“लोभको युग”
मान्छेलाई साधारण रुगा खोकी निर्मूल गर्न त गाह्रो छ भने झन बढी जटिल लोभको रोगलाई उसले के मेटाउन सक्ला र?
लोभ र स्वार्थ जस्ता कुराहरू सिक्नै पर्दैन जस्तो देखिन्छ। ती गुणहरू बाल्यकाल देखि नै मानिसमा हुन्छ जस्तो छ। दुई जना बच्चाहरूलाई आफ्ना खेलौनाहरूसँग खेलेको हेर्नुभयो भने यो कुरा प्रष्ट देख्नु हुनेछ।
व्यक्तिगत मानव लोभ विस्तृत रूपमा पाइन्छ र यो सम्पूर्णतया खराब हो, तर राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा, लोभले करोडौंलाई खति पुऱ्याएको छ। उदाहरणका लागि, अन्तर्राष्ट्रिय लागू पदार्थको व्यापार तर्फ ध्यान दिनु होस्। स्पेनिश भाषामा प्रकाशित् एउटा पत्रिका अनुसार, सालिन्दा ३० खरब डालर बिथोलित हुने, यो संसारको सबै भन्दा ठूलो व्यापार हो। तर लागू पर्दाथको दुरूपयोगको कारण लाखौंको जीवन बर्बाद हुन्छन् अनि अनगन्ती मानिसहरू कालै नआई मर्दछन्। लागू पदार्थको व्यापारको यो भयानक वृद्धिको मूल कारण के हो? निःसन्देह, लोभ हो।
वल्ड प्रेस रिभ्यु पत्रिकामा लोभको कारण औंलाइएको छ। त्यसले मेद्रिदको समाचार पत्रिका केम्बियो १६ बाट उद्धरण गर्दै भन्दछ: “लागू पदार्थको बिक्रीबाट आउने सम्पूर्ण नाफाको प्राय १० देखि २० प्रतिशत मात्र उत्पादक देशहरूमा जाँदछ। अर्को १० प्रतिशत चाहिं बेचबिखनको कार्यप्रणालीमा, प्रयोगशालाहरू, सवारीहरू र हातहतियारहरूको निम्ति गरिएको लगानी द्वारा पुनः खर्च हुन्छ . . . बाँकी रकम, उपभोग गर्ने देशहरूमा र विश्व बैंकहरूबाट प्राप्त कर सुविधाहरूमा जान्छन्।”
यसबाट प्रष्ट देखिन्छ कि खाँचो नै लोभको कारण हो र लोभ चाहिं गरीब अनि सुविधा नपाएका वर्गहरूको मानसिक झुकाव हो भन्ने दृष्टिकोण असत्य रहेछ। वास्तवमा, लोभ विस्तृत रूपमा पाइने एउटा मानव कमजोरी हो र खाँचोमा न परेका व्यक्तिहरू समेत, समाजको सम्पूर्ण भाग नै यो कमजोरीमा शामिल छ। लोभको एउटा विचित्र विशेषता यसको भ्रमात्मकता हो—किनभने साधारणतया आफ्नो जीवनमा सन्तोष मानेर बसेका मानिसहरूले पनि, अचानक मौका पाउँदा लोभ प्रकट गर्छन्।
स्तम्भकार मेग ग्रिनफिल्डले विलाप गर्दै भनेः “जुन सुकै दिनमा पनि अखबार खोलेर हेर्नु भयो भने, त्यहाँ अदालतका अभिनिर्णायक मण्डलीहरू (जुरी), मुद्दा चलाउने विशेष अभियोजकहरू, शङ्कास्पद अदालती बुलावाहरू, बलजफत र धुतधात बारे पढ़दा, धेरै नै खिन्न लागेर आउँछ। ती मध्यका केही अभियोगहरू आधारहीन अथवा त्यहाँ उल्लेखित् घटनाहरू बढ़ाइ चढ़ाइकन लेखिएको भएता पनि, कैयौं पटक मानिसहरूले पटक्कै गर्न न पाउनु पर्ने कुराहरू गरेर उम्केछन् भन्ने कुरा म स्पष्टसँग देख्तछु . . . हामी यहाँ सम्म तल खसेका छौं कि अरूहरू प्रति प्रकट हुने हाम्रो निस्वार्थ चासो पनि अकसर स्वार्थ र लोभले रङ्गिएको छ।”
कुन हदसम्म विस्तृत?
लोभ मानिसजातिमा कुनै नया कुरा होइन। तथापि, २० वीं शताब्दीका अन्य दबाबहरूको कारण लोभ धेरै नै बढ़ेर गएको छ। लोभ यहाँसम्म विस्तृत भएको छ कि १९५० को दशकलाई “चिन्ताको युग” र १९७० को दशकलाई “‘म’ युग” भने झैं, दी क्रिश्चियन सेनच्युरी पत्रिकामा, १९८० को दशकलाई चाहिं “लोभको युग” भन्ने नाउँ दिइएको छ!
आज मानिसहरू भेला हुने हर क्षेत्रमा लोभ देख्न सकिन्छ—दैनिक काम गर्ने ठाउँमा, पाठशालाहरूमा अथवा सम्पूर्ण समाजमै। व्यापार, राजनीति र संसारका प्रचलित धर्महरूमा पनि लोभको भ्रष्ट प्रभाव घुसि सकेको छ।
लोभको कारण अकसर गैर कानुनी भ्रष्टाचार अथवा जालसाजी उत्पन्न हुँदछ। उदाहरणका लागि, दी केनबेरा टाइम्स अनुसार, मोटर गाड़ी-बिमासँग सम्बन्धित जालसाजी गर्नमा, अस्ट्रेलियाले संसारमा त्यो सन्देहयुक्त प्रथम स्थान लिनु पर्छ। यस कुरालाई अस्ट्रेलियाको ल सोसाइटी जर्नलले पनि यी शब्दहरूमा समर्थन गरेको जस्तो छ: “बिमा गरेका मानिसहरूबाट आउने झुट्टा दाबीहरू/बयानहरूको कारण बिमा संस्थानहरू र अप्रत्यक्षरूपमा बिमा गरेका मानिसहरूले प्रत्यक साल लाखौं डालरको नोक्सानी बेहोर्नु पर्छ।” त्यो पत्रिकामा थप एसो पनि भनिएको छ: “यो एउटा बढ़दो र गम्भीर समस्या हो, विशेष गरी बिमा-शुल्क जम्मा गर्ने उद्देश्यले जानाजानी लगाइएको आगो, पानी जाहाज बाँधेको ठाउँबाट नै हुने चोरी र मोटरगाड़ी र बिमा गरेर राखेका घरेलु सामानहरूको चोरीको सम्बन्धमा।”
यसैकारण, लोभ एक दिन सधैंका लागि हटाइन सकिन्छ भन्ने कुरा सुन्ना साथै धेरै मानिसहरू ठट्टा गर्दछन्। तिनीहरूको विचारमा हामीहरूले सधैं नै लोभको सामना गर्नु पर्ने छ र एउटा लोभ रहित संसार, कहिले पनि साकार न हुने एउटा सपना मात्र हो।
लोभ मेटिने छ
तर माथि उल्लेखित असम्भव लाग्ने कुरा, दृढ़ता साथ कुन आधारमा भन्न सकिन्छ? आधार यो हो: लोभ रहित जीवन बिताउन आज नै सम्भव भइरहेको छ। यो सफलता आज सम्पूर्णरूपमा पूरा न भएता पनि, उचित शिक्षा र प्रेरणा द्वारा के के सम्पन्न हुन सम्भव रहेछ भन्ने कुरा साबित भएको छ। र लोभ न भएको एउटा सम्पूर्ण संसार कसरी हुन सक्नेछ भनेर तल दिइएको लेखले बताउनेछ। (w90 2/15)