प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w90 १२/१
  • किन यति धेरै अपराध?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन यति धेरै अपराध?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • मिल्दोजुल्दो सामग्री
  • अपराधको अन्त अब नजिक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • प्रहरीहरू—तिनीहरूको भविष्य कस्तो छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • एउटा भद्रगोल संसारमा अपराधको सामना गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
w90 १२/१

किन यति धेरै अपराध?

“धेरै जसो अपराध सम्पत्तिको विरूद्ध गरिन्छ,” भनेर, बेलायतको एउटा सरकारी पुस्तिकाले जनाएको छ। तर त्यस देशमा मानिसहरूमाथि गरिने अपराध पाँच प्रतिशत्‌ मात्र भएतापनि, यस प्रकारको हिंसात्मक अपराध “सबै भन्दा शिघ्रतापूर्वक बढ़दोछ।”

यो परिस्थितिले अपराधको विश्‍व-व्यापी बृद्धिलाई प्रतिबिम्बित्‌ गर्दछ। हवाइ जहाजहरूको अपहरण, सशस्त्र डकैती, बलात्कार र अन्य प्रकारका हिंसात्मक कार्यहरूको विवरण, लगातार विश्‍वका समाचारपत्रहरूले दिने गर्छन्‌ र अकसर गरी, यस प्रकारका समाचारहरू हिंसा रहित्‌ समाचारहरू भन्दा आकर्षक हुन्छन्‌। त्यसोहुनाले, तपाईं र तपाईंको मालसामान दुवै अपराधको शिकार हुन सक्छ। तर किन? मानिसहरूलाई अपराधी हुन के ले प्रेरणा दिन्छ?

धेरै जसो अपराधीहरू मौकावादी हुन्छन्‌। फलःस्वरूप, अधिकारीहरूले मानिसहरूलाई आफ्नो गाउँ-घरमा भइरहेका कुराहरू बारे सतर्क हुने प्रोत्साहन दिएर, अपराधको प्रतिरोध गर्ने प्रयास गर्दछन्‌। यस प्रकारका योजनाहरू अपराधजनक कार्यहरू न होस्‌ भनेर बनाइन्छन्‌ तर के यिनीहरूले मानिसहरूलाई अपराधी हुन देखिन्‌ रोक्न सकेको छ र? छैन।

अपराधीको व्यक्‍तित्व बारे धेरै अध्ययन गरिएको छ। र चासोको कुरा के हो भने, परमेश्‍वरको वचन, बाइबलले, अपराधीहरूको सोचाईको एक झल्को दिँदै, जवान मानिसहरूलाई यस प्रकारको प्रलोभन दिनेहरूबाट होशियार हुनु भन्दछ। “हामी सँग आऊ। कसैको हत्या गर्न हामी ढुकीबसौं। केही निर्दोष मानिसहरूलाई आक्रमण गरेर रमाइलो मनाऊँ! हामीले तिनीहरूलाई भेट्टाउँदा, तिनीहरू जिउँदो र सकुशल होला, तर हाम्रो हात लागे पछि, तिनीहरू मुर्दा हुनेछन्‌! हामीहरू सबै किसिमका बहुमूल्य धन लिनेछौं र हाम्रो घर लूटका मालले भर्नेछौं! आऊ, हाम्रो साझेदार होऊ र चोरेका सबै माल हामी आपसमा बाँड़ौं।” (हितोपदेश १:११-१४, टुडेस्‌ ईङ्‌गलिश भर्सन) हो, लोभ, लालच र भौतिकवादी दृष्टिकोणले अपराधलाई प्रोत्साहन दिन्छ।

यो २० वी शताब्दिमा, मादक पदार्थको कुसेवन र भोगविलासले धेरै मानिसको सोचाईमा प्रभुत्व जमाएको छ। अरूलाई चोट पुर्‌याउनु परेता पनि अथवा अर्कोको ज्यानै लिएर भएता पनि, यो अच्चकाली खर्च गर्ने जीवन-शैलीको निम्ति पैसा कमाउन आवश्‍यक पर्छ। यी “डरलाग्दा समयहरूमा” धेरै मानिसहरू “अपराध गर्न तिनीहरू चाँड़ो चाँड़ो दगुर्छन्‌, हत्या गर्न तिनीहरू आतुरी गर्छन्‌।”—२ तिमोथी ३:१, ३, ४; हितोपदेश १:१६.

वेबस्टर्स नाइन्थ न्यु कलेजिएट डिकशनरी अनुसार, अपराध “[विशेषगरी] नैतिकताको एउटा घोर उल्लङ्‌घन हो।” र हामी नैतिक पतनको एउटा युगमा बाँची रहेका छौं। एफिसीमा मसीहीहरूलाई प्रेरित पावलले यस प्रकारका मानिसहरू बारे चेताउनी दिए: “[तिनीहरू] आफ्नो मनको व्यर्थतामा चल्दछन्‌। तिनीहरूका हृदय कठोर भएका र तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना भए। जसले निर्दयी भएर लालचसाथ सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए।” यो चेताउनीलाई आज हामीले पनि ध्यान दिने खाँचो छ।—एफिसी ४:१७-१९.

क्रूरताले भरिएका भिडियो टेपहरूको बृद्धि, युद्धलाई कीर्तिमान ठान्‍ने र गैरकानूनी आनन्द पछि स्वार्थ साथ दौड़िने कारणहरूले केही मानिसहरूलाई अपराधी बनाउनमा योगदान पुर्‌याएको छ र निर्दोष मानिसहरू अपराधको शिकार हुन पुगेका छन्‌। तर अपराधपूर्ण दावपेंचको जालमा एउटा अर्को तत्व पनि विथोलित्‌ छ। त्यो के हो?

त्यो दियाबल र शैतान कहलाईने व्यक्‍ति हो। त्यसको क्रोधले कसैको विचारै नराखेर गरिने वर्तमान संसारको हिंसा र अपराधको आगोलाई दन्काउँछ। (१ यूहन्‍ना ५:१९; प्रकाश १२:१२) सबै मानिसहरूलाई साँचो परमेश्‍वर यहोवाबाट टाढ़ा लैजाने त्यसको उद्देश्‍य रहेको छ। एसो गर्नमा, त्यो धेरै मानिसहरू सँग सफल भएतापनि, परमेश्‍वरका साँचो सेवकहरूको समग्रतालाई त्यसले तोड़न सक्ने छैन भनेर बाइबमा अगमवाणी गरिएको छ। आखिरमा, शैतान हटाइनेछ। तर के शैतानलाई हटाउँदैमा, अपराधको अन्त होला र? र के अपराधको अन्त अब नजिक छ र? (w89 8/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने