प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 २/१ पृ. २५-२९
  • स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “यस्को अर्थ मेरो शरीर हो”
  • अर्थ भएको दाखमधु
  • स्मरणार्थको बेलामा जाँच गर्ने खाँचो
  • “मेरो सम्झनामा यो गर्ने गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • प्रभुको साँझको भोज किन मनाउने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • प्रभुको साँझको भोज कसरी मनाइयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 २/१ पृ. २५-२९

स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने

तर हामी आफैले आफ्नो वास्ता गरेका हुँदा हो ता हामी इन्साफमा पर्नेथिएनौं . . . हामी संसारमा दोषी [ठहरिने छैनौं]”—१ कोरिन्थी ११:३१, ३२.

१. साँचो मसीहीहरू के गर्न पटक्कै चाँहदैनन्‌ र किन?

कुनै पनि मसीहीले यहोवाबाट न्याय दण्ड पाउन चाँहदैन। “सारा पृथ्वीका न्यायकर्त्तालाई” अप्रसन्‍न पार्नाले हामी ‘संसार सँग दोषी’ ठहरिन सक्छौं र उद्धार पाउने मौका गुमाउन सक्छौं। येशू सँग स्वर्गीय जीवनको अथवा पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा राख्ने, दुवै श्रेणीका मानिसलाई यस्तो हुन सक्दछ।—उत्पत्ति १८:२५; १ कोरिन्थी ११:३२.

२, ३. कुन कुराले गर्दा हामी इन्साफमा पर्न सक्छौं र पावलले यस विषयमा के भने?

२ १ कोरिन्थी ११ मा, प्रेरित पावलले एउटा यस्तो कुराको व्याखा गरेका छन्‌ जसले गर्दा हामी इन्साफमा पर्नसक्दछौं। तिनले आफ्नो टिप्पणीमा अभिषिक्‍त जनहरूलाई सम्बोधन गरेको भएता पनि, तिनले दिएको उपदेश सबैका लागि महत्वपूर्ण छ, विशेषगरी यो चाड़को समयमा। हामी के हौं भनेर आफैले आफूलाई जाँच गरेर हेर्‌यौं भने परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्नेछौं र इन्साफमा पर्न देखिन्‌ बाँच्न सक्दछौं। प्रभुको साँझको भोजको वार्षिक उपलक्ष्यको छलफल गर्दै, पावलले यस प्रकार लेखे:

३ “जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यस रात प्रभु येशूले रोटी लिनुभयो, औ धन्यवाद दिनुभए पछि उहाँले त्यो भाँच्नुभयो, र भन्‍नु भयो, ‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।’ त्यसैगरी खाइसक्नुभए पछि, कचौरा लिएर यसो भन्‍नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू पिउँछौ मेरो सम्झनामा यो अक्सर गर्ने गर। किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।’—१ कोरिन्थी ११:२३-२६.a

४. मार्च ३०, १९९१ को साँझमा के घटना घटनेछ?

४ मार्च ३०, १९९१ को सूर्यास्त पछि, यहोवाका साक्षीहरूले ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउने छन्‌। अकसर, एक ठाउँमा एउटै मण्डलीकाहरू मात्र भेला हुन्छन्‌; जसले गर्दा, हाल साक्षी नभएका मानिसहरूका लागि पनि बस्ने ठाउँ हुन्छ। यो सभा के हुन्छ? बाइबलमा आधारित एउटा भाषण हुन्छ। प्रार्थना गरे पछि, सबैका सामु रोटी प्रस्तुत्‌ गरिन्छ। अर्को प्रार्थना पश्‍चात, कचौरा प्रस्तुत गरिने काम शुरू हुन्छ। रोटी अथवा कचौराहरूको मात्रा इत्यादि जस्ता कुराहरूको प्रबन्ध, कुनै कड़ा पूर्वनिश्‍चित नियम अनुसार गर्नुको सट्टा, स्थानीय आवश्‍यकता बमोजिम गरिन्छ। महत्वपूर्ण कुरा के हो भने, भेला भएका धेरै जसोले ती सामग्रीहरूबाट भाग नलिएता पनि, ती कुराहरू सबैका लागि उपलव्ध हुनु पर्छ। तर सबैको सामु प्रस्तुत गरिने ती कुराहरू के हुन्‌ र तिनीहरूको अर्थ के हो? साथै, अघिबाट नै हामी के हौं भनेर जाँच्न हामीले कुन कुन कुरालाई ध्यान दिनु पर्छ?

“यस्को अर्थ मेरो शरीर हो”

५, ६. (क) रोटी लिएर येशूले के गर्नु भयो? (ख) उहाँले कुन प्रकारको रोटी प्रयोग गर्नु भयो?

५ स्मरणार्थको सम्बन्धमा पावलले “प्रभुबाट जे” पाएका थिए, त्यसको विषयमा हामीले पढ़ेका छौं। यस बारे सुसमाचारका तीन जना अरू लेखकहरूले पनि विवरण दिएका छन्‌ र ती मध्य एक जना ता येशूले यो उत्सवको स्थापना गर्नु हुँदा उपस्थित थिए। (१ कोरिन्थी ११:२३; मत्ती २६:२६-२९; मर्कूस १४:२२-२५; लूका २२:१९, २०) यी तीनै विवरण अनुसार, येशूले पहिले रोटी लिनु भयो, प्रार्थना गर्नु भयो र त्यस पछि रोटी भँचाएर बाँटी दिनु भयो। त्यो रोटी के थियो? त्यसको ठाउँमा आज के प्रयोग गरिन्छ? त्यसले के लाई प्रतिनिधित्व गर्छ?

६ त्यहाँ येशूको सामने यहूदी निस्तार चाड़मा प्रयोग हुने सामग्रीहरू मध्य अखमिरी रोटी थियो जसलाई मोशाले “कष्टको रोटी” भने। (व्यवस्थाविवरण १६:३; प्रस्थान १२:८) यस प्रकारको रोटी गहुँले बनेको हुन्‌थियो जसमा नून, खमीर अथवा अरू कुनै मसाला मिसाएको हुँदैन थियो। अखमिरी भएको हुनाले, (हिब्रूमा मात्साह) रोटी चेप्टो र टुक्रेर जाने खालको हुन्‌थियो; त्यसलाई भाँचेर खानु पर्थियो।—मर्कूस ६:४१; ८:६; प्रेरित २७:३५.

७. स्मरणार्थको अवसरमा यहोवाका साक्षीहरूले कस्तो रोटी प्रयोग गर्छन्‌?

७ प्रभुको साँझको भोजमा येशूले अखमिरी रोटी प्रयोग गर्नु भएको थियो र आज यहोवाका साक्षीहरूले पनि त्यसै गर्छन्‌। जौ, प्याज अथवा अदुवा र अरू मसालाहरू प्रयोग गरिएका छैनन्‌ भने, यहूदीहरूले साधारणतया खाने मात्सोथ भए काम चल्छ। (माथि उल्लेखित मसालाहरू प्रयोग गरेर बनाइएको मात्सोथ “कष्टको रोटी” हुनै सक्दैन.) अथवा मण्डलीका प्राचीनहरूले कसैलाई गहुँ र पानीसित अखमिरी रोटी पकाउन लाउन सक्छन्‌। गहुँ पाइँदैन भने, जौ, चामल, मकै अथवा अरू कुनै अन्‍नले अखमिरी रोटी बनाए हुन्छ। पातलो गरेर बेले पछि त्यसलाई एउटा तावामा पकाउन सकिन्छ।

८. अखमिरी रोटी एउटा सुहाउँदो प्रतिक किन हो र त्यसबाट खानुको अर्थ के हो? (हिब्रू १०:५-७; १ पत्रुस ४:१)

८ खमीर न भएको यस प्रकारको रोटी सुहाउँदो हुनेछ किनभने बाइबलमा खराबी अथवा पापको प्रतिनिधित्व खमीरले गर्दछ। मण्डलीका एक जना अनैतिक मानिसको विषयमा पावलले एसो भने: ‘अलिकता खमीरले जम्मै ढिकालाई खमीरी बनाइहाल्छ भन्‍ने के तिमीहरूलाई थाह छैन? पूरानो खमीरलाई निकाल, र तिमीहरू विना खमीरका भएझैं नया ढिका बन। किनभने हाम्रो निस्तार चाड़को बलिदान भइसकेको छ, जो ख्रीष्ट हुनुहुन्छ। यसकारण हामी नता पुरानो खमीरले, न कुकर्म र दुष्टताको खमीरले, तर निष्कपट र सत्यताको अखमिरी रोटीले चाड़ मनाऔं।’ (१ कोरिन्थी ५:६-८; मत्ती १३:३३; १६:६, १२ सँग तुलना गर्नुहोस्‌) अखमिरी रोटी येशूको शरीरको एउटा सुहाउँदो प्रतिक हो किनभने उहाँ “पवित्र, निष्कपट, निष्कलङ्‌क, पापीहरूबाट अलग हुनुभएको” थियो। (हिब्रू ७:२६) येशू आफ्नो सिद्ध देह साथ उपस्थित हुनु भएकै बेलामा, उहाँले आफ्ना प्रेरितहरूलाई एसो भन्‍नु भएको थियो: “लेओ, खाओ, यस्को अर्थ मेरो शरीर हो।” (मत्ती २६:२६, ए न्यु ट्रान्सलेशन अफ दी बाइबल, बाइ जेम्स मोफेट) त्यो रोटी खानुको अर्थ त्यो व्यक्‍तिले येशूको बलिदानबाट हुने लाभमा विश्‍वास गर्नु हो र त्यसलाई स्वीकार पनि गर्नु हो। तर यति मात्र होइन।

अर्थ भएको दाखमधु

९. येशूले अर्को कुन प्रतिकको पनि प्रयोग गर्न भन्‍नु भयो?

९ येशूले एउटा अर्को प्रतिक पनि प्रयोग गर्नु भयो: “तब कचौरा पनि लिएर धन्यबाद गरी उहाँले तिनीहरूलाई यसो भनेर दिनु भयो, ‘तिमीहरू सबैले यसबाट पिओ। किनभने यसको अर्थ नयाँ करारको रगत हो, जो धेरैको निम्ति पापको प्रायश्‍चितको लागि, बहाइन्छ।’” (मत्ती २६:२७, २८, मोफेट) उहाँले दिनुभएको त्यो साझा कचौरामा के थियो र हामी के हौं भनेर आफैले आफूलाई जाँच्ने कोशिश गर्दा, त्यसको अर्थ हाम्रोलागि के हुनेछ?

१०. यहूदीहरूको निस्तार चाड़मा दाख-मधुले कसरी स्थान पायो?

१० मोशाले शुरूमा निस्तारको चाड़ स्थापना गर्नेबेलामा, कुनै प्रकारको पिउने कुराको चर्चा गरेका थिएनन्‌। अन्य विद्वानहरूको विचार अनुसार, निस्तार चाड़मा दाख-मधुको प्रयोग धेरै पछि, शायद ई. पू. २०० मा, गरिन थालियो।b जे भएतापनि, प्रथम शताब्दिमा, यो भोजको अवसरमा, दाख-मधुको प्रयोग साधारणतया गरिन्‌थियो र येशूले त्यसमा विरोध गर्नु भएन। उहाँले स्मरणार्थको उत्सव स्थापना गर्नु हुँदा, निस्तार चाड़को दाख-मधु प्रयोग गर्नु भयो।

११. प्रभुको साँझको भोजमा कुन प्रकारको दाख-मधुको प्रयोग गर्न उचित हुनेछ?

११ यहूदीहरूको निस्तार चाड़, अङ्‌गुरको फसलको धेरै समय पश्‍चात्‌ भएको हुनाकारण, येशूले दाखको न कुहेको रस होइन, तर रातो दाख-मधुको प्रयोग गर्नु भएको हुनु पर्छ, जसले उहाँको रगतको प्रतिनिधित्व गर्न सकथियो। (प्रकाश १४:२० सँग तुलना गर्नुहोस्‌) ख्रीष्टको रगतमा केही पनि थपनु पर्ने खाँचो थिएन यसकारण, ब्रेन्डी थपेको दाख-मधुहरू (पोर्ट, शेरी अथवा मुसकाटेल) अथवा अन्य मसाला र जड़ी-बुटी हालेको वरमथ, डुबोने वा एपरटिफ्सहरू भन्दा, सादा दाख-मधुको प्रयोग गर्नु उचित हुनेछ। तर दाख-मधु बनाउने बेलामा स्वादका लागि त्यसमा अलिकता चिनी हालेको थियो अथवा न बिग्रोस्‌ भनेर थोरै गन्धक प्रयोग गरिएको थियो कि भनेर हामीलाई चिन्तित्‌ हुनु पर्ने खाँचो छैन।c धेरै जसो मण्डलीहरूले बजारमा पाइने रातो दाध-मधु (उदाहरणका लागि कियान्टी, बर्गन्डी, बोजोले र क्लेरेट) अथवा घरैमा बनाइएको सादा रातो दाख-मधु प्रयोग गर्ने गर्छन्‌। दाख-मधु र रोटी दुवै प्रतिकहरू मात्र हुन्‌; यसकारण, प्रयोग नगरेर केही उब्रेको छ भने, त्यसलाई घरमा लगेर साधारण खानेकुरा अथवा पिउने कुरा झैं प्रयोग गरे हुन्छ।

१२. येशूले भन्‍नु भए अनुसार, दाख-मधुले के को प्रतिनिधित्व गर्‌यो?

१२ निस्तार चाड़को रातमा येशूले आफ्नो रगतको चर्चा गर्नु हुँदा, मिश्रको पाठोको रगतको सम्झना भएको हुनु सक्छ। तर कसरी येशूले एउटा बेग्लै प्रकारको तुलना गर्नु भयो, हेर्नुहोस्‌: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।” (लूका २२:२०) परमेश्‍वरले धेरै समय अघि, शारीरिक इस्राएल सँग एउटा करार बाँधनु भएको थियो र जानवरहरूको बलिको रगत द्वारा त्यसको उद्‌घाटन भएको थियो। ती बलिहरूको रगत र येशूको रगतमा एउटा समानन्तर थियो। दुवैमा परमेश्‍वरले आफ्ना मानिसहरूको राष्ट्र सँग एउटा करारको प्रतिष्ठापन गर्नु भएको कुरा विथोलित छ। (प्रस्थान २४:३-८; हिब्रू ९:१७-२०) व्यवस्थाको करार अनुसार, इस्राएल राजकीय-पुजारीहरूको एउटा राष्ट्र हुने वाला थियो। (प्रस्थान १९:५, ६) तथापि, इस्राएलले यहोवाको करार पूरा गर्न न सके पछि, यहोवाले “पुरानो करारको” ठाउँमा “नया करार” स्थापित गर्ने कुरा भन्‍नु भयो। (हिब्रू ९:१, १५; यर्मिया ३१:३१-३४) येशूले त्यहाँ, आफ्ना विश्‍वासी चेलाहरूको बीच प्रस्तुत गर्नु भएको दाख-मधुको कचौराले यो नया करारको प्रतिनिधित्व गऱ्‍यो।

१३, १४. (क) नया करारमा हुनुको अर्थ के हो? (ख) कुनै व्यक्‍तिले प्रतिकहरूबाट खान र पिउनाले के जाहेर हुन्छ?

१३ यो नया करारमा सम्मिलित हुने मसीहीहरू राजकीय-पुजारीहरूको एउटा नयाँ राष्ट्रमा सङ्‌गठित हुन्छन्‌। (गलाती ६:१६) प्रेरित पत्रुसले यस प्रकार लेखे: “तर तिमीहरू ता ‘चुनिएका वंश, राजकीय पुजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ,’ र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।” (१ पत्रुस २:९) तिनीहरूले पाउने उद्धार स्पष्ट छ—तिनीहरू येशू सँग स्वर्गमा सहशासकहरू हुनेछन्‌। प्रकाश २०:६ ले यो कुराको पुष्टि यस प्रकार गर्दछ: “पहिलो पुनरुत्थानमा भाग पाउने धन्य र पवित्र हो! यिनीहरूमाथि दोस्रो मृत्युको शक्‍ति हुँदैन तर तिनीहरू परमेश्‍वर र ख्रीष्टका पुजाहारीहरू भएर उहाँसँग एक हजार वर्ष सम्म राज्य गर्नेछन्‌।”

१४ आफ्ना प्रेरितहरूलाई त्यो प्रतिक रूपी रोटी र दाख-मधुबाट खान र पिउन लगाउनु भए पछि, येशूले तिनीहरू उहाँको राज्यमा उहाँको “टेबलमा खाने र पिउने” छन्‌ र “इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा” बस्नेछन्‌ भन्‍नु भयो। (लूका २२:२८-३०) यसैकारण, स्थरणार्थको प्रतिकहरूबाट खानु र पिउनुको अर्थ येशूको बलिदानमा विश्‍वास गर्नु मात्र होइन। प्रत्यक मसीहीले छुटकाराको बलिदानलाई स्वीकार गर्नु पर्दछ र उसले अनन्त जीवन जुन सुकै ठाउँमा पाउने हो भने पनि, त्यसमा विश्‍वास गरी रहनु पर्दछ। (मत्ती २०:२८; यूहन्‍ना ६:५१) तर प्रतिकहरूमा भाग लिनुको अर्थ नया करारमा सम्मिलित हुनु हो र येशूको राज्यमा उहाँ सँग हुन कालागि छानिएको हो।

स्मरणार्थको बेलामा जाँच गर्ने खाँचो

१५. येशूले परमेश्‍वरका सेवकहरूका लागि एउटा नया आशाको शुरूआत कसरी गर्नु भयो?

१५ अघिको लेखमा स्पष्ट पारे झैं, येशू पूर्वका परमेश्‍वरका भक्‍त सेवकहरूको स्वर्ग जाने आशा थिएन। तिनीहरूले, मानिसहरूको मूल घर, पृथ्वीमै अनन्त जीवन पाउने आशा राखेका थिए। आत्मामा पुनरुत्थानहुनेहरू मध्य येशू प्रथम हुनुहुन्‌थियो र मानिसहरूको बीचबाट स्वर्ग लगिनु हुने प्रथम व्यक्‍ति पनि उहाँनै हुनु भयो। (एफिसी १:२०-२२; १ पत्रुस ३:१८, २२) पावलले यो कुरालाई सदर गर्दै एसो भने: “येशूको रगतले त्यस नयाँ र जीवित मार्गबाट पवित्र स्थानमा प्रवेश गर्न हामीलाई साहस भएको” छ। (हिब्रू १०:१९, २०) येशूले मार्ग खोलि दिनु भए पछि, अरू को को जाने भए?

१६. रोटी र दाख-मधुबाट खाने र पिउनेहरूको भविष्य कस्तो हुनेछ?

१६ प्रभुको साँझको भोजको स्थापना गर्नु हुने रातमा, येशूले आफ्ना भक्‍त चेलाहरूका निम्ति स्वर्गमा ठाउँ तयार पार्न जानु हुँदैछ भन्‍नु भयो। (यूहन्‍ना १४:२, ३) तर याद गर्नु होला, रोटी र कचौराबाट खाने र पिउनेहरू पनि उहाँको राज्यमा उहाँ सँग सिंहासनमा बस्ने छन्‌ भनेर उहाँले भन्‍नु भएको थियो। के यो सौभाग्य ती प्रेरितहरूले मात्र पाउने थिए? होइन, अरू मसीहीहरूले पनि विजय गरेर ‘येशू सँग उहाँको सिंहासनमा’ बस्ने छन्‌ र तिनीहरू एउटा ‘राज्य र पुजाहारीहरू’ भएर ‘पृथ्वीमाथि राज्य गर्नेछन्‌’ भनेर केही समय पछि प्रेरित्‌ यूहन्‍नालाई थाह भयो। (प्रकाश ३:२१; ५:१०) ‘पृथ्वीबाट किनिएका’ मसीहीहरू जम्मा—१४४,००० हुनेछन्‌ भनेर पनि यूहन्‍नालाई थाह भयो। (प्रकाश १४:१-३) शताब्दियौं देखिन्‌ परमेश्‍वरको उपासना गर्दै आएका मानिसहरूको तुलनामा यो एउटा “सानो बगाल” भएको हुनाकारण, स्मरणार्थको बेलामा विशेष ध्यान दिन आवश्‍यक छ।—लूका १२:३२.

१७, १८. (क) कोरिन्थका केही मसीहीहरूको बानी के थियो? (ख) बढ़ी मात्रामा खानु र पिउनु किन एउटा गम्भीर कुरा थियो? (हिब्रू १०:२८-३१)

१७ कुनै कुनै प्रेरितहरू जिउँदै भएको बेलामा र परमेश्‍वरले पनि मसीहीहरूलाई “पवित्र जनहरू” हुन निम्त्याइ रहनु भएको समयमा, पावलले यो कुरा तिनको आफ्नो पत्रमा उठाएको छ। प्रतिकहरूबाट भाग लिनुपर्नेहरूको एउटा खराब बानी तिनले औंलाइ दिए। एक ठाउँमा भेला हुनु भन्दा अघि नै, तिनीहरू मध्य कसै-कसैले बढ़ी मात्रा खाने र पिउने गरथिए। जसले गर्दा तिनीहरू लट्ठिएर, मन्द मस्तिष्कका भएर भेला हुन्‌ थिए। फलस्वरूप, रोटीले प्रतिनिधित्व गरिरहेको येशूको “शरीरको वास्ता” तिनीहरूले गर्न सक्दैन थिए। के यो एउटा गम्भीर समस्या थियो? हो, थियो! अयोग्यता साथ खान र पिउनाले, तिनीहरू “प्रभुको शरीर र रगतको दोषी” भए। तिनीहरू अध्यात्मिक र मानसिक रूपमा सचेत हुँदा हुन्‌ ता तिनीहरूले ‘आफूलाई जाँच्न’ सक्ने थिए र तिनीहरू ‘इन्साफमा पर्नेथिएनन्‌।’—१ कोरिन्थी १:२; ११:२०-२२, २७-३१.

१८ ती मसीहीहरूले के को वास्ता राख्नु परेको थियो र त्यो कसरी गर्न सक्‌थिए? सर्व प्रथम, स्वर्गीय जीवन पाउने १४४,००० हकवालाहरूको माझमा हुने तिनको बुलावाको हार्दिक मुल्याङ्‌कन गर्नु परेको थियो। तर यो तिनीहरूले कसरी थाह गर्न सकथिए र प्रेरितहरूका समय देखिन्‌ परमेश्‍वरले छान्‍नुहुँदै जम्मा गर्नु भएको यो सानो समूहमा सम्मिलित हुने विश्‍वास आजका धेरै जसो मानिसहरूले राख्नु के उचित हो?

१९. १९८९ को स्मरणार्थ द्वारा के स्पष्टसँग जाहेर भयो?

१९ वास्तवमा, आज थोरै मसीहीहरूले मात्र आफ्नो विषयमा यो कुरा थाह पाएकाछन्‌। १९८९ मा, प्रभुको साँझको भोजमा, यहोवाका साक्षीहरूका मण्डलीहरूमा ९४,७९,७०० व्यक्‍तिहरू भेला भएका थिए। तर ती मध्य बाट, लगभग ८,७०० हरूले मात्र ‘स्वर्गीय राज्यको निम्ति’ उद्धार पाउने’ आशा व्यक्‍त गरे। (२ तिमोथी ४:१८) तर भेला भएका बाँकी लाखौं अरू भक्‍त र धन्यका मसीहीहरूले सधैं भरि पृथ्वीमा बाँच्ने निश्‍चित आशा अनुभव गरे।

२०. १४४,००० मध्यकाहरूले आफ्नो बुलावा बारे कसरी थाह पाउँछन्‌? (१ यूहन्‍ना २:२७)

२० ई. स. ३३ मा, पेन्तीकोसको दिन देखिन्‌, परमेश्‍वरले स्वर्गीय जीवनका लागि १४४,००० जनहरू छान्‍न थाल्नु भयो। यो आशा नया थियो र येशूको समय भन्दा पहिलेका परमेश्‍वरका सेवकहरूले यस प्रकारको आशा राखेका थिएनन्‌। यसकारण, चुनिएका जनहरूलाई यो आशाको ज्ञान कसरी हुने? यस बारे तिनीहरू निश्‍चित कसरी हुने? परमेश्‍वरको पवित्र आत्माले दिएको गवाही द्वारा तिनीहरूलाई यसको जानकारी हुन्छ र यस विषयमा तिनीहरू निश्‍चित पनि हुन्छन्‌। तर तिनीहरूले आत्मालाई देख्न सक्दैनन्‌ (किनभने आत्मा कुनै व्यक्‍ति होइन) नता तिनीहरूसँग आत्मा बोलीरहेको कुनै दृश्‍य तिनीहरूले देख्छन्‌ नता आत्मिक संसारबाट तिनीहरूले आवाजहरू सुन्छन्‌। पावलले यस विषयमा एसो भनेको पाउँछौं: “हामी परमेश्‍वरका सन्तान हौं भनी आत्मासँग आत्मा आफैले हाम्रो गवाही दिनुहुन्छ। औ हकवाला पनि हौं। परमेश्‍वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँग दुःख भोग्छौं भनेता उहाँसँगै महिमित पनि हुनेछौं।”—रोमी ८:१६, १७.

२१. (क) अभिषिक्‍तहरूलाई तिनीहरूको स्वर्गीय आशाबारे कसरी ज्ञान हुन्छ? (१ कोरिन्थी १०:१५-१७) (ख) अभिषिक्‍त जनहरू कुन प्रकारका व्यक्‍तिहरू हुन्‌ र तिनीहरूले नम्रतापूर्वक आफ्नो आशाको प्रमाण कसरी दिन्छन्‌?

२१ यस प्रकारको गवाही अथवा आत्मज्ञानले तिनीहरूको सोचाइ र आशामा परिवर्तन ल्याउँछ। तिनीहरू मानिस भएर यहोवाका पार्थिव सृष्टिका असल कुराहरूबाट आनन्द उठाउँन सकेतापनि, तिनीहरूको जीवनको ठूलो इच्छा र चासो चाहिं स्वर्गमा ख्रीष्टसँग साझे हकवाला हुनु हो। तिनीहरूको यो चाहना भावुकताको फल होइन। तिनीहरू सन्तुलित दृष्टिकोण र चालचलन भएका साधारण व्यक्‍तिहरू हुन्‌। तर परमेश्‍वरको आत्माले पवित्र पारिएको हुनाकारण, तिनीहरू आफ्नो बोलाहट बारे निश्‍चित हुन्छन्‌ र यस विषयमा तिनीहरू निरन्तर शङ्‌का गर्दैनन्‌। तिनीहरू विश्‍वासी भएमा तिनीहरूले स्वर्गमा उद्धार पाउनेछन्‌ भनी तिनीहरू जान्दछन्‌। (२ थिस्सलोनिकी २:१३; २ तिमोथी २:१०-१२) येशूको बलिदानको अर्थ बुझ्दै र तिनीहरू पवित्र आत्मा द्वारा अभिषिक्‍त मसीहीहरू हुन्‌ भन्‍ने ज्ञान राख्दै, तिनीहरूले नम्रतापूर्वक स्मरणार्थका प्रतिकहरूबाट भाग लिन्छन्‌।

२२. प्रभुको साँझको भोजमा उपस्थित हुने धेरै जसोले जाँचेर के बुझ्ने छन्‌?

