प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd पाठ ११
  • सरल तरिकामा सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सरल तरिकामा सिकाउनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” चलाएर अध्ययन गराउनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • कसरी “शिक्षा” दिनुहुन्छ, होसियार हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • बाइबलका आफ्ना विद्यार्थीहरूको हृदयलाई प्रभावित पार्नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd पाठ ११

चेला बनाउनुहोस्‌

येसु समुद्रनजिकै मानिसहरूलाई सिकाउँदै हुनुहुन्छ। चराहरू उडिरहेका छन्‌ र मैदानमा फूलहरू फुलिरहेका छन्‌।

मत्ति ६:२५-२७

पाठ ११

सरल तरिकामा सिकाउनुहोस्‌

सिद्धान्त: “सजिलै बुझ्न नसकिने बोली बोल्यो भने के बोलेको हो, कसरी थाह पाउने?”—१ कोरि. १४:९.

येसुले के गर्नुभयो?

येसु समुद्रनजिकै मानिसहरूलाई सिकाउँदै हुनुहुन्छ। चराहरू उडिरहेका छन्‌ र मैदानमा फूलहरू फुलिरहेका छन्‌।

भिडियो: येसु सरल उदाहरण चलाउनुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा मत्ति ६:२५-२७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनेर बुझाउन येसुले कुन उदाहरण चलाउनुभयो?

  2. ख. येसुलाई चराहरूबारे थुप्रै कुरा थाह भए तापनि उहाँले चराको कुन साधारण पक्षबारे बताउनुभयो? यो तरिका किन प्रभावकारी थियो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. सरल तरिकामा सिकाउँदा विद्यार्थीको मन छुनेछ र तिनले सिकेको कुरा सम्झिरहनेछन्‌।

येसुको अनुकरण गर्नुहोस्‌

३. धेरै नबोल्नुहोस्‌। कुनै विषयबारे आफूलाई थाह भएको सबै कुरा बताउनुको सट्टा अध्ययन सामग्रीको विषयवस्तुमा जोड दिनुहोस्‌। प्रश्‍न सोधेपछि धीरजी भई विद्यार्थीको जवाफ पर्खनुहोस्‌। तिनले प्रश्‍नको जवाफ दिन सकेनन्‌ वा बाइबलको शिक्षासित मेल नखाने विचार व्यक्‍त गरे भने थप प्रश्‍नहरू सोधेर तिनलाई सही निष्कर्षमा पुग्न मदत दिनुहोस्‌। विद्यार्थीले मुख्य कुरा बुझेपछि अध्ययन अघि बढाउनुहोस्‌।

४. विद्यार्थीलाई पहिल्यै थाह भएको र अहिले सिकिरहेको कुराबीचको सम्बन्ध बुझ्न मदत दिनुहोस्‌। उदाहरणको लागि, फेरि जीवित हुने आशाबारे चर्चा गरिएको पाठ सुरु गर्नुअघि विद्यार्थीलाई मृतकहरूको अवस्थाबारे के थाह छ भनेर छोटकरीमा छलफल गर्न सक्नुहुन्छ।

५. सोचविचार गरेर उदाहरण चलाउनुहोस्‌। उदाहरण चलाउनुअघि आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  1. क. ‘के यो उदाहरण सरल छ?’

  2. ख. ‘के मेरो विद्यार्थीले यो उदाहरण सजिलै बुझ्नेछन्‌?’

  3. ग. ‘के मेरो विद्यार्थीले उदाहरण मात्र नभई यसले प्रस्ट पार्न खोजेको बुँदा पनि सम्झिनेछन्‌?’

यी पदहरू पनि हेर्नुहोस्‌:

मत्ति ११:२५; युह. १६:१२; १ कोरि. २:१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने