी छ?’

  2. ख. ‘बाइबल अध्ययन गर्दा तिनको अहिलेको जीवन र भविष्य कसरी अझ राम्रो हुन सक्छ?’

५. तिनको लागि मदतकारी हुन सक्ने जानकारी दिनुहोस्‌। बाइबल अध्ययनले कसरी तिनका प्रश्‍नहरूको जवाफ दिन्छ र तिनलाई व्यावहारिक मदत दिन्छ भन्‍ने कुरा सकेसम्म छिटो बुझाउनुहोस्‌।

यी पदहरू पनि हेर्नुहोस्‌:

रोमी १०:१३, १४; फिलि. २:३, ४; १ पत्रु. ३:८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने