अपराधको अन्त अब नजिक!
गुप्तचरहरूले कसूरदारको हुलिया र अपराधगर्ने कारण पत्ता लगाउने प्रमाणहरूको जाँच गरेर अपराधहरूको समाधान गर्न खोज्छन्। गुप्तचरको चतुर्याइँ र उसले अपनाएका विधिहरू, विश्व भरि, लोकप्रिय उपन्यासहरूका विषय भएकाछन्। तर गुप्तचरले अन्तमा गएर अपराधीलाई फेला पारेतापनि, गुप्तचरको काम घटना पश्चात् अथवा अपराध भइसके पछि मात्र शुरू हुन्छ।
अपराधको बिस्तारबाट यो बुझिन्छ कि, एक जना अपराधीको गिरफ्तार होउञ्जेल, अरू धेरै मानिसहरू अपराध गर्नमा लागिसकेका हुन्छन्। यसकारण, अपराध हटाउन, घटि सकेका अपराधहरूको समाधान गरेर मात्र पुग्दैन। मानिसहरूलाई अपराधी हुन देखिन् के ले रोक्नेछ?
अपराध, नैतिकता सँग सम्बन्धित् छ। हत्या, बलात्कार र अन्य हिंसात्मक कामहरू अपराधजनक हुन् भनेर स्वीकार्न हामीलाई गाह्रो लाग्दैन। तर कर तिर्ने बेलामा ठग्नु, के हो? यसो गर्नु पनि अपराध हो किनभने यो काम इमानदारी सँग सम्बन्धित् नैतिक सिद्धान्तहरूको विपरीत जान्छ। अपराधलाई जरै समेत हटाउनका लागि, मौलिक नैतिकताको विपरीत जाने हर कार्यलाई मेटाउनु पर्छ।
अब बाइबलमा दिएका तीन वटा उदाहरणहरूलाई विचार गर्नु होस्, जसमा अपराधका कारण मात्र होइन तर अपराधलाई हटाउने उपाय पनि किटेर दिइएकोछ।
डाहको विरूद्धमा ईश्वरीय भय
भजन संग्रहका लेखक, असाफका यी शब्दहरूलाई कृपया ध्यान दिनुहोस्: “किनकि दुष्टहरूको उन्नति देख्ता ती अहङ्कारीहरूको म डाही थिएँ।” (भजन संग्रह ७३:३) हो, एउटा अपराधीको उन्नतिशील जीवन-शैलीको डाह गर्दै, धेरै मानिसहरू गैर कानूनी काम तिर लाग्छन्। टेलिभिजन र पत्रिकाहरू द्वारा अपराधलाई शोभान्वित् ढङ्गमा पेश गरेर, खराब कुराका लागि घृणा उत्पन्न गराउनुको सट्टा यसलाई अझ ग्रहणयोग्य पारिदिएकाछन्।
तापनि, हितोपदेशको प्रेरित् लेखकले यो उपदेश दिन्छ: “पापीहरूको अनुसरण गर्ने चेष्टा नगर, तर दिनहुँ परमेश्वरको भय मान।” यसकारण, समस्याको जरा मानिसको आफ्नै प्रवृत्ति र अभिलाषा हो। यसलाई बसमा ल्याउने सबै भन्दा प्रभावशाली उपाय, यहोवा परमेश्वर अप्रसन्न हुनुहुन्छ भन्ने एउटा ईश्वरीय भयको बृद्धि गर्नु हो। “त्यसो गरिस् भने तेरो भविष्य उज्ज्वल हुनेछ, तेरो आशा व्यर्थमा जानेछैन।”—हितोपदेश २३:१७, १८.
लोभको विरूद्धमा विश्वास
ई. स. ३३ सालको बसन्तमा, येशू यरीहो शहर भएर यात्रा गर्नु हुँदै थियो। त्यो शहरमा जक्कैको घर थियो। सुसमाचारका लेखक, लूकाको बयान अनुसार, जक्कै “महसूल उठाउने हाकिम” र “धनी” थिए। यरीहोको वरिपरिका उर्वरा जिल्ला, कर उठाउने एउटा प्रमुख स्थान थियो र जक्कैका आफ्नै शब्दहरूले सङ्केत् गरे अनुसार, कर उठाउनेका हाकिमको हैसियतमा, उनले अरूहरूबाट करकाप सँग पैसा धुत्ने निकै मौका पाउँथिए। तर जक्कै अपराधीको अपराधी नै भएर बसेनन्।—लूका १९:१-८.
