अत्याचार बारे के परमेश्वरले कहिले केही गर्नु हुनेछ?
“यो सरासर अन्याय हो!” प्रत्यक्ष रूपले हास्यास्पद देखिने किसिमको न्याय आफूले व्यक्तिगत रूपमा भोग्नु परेकोमा, एक जना जवान विद्यार्थी वास्तवमा विचलित भएकी थिइ। “परमेश्वर साँच्चैनै हुनुहुन्छ भने, उहाँले कसरी यस प्रकारको अन्याय हुन दिनु सक्नु हुन्छ?” यो जवान युवती प्रति के तपाईंले सहानुभूति प्रकट गर्नु हुन्थियो? गर्नु हुन्थ्यो होला। तर तिनको आपत्तिको उत्तर के तपाईंले दिन सक्नु हुन्थ्यो र?
तपाईं केटा-केटी छँदा, शायद तपाईंका आमा-बाबुले तपाईंमाथि अन्याय हुन दिएको जस्तो तपाईंलाई कहिल-काँही लाग् थियो होला। तर अन्याय हुन दिइएको जस्तो आफूलाई लाग्दैमा, आमा-बाबु थिएनन् भन्ने कुरा साबित हुँदैन थियो, होइन र? त्यस्तैगरी, परमेश्वरले पनि अन्याय हुने अनुमति दिनु भयो भन्दैमा, उहाँको अस्तित्व छैन भन्नु कदापि मिल्दैन।
तर त्यो भनेको अर्कै कुरा हो भनेर जवान विद्यार्थीले उत्तर दिइन्। एउटा असिद्ध बाबु स्वयं अन्यायी हुनु सक्दछन् भन्ने कुरालाई तिनले सङ्केत गरिन्। अथवा सबै कुराको ज्ञान नभएको हुनाले, अन्याय भएको देखेर पनि तिनलाई अन्याय भएको महसूस न होला। साथै, मानिस भएको हुनाले, सामने भइ राखेका अन्यायहरूबारे केही गर्न तिनी असमर्थ होलान्। तर यी कुनै पनि कुरा एउटा सर्वज्ञानी र सर्वशक्तिमान परमेश्वरमा प्रयोग हुन सक्दैन।
अन्यायलाई अनुमति दिने कुरा ईश्वरीय गुणहरूसँग पटक्कै मेल खाँदैन भनेर शायद तपाईंलाई पनि लाग्छ होला। तापनि, केही समयका लागि अन्याय चल्न दिन परमेश्वरको अपार बुद्धिमा कुनै उचित कारण हुन् सक्छ कि?
बाइबलका लेखकहरूले परमेश्वरलाई “न्यायलाई निको मान्नुहुने” व्यक्ति ठानेका थिए। “उहाँका सबै मार्गहरू न्यायसँगत छन्। परमेश्वर विश्वास योग्य र अधर्मविहीन हुनुहुन्छ,” भनेर मोशाले लेखे।—भजनसंग्रह ३३:५; व्यवस्थाविवरण ३२:४; अय्यूब ३७:२३.
यहोवालाई अन्यायमा आनन्द न लिनु हुने एउटा न्याययुक्त परमेश्वरको रूपमा स्वीकार्नु बाहेक, उहाँले एक दिन अन्याय हटाउनु हुनेछ भनेर बाइबलका लेखकहरू सहमत थिए। उदाहरणका लागि, यशैयाले यस प्रकारको परिस्थिति बारे भविष्यवाणी गरे: “हेर, राजाले न्यायोचित राज्य गर्नेछन् र भारदारहरूले उचित शासन गर्नेछन्। तब त्यस वनमा न्यायको बास हुनेछ र फल दिने बारीमा धार्मिकता रहनेछ।” (यशैया ३२:१, १६) तर कहिले? र परमेश्वरले संसारबाट अन्याय हटाउन चाहनु हुन्छ भने, उहाँले अन्याय हुन किन दिनु भयो त?
अन्याय—किन रहन दिइयो?
सारा ब्रह्माण्डमा एउटा यस्तो समय थियो जब कुनै प्रकारको अन्याय थिएन। शैतानको दबावमा परेर, आदम र हव्वाले विद्रोह गरे पछि मात्र मानिस जातिलाई अन्याय थाह भयो। त्यो विद्रोहको बेलामै शैतानलाई तुरन्त नाश गरिएन। आफ्नै सु-उद्देश्यका लागि परमेश्वरले केही समय दिनु भयो, जुन समय भित्र मानिसहरूले धेरै बेइन्साफी गर्ने थिए र यही बेइन्साफी द्वारा उहाँका भक्त जनहरू उहाँ प्रति विश्वासी हुनेछन् वा छैनन् भनेर जाँच गर्न सकिन्थ्यो। तिनीहरू परमेश्वर प्रति विश्वासी भएमा सारा मानव सृष्टिलाई परमेश्वरको विरूद्धमा पारि दिने शैतानको दाबी र योग्यता निष्फल साबित हुने थियो। परमेश्वरको सार्वभौमिकतालाई यस प्रकार उँच्च पारि सके पछी, शैतानका कामहरूलाई नष्ट गरिने र हर प्रकारको अत्याचार हटाइने थियो।
तर त्यो हुनु अघि, परमेश्वरले मानिसहरूलाई बल जफत द्वारा अन्याय गर्न देखिन् रोक्नु भएमा, उहाँले मानिसहरूबाट तिनीहरूको रोज्ने स्वतन्त्रता अपहरण गर्नु भएझैं हुने थियो। यस बाहेक, एक अर्काका गलत कार्यहरूको अन्यायी परिणाम भोग्न दिनु भएर, आदम र हव्वाले बेइमानी साथ ईश्वरीय कानूनहरूको विद्रोह गरेर त्यसको ठाउँमा आफ्नै गलत सिद्धान्तरू राख्नु कत्ति हानिकारक रहेछ भनेर परमेश्वरले प्रमाणित गरी दिनु भयो। मानिसलाई आफ्नो कर्मको फल भोग्न दिनु भएर परमेश्वरले इमान्दार हृदय भएका मानिसहरूलाई ईश्वरको कार्य प्रणालीको श्रेष्ठता बुझ्ने मौका दिनु भयो।—यर्मिया १०:२३; गलाती ६:७.
यति मात्र होइन। विभिन्न व्यक्तिहरूले गरेका अन्यायी अथवा बेइन्साफ कार्यहरू द्वारा धेरै कुरा प्रमाणित हुन्छ। यी कार्यहरूको आधारमा, सम्पूर्णतया न्यायको पुनःस्थापना हुने नया संसारमा कुन-कुन मानिसहरू बस्ने योग्यका हुनेछन् भनेर परमेश्वरले न्याय गर्न सक्नु हुनेछ। यसै कुरालाई सङ्केत गर्दै, हामी यस प्रकार पढ़दछौं: “तर यदि दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्यागेर मेरा नियमहरू पालन गर्यो, र न्यायसँगत र ठीक काम गर्यो भने त्यो निश्चय बाँच्ने छ।”—इजकिएल १८:२१.
अत्याचारको अन्त कहिले हुनेछ?
यहोवा परमेश्वरले सधैं नै मानिस जातिसँग न्याय र प्रेमपूर्ण दयासाथ काम गर्नु भएकोछ। उदाहरणका लागि, परमेश्वरका विश्वासी सेवक अब्राहामले हुन लागेको एउटा घटनाको कारण बुझ्न न सक्दा, एसो भने: “दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु ता तपाईंबाट पर रहोस्। सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नु हुन्न र?” (उत्पत्ति १८:२५) ख्रीष्ट आउनु भए पछि, प्रेमयुक्त करूणा र न्याय जस्ता ईश्वरीय गुणहरू ज्योतिमा आए। ख्रीष्ट येशू द्वारा गरिएको छुटकाराको बलिदानको प्रबन्धबाट यहूदी र गैर-यहूदी, सबैले अनन्त जीवन पाउने बाटो खोलियो। यसले गर्दा प्रेरित पत्रुसले एसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
परमेश्वरको मसीही राज्यले शासन गर्न शुरू गरी सक्यो र चाँड़ै नै पर्याप्त मात्रामा न्याय हाम्रो पृथ्वीमा पुनःस्थापित हुनेछ भनेर घोषणा गर्ने काममा यहोवाका साक्षीहरू व्यस्त छन्।a वर्तमान अत्याचारी संसारलाई राजाले नष्ट गरी दिनु हुनेछ र त्यसको अदृश्य देव, शैतान अथवा दियाबलको शक्ति टुक्रा टुक्रा पारि दिनु हुनेछ। यो घटना चाँड़ै नै “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँमा” हुनेछ भनेर बाइबलले देखाउँदछ। यो युद्धलाई अकसर आर-मागेडोन भन्छन्।—प्रकाश १६:१४, १६.
“आफ्नो क्रोध प्रकट गर्नु हुँदा परमेश्वर अन्याय गर्नु हुँदैन” यसकारण आर-मागेडोन एउटा न्यायपूर्ण युद्ध हुनेछ। (रोमी ३:५, NW ) यस पछि, ख्रीष्ट येशू र प्रेरितहरू जस्ता उहाँका सह-शासकहरू स्वर्गबाट हजार वर्षका लागि राज्य गर्नेछन्। (प्रकाश २०:४) बितेका समयमा अत्याचारको शिकार भएका लाखौं मानिसहरू, पृथ्वी अर्थात् मानिस जातिको मूल घरमै, एउटा धार्मिक रीतिरिवाजमा पुनःजीवित् हुनेछन् र तिनीहरूले आफ्नो जीवनमा प्रथम पटक सिद्ध न्याय अनुभव गर्नेछन्।
“के यसको अर्थ परमेश्वर अन्यायी हुनुहुन्छ त?”
प्रेरित पावलले परमेश्वरको एउटा कार्यको सम्बन्धमा यो प्रश्न गरेका थिए। यसको उत्तर? “कदापि हुनु हुन्न,” भनेर पावलले लेखे। मानिसहरूलाई क्रोध अथवा कृपाको योग्यका, कुमालेले बनाएको पात्रहरूसँग तुलना गर्दै, पावलले यो वर्णन दिए: “परमेश्वर आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति दर्साउन तैयार हुनु भए तापनि र उहाँलाई क्रोधित् पार्ने मानिसहरू मृत्युको जति कै योग्य भए तापनि, तिनीहरू प्रति उहाँ धैर्य देखाउनु हुन्छ। किनभने उहाँ ती अरू मानिसहरू प्रति दयावन्त हुन चाहनु हुन्छ तर तिनीहरूलाई उहाँ आफ्नो महिमाको गौरव प्रकाश गर्न चाहनु हुन्छ।”—रोमी ९:१४, २०-२४, दी यरूशलेम बाइबल.
केही समय अघि हामीले चर्चा गरेको विद्यार्थीले झैं, कहिले काहिं तपाईंलाई पनि परमेश्वरले किन साधारणतया अन्याय वा कुनै खास गलती हुन दिनु भयो भनेर बुझ्न गाह्रो होला। तर हामीहरू—उहाँका हातले बनाएका चीज भएर—उहाँको धैर्य र बुद्धिलाई प्रश्न गर्ने को हौं? यहोवा परमेश्वरले अय्यूबलाई एसो भन्नुभयो: “म धर्मी [न्यायी NW] छु भन्ने कुरालाई के तँ अस्वीकार गर्न साहस गर्छस्? र तँ आफै ठीक हुनलाई मलाई गलत सम्झन्छस्?”—अय्यूब ४०:८.
त्यसका लागि हामी कहिले दोषी हुनु नपरोस्। बरू, आज हामी सँग अत्याचार भए तापनि, यसलाई पृथ्वीबाट न्यायको परमेश्वरले चाँड़ै नै हटाउनु हुनेछ भनेर आनन्द मनाउने चाहना हामीमा होस्। (w89 10/15)
[फुटनोट]
a परमेश्वरको राज्यले अदृश्य रूपमा पृथ्वी माथि १९१४ देखिन् शासन गर्न शुरू गरेको हो भन्ने विषयमा प्रमाण चाहनु हुन्छ भने, वाचटावर बाइबल एण्ड ट्रेक्ट सोसाइटी अफ न्यु योर्क, निगम., द्वारा प्रकाशित यु केन लिव फर एवर इन प्याराडाइज अन अर्थ नाउँको पुस्तक, पाना १३४-४१ हेर्नु होस्। यो पुस्तकको एउटा अध्याय “परमेश्वरले दुष्टता रहि रहने अनुमति किन दिनु भएको?” भन्ने विषयमा पनि छ।
[पृष्ठ ३१-मा भएको चित्र]
अन्यायलाई रहि रहन दिइएको छ भन्दैमा, परमेश्वरको अस्तित्व छैन भन्ने कुरा प्रमाणित हुँदैन
कुनै मताहा मोटर चालकले विवेक, संयम र विचारशीलता प्रयोग गर्न इन्कार गर्दा, के त्यसमा परमेश्वरको दोष हुन्छ र?
समय नजीकै छ जब सम्पूर्ण न्याय पृथ्वीमा पुनःस्थापित हुनेछ