येशूको वरिपरि जम्मा भएका भीड़को अघि अघि दौड़िंदै, आफू पुड़को भएको हुनाकारण कुनै अल्गो ठाउँ बाट हेर्न, जक्कै एउटा नेभाराको रूख माथि चढ़े। येशूले यो देख्नु भएर जक्कैलाई तल ओर्लन लाउनु भयो किनभने येशूले यरिहोमा उनकै घरमा बस्ने इच्छा प्रकट गर्नु भयो। पछि गएर, जक्कैका यी शब्दहरूले एउटा परिवर्तित् प्रवृत्तिको घोषणा गर्दछ: “म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु औ कोहीबाट अन्याय गरेर केही लिएको छु भने, म चार गुणा फिर्ता गरिदिन्छु।” करकाप सँग धुतेको पैसा फर्काइ दिदाँ धेरै खर्च लाग्ने थियो। तर यसो गर्ने प्रतिज्ञा गरेर, जक्कैले यहोवा माथि आफ्नो विश्वासको घोषणा गरे। हो, उनको परिवर्तित् प्रवृत्तिको परिणाम वास्तविक थियो। अर्थात्, गैर कानूनी ढङ्गबाट लिएको रकमका साथ साथै, त्यसको तीन गुणा बढ़ी उनले फिर्ता दिने भए। साँच्चैनै, जक्कैले आफ्नो गलतीको सुधार गर्नु बाहेक, आफ्नो परिवर्त्तित् जीवन-शैलीको निष्कपट प्रमाण पनि दिए।—२ कोरिन्थी ७:११.
सम्पत्ति भन्दा मानिसहरू धेरै नै महत्वपूर्ण हुन्
रोमी राज्यपाल पिलातुसले येशू ख्रीष्टको विषयमा एसो भने: “म यस मानिसमा केही दोष भेट्टाउँदिंन।” (लूका २३:४) धन सम्पत्ति जम्मा गर्न गैर कानूनी काम कुरा तिर लाग्नुको सट्टा, आफ्नो पार्थिव सेवकाई भरि, उहाँले मानिसहरूमा प्रेमपूर्ण चासो व्यक्त गर्नु भयो। “भीड़हरूलाई देखेर उहाँको हृदय दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएको भेड़ाहरू जस्तै हैरान भइ तितर-बितर भएका थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘फसल ता साँच्चैनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन भनी बिन्ती गर।’” (मत्ती ९:३६-३८) कुरा स्पष्ट छ, येशूले धन-सम्पत्ति, व्यक्तिगत् सुविधा र आराम भन्दा, मानिसलाई प्राथमिक्ता दिनु हुन्थियो। उपदेश र मददको निम्ति उहाँलाई खोजेर हिड़ने भीड़हरू र चेलाहरूको हेर विचार गर्नमा, उहाँ आफ्नो समय र शक्ति खर्च गर्न सधैं तयार हुनु हुन्थियो। (मत्ती ८:२०; १४:१३-१६) एसो गर्नुभएर, येशूले हाम्रालागि एउटा अनुसरणीय उदाहरण छाड़ेर जानु भएको छ।—१ पत्रुस २:२१.
त्यो उहादरणको अनुसरण गर्दै, भौतिक सामानहरूलाई भन्दा सङ्गी मानिसहरूलाई धरै मूल्यवान ठान्न, के आजका मानिसहरूको निम्ति सम्भव छ? हामी सम्भव छ भन्न सक्छौं। यहोवाका साढ़े तीस लाख भन्दा बढ़ी साक्षीहरूलाई हेर्नुहोस्। तिनीहरूले ख्रीष्टको मन अपनाउन खोज्छन् र यसको व्यवहारिक प्रमाण दिने प्रयत्न पनि गर्छन्। तिनीहरू निरन्तर आफ्ना हृदयबाट ती दुष्ट अभिलाषाहरू हटाउने प्रयासमा लागेका हुन्छन् जुन् अभिलाषाहरूले धेरैलाई अपराधको मार्ग तिर लगेकोछ। साक्षी हुनु भन्दा अघि, जसै तिनीहरूले बाइबल अध्ययन गर्दै लगे, तिनीहरूले परमेश्वरलाई प्रेम गर्न थाले। यिनीहरू मध्य केही पहिले अपराधीहरू पनि थिए। तर बाइबल अध्ययन पश्चात्, तिनीहरू मध्य धेरैले, पहिले अपराधजनक कार्य द्वारा लिएका सामान अथवा रकम फिर्ता दिए। एसो गर्नेहरूले यो कुनै व्यक्तिगत प्रचारका लागि होइन तर यहोवा परमेश्वरसँग शान्ति कायम राख्न र उहाँले येशू ख्रीष्टको बलिदान द्वारा प्रकट गर्नुभएको अपार अनुग्रहबाट लाभ उठाउनका लागि गरे।—१ कोरिन्थी २:१६; ६:११; २ कोरिन्थी ५:१८-२०.
आफ्ना छिमेकी प्रति प्रेम दर्साउँदै, यस प्रकारका मसीहीहरू अरूहरूका घरमा जान्छन् र ती परिवारहरू पनि परमेश्वरको राज्य अन्तर्गत, प्रमोदवनमा कसरी बाँच्ने आशा राख्न सक्छन् भनेर बताउँने गर्छन्। प्रत्यक हप्ताह, यहोवाका साक्षीहरू तिनीहरूका राज्य-सभागृहहरूमा [Kingdom Hall] सभाहरूका लागि भेला हुन्छन्। आत्मसमर्पण गरेको एक जना चोरले यी सभाहरूमा आउने निम्तो स्वीकारेर कस्तो हुँदो रहेछ भनेर हेर्न आयो। पछि उसले एसो भन्यो: “म छक्क परें। मैले सम्झे झैं अलिक निरस र पटाईलाग्दो पटक्कै थिएन। त्यहाँ देखिने आत्मीयता र प्रेम निष्कपट थियो र सबै साक्षीहरूले आत्मिक कुराहरू प्रति विशेष मुल्याङ्कन गरिरहेका थिए।” यो व्यक्ति यति धेरै मात्रामा प्रभावित् भयो कि उसले यहोवाका साक्षीहरू सँग सङ्गत गरी नै रह्यो र यसबाट उसले आफ्नो चालचलनमा सुधार ल्याउने मदद पायो। तपाईं कुनै प्रकारको अपराधमा लाग्नु भएको भएतापनि अथवा नभएतापनि, परमेश्वरका सेवकहरू सँग सङ्गत गर्नु हुँदा, तिनीहरूले धन-सम्पत्तिमा भन्दा मानिसहरूमा नै निष्कपट चासो लिएको भेट्टाउनुहुनेछ।—मत्ती २२:३९.
अपराध—हटि सक्यो र?
मानिसहरूले अपराध गर्न छाड़े भन्दैमा, के तिनीहरूलाई सिद्ध भन्न सकिन्छन्? पटक्कै सकिन्न! बाँकी सबै मानिसहरू जस्तै, यहोवाका साक्षीहरू पनि हाम्रा प्रथम मानव पुर्खा आदमबाट आएको पापले गर्दा पिड़ित् छन्। (रोमी ५:१२; १ यूहन्ना १:८) तर तिनीहरू परमेश्वरको सेवामा एक भएका छन् र यो कुरा तिनीहरूको विश्व-व्यापी प्रचार गर्ने र शिक्षा दिने कामबाट प्रष्ट देखिन्छ। यसमा यशैयाको यो अगमवाणी पनि विशेषरूपमा पूरा भएको देखिन्छ: “पछिल्ला दिनमा यहोवाको [NW] भवन बसालिएको पर्वत सबै पर्वतहरू भन्दा उच्च पारिनेछ। . . . सबै जातिहरू त्यही तर्फ ओइरिएर आउनेछन्।” (यशैया २:२) हो, आज लाखौं मानिसहरू यहोवाको मार्गमा हिड़ने उपदेशको खोजी गर्दै, उहाँको उच्च उपासनामा ओइरी रहेकाछन्। अपराधबाट आफूलाई अलग राख्नेहरू सँग सङ्गत् गरेर, तपाईं पनि लाभ उठाउन सक्नु हुनेछ।
अपराध हटने आशा
हाम्रा दिनमा भइरहेको अपराधको बृद्धिले, ईश्वरीय हस्तक्षेप द्वारा चाँडैं नै अपराधलाई बढ़ावा दिने मानिसहरू र सबै दुष्टहरू हटनेछन् भनी बोध गराउँदछ। “किनकि कुकर्मीहरू नष्ट हुनेछन् . . . थोरै बेरपछि, दुष्ट रहेनछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन।” (भजन संग्रह ३७:९, १०) अपराधको अन्त हुने समय वास्तवमा नजिक आइपुगेकोछ किनभने प्रथम अपराधी, शैतानलाई अगाध खाँदमा बाँधेर थुन्ने बेला आउनै लागेकोछ। (प्रकाश २०:१-३) अपराधको डर र त्यसको शिकार हुनेहरूले भोग्नु परेको दुख चाँड़ै नै बितेर जानेछ भनी थाह हुनु आनन्दमय समाचार हो!
तर पृथ्वीमा जीवन पाएर पुनरुत्थान द्वारा फर्कने लाखौं मानिसहरूबारे के भन्ने? (प्रेरित् २४:१५) मृत्यु हुनु भन्दा अघि कै आनीबानी र व्यक्तित्व अनुसार तिनीहरू हिड़न थाले भने, अपराधको एउटा नया लहर शुरू न होला र? त्यसको डर मान्नु पर्ने केही खाँचो छैन। येशूले एउटा अपराधीलाई पुनरुत्थानको प्रतिज्ञा यी शब्दहरूमा गर्नु भएको छ: “म तिमीलाई साँच्चै भन्दछु आज, तिमी मसित प्रमोदवनमा [NW] हुनेछौ।” (लूका २३:४३) अवश्य नै पुनरुत्थान पाउनेहरूले आफ्नो व्यक्तित्वमा परिवर्त्तन ल्याउनु पर्नेछ; नत्रता त्यो नया संसार एउटा प्रमोदवन हुनसक्नेछैन।
समाजमा समस्याहरू उत्पन्न नगरीकन पुन:स्थापित् हुनकालागि जसरी कठोर अपराधीहरूलाई पनि प्रशिक्षणको खाँचो पर्छ, त्यसरी नै परमेश्वरको राज्य अन्तर्गत, एउटा विस्तृत शैक्षिक कार्यक्रम द्वारा, प्रजाहरूले व्यवस्था पालन गर्ने मदद पाउँनेछन्। (प्रकाश २०:१२, १३) जताततै, परमेश्वरको नियम पालन गर्ने प्रमोदवनका निवासीहरू भएकाले, पुनरुत्थानमा आउनेहरूले सु-व्यवस्थित् आर्थिक अवस्था अनुभव गर्नेछन्। (यशैया ६५:२१-२३) ठाउँ ठाउँमा निसाफ गर्ने शासकहरू हुनेछन् र खराब काम निरन्तर गरी नै रहने मानिसहरूले जीवन गुमाउन सक्नेछन्। (यशैया ३२:१; ६५:२०) यसकारण, आखिरमा अपराधको अन्त हुनेछ भनेर विश्वास गर्ने प्रशस्त कारणहरू छन्।
आज हामी अपराधले भरिएको संसारमा बस्नु परेतापनि, आफ्ना विश्वासी सेवकहरूलाई प्रमोदवनमा सिद्ध जीवन दिने प्रतिज्ञा गर्नु हुने यहोवामाथि तपाईं निर्धक्क भएर आफ्नो विश्वास प्रकट गर्न सक्नुहुन्छ। यो विश्वासको प्रमाण आज देखिन् नै देखाउनु होस् र यहोवाका साक्षीहरू सँग बाइबल अध्ययन गर्ने निश्शुल्क प्रबन्धबाट फायदा उठाउनुहोस्। (यूहन्ना १७:३) तिनीहरू सित फेरि भेट हुँदा, यस विषयमा अझ जानकारी लिनु भए, कस्तो होला? होइन भने, यो पत्रिकाको दोस्रो पानामा उल्लेखित् ठेगानाहरू मध्य सबै भन्दा नजिकको ठेगानामा पत्र पठाउनु होस्। तपाईंले गर्नु हुने यो प्रयत्न व्यर्थ जानेछैन किनभने अपराधको अन्त अब नजिक छ! (w89 8/15)
[पृष्ठमा भएको चित्र]
जक्कैको विश्वासले उसमा, अरूबाट कर-काप सँग लिएको कुरा फिर्ता दिने इच्छा उत्पन्न गरायो
[पृष्ठमा भएको चित्र]
शैक्षिक कार्यक्रम द्वारा परमेश्वरको राज्यका प्रजाहरूले व्यवस्था पालन गर्न सिक्नेछन्