२२ तर मार्च ३० तारीख भेला हुने धेरै जसोको त्यो आशा छैन, किनभने परमेश्‍वरले तिनीहरूलाई स्वर्गीय जीवनका लागि आत्माले अभिषेक गरी दिनुभएको छैन। हामीले अघिनै पढ़े झैं, परमेश्‍वरले १४४,००० जनहरूलाई छान्‍नेकाम प्रेरितहरूको पालो देखिन्‌ शुरू गर्नु भएको थियो। तर यो छान्‍ने काम समाप्त भइ सके पछि, स्वभाविकतः परमेश्‍वरको उपासना गर्न आउने बाँकी मानिसहरूको त्यही आशा हुनेछ, जुन आशा मोशा, दाऊद, बपतिस्मा दिने यूहन्‍ना र येशूले स्वर्गीय जीवन पाउने बाटो खोल्नु अघि नै मरेका अरू विश्‍वासी जनहरूले राखेका थिए। यसैकारण, आज लाखौं भक्‍त र जोशिला मसीहीहरूले स्मरणार्थको प्रतिकहरूमा भाग लिने गर्दैनन्‌। यस्ता मसीहीहरूले परमेश्‍वरको सामने आफू के हौं भनेर जाँच गर्दछन्‌ अथवा तिनीहरूले आफ्नो मनासिब आशा ठम्याउछन्‌। तिनीहरूले येशूको बलिदान द्वारा आफ्नो पापहरूको क्षमा पाउँछन्‌ र पृथ्वीमा अनन्त जीवन प्राप्त गर्नेछन्‌।—१ पत्रुस १:१९; २:२४; प्रकाश ७:९, १५.

२३. स्मरणार्थ किन एउटा आनन्दमय उत्सव हुनेछ? (२ इतिहास ३०:२१ तुलना गर्नु होस्‌)

२३ हामीहरू सबै मार्च ३० तारीखको आनन्दमय उत्सवको बाटो हेरेर बसौं। त्यो समय विवेक प्रयोग गर्ने समय हुनेछ तर त्यो आनन्द गर्ने बेला पनि हुनेछ। आज्ञाकारिता र औचित्यसाथ रोटी र कचौराबाट खाने र पिउने, स्वर्गीय आशा भएका त्यो सानो सङ्‌ख्‌याका व्यक्‍तिहरू आनन्दित हुनेछन्‌। र त्यो साँझमा हेर्ने, सिक्ने र यो अर्थपूर्ण उत्सवलाई पृथ्वीमा सधैंका लागि सम्झिराख्ने आशा भएका लाखौं आनन्दित मसीहीहरू पनि हर्षित हुनेछन्‌।—यूहन्‍ना ३:२९. (w90 2/15)

[फुटनोटहरू]

a “जुन रात उहाँ पक्राउ पर्नु भयो, प्रभु येशूले रोटी लिनु भयो; धन्यबाद दिनु हुँदै, त्यसलाई भाँच्नुभयो र एसो भन्‍नु भयो: ‘तिमीहरूका लागि यो मेरो शरीर हो; मेरो सम्झनामा यो गर्ने गर।’ त्यसैगरी खाइसक्नु भएपछि, कचौरा लिनुभएर यसो भन्‍नु भयो: ‘यो कचौरा नया करार हो; मेरो सम्झनामा प्रत्यक चोटी पिउने गर।’”—एन एक्सप्यानडेड प्याराफ्रेस अफ दी एपिसल्स अफ पल, बाइ एफ. एफ. ब्रुस.

b दाख-मधुको प्रयोग थपिएको कारण बारे एक जना विद्वानले यो राय प्रस्तुत गर्दछन्‌: “[निस्तार चाड़] समयमा लोग्ने मानिसहरू मात्र जम्मा हुने चाड़ रहेन; किनभने यो एउटा पारिवारिक उत्सव हुनु परेको थियो, जहाँ दाख-मधु पिउनु स्वभाविक कुरा थियो।”—दी हिब्रू पासओवर—फ्रम दी अरलिएस्ट टाइम्स टु ए. डी. ७० बाइ जे. बी. सेगाल.

c प्राचीन समय देखिन्‌, दाख-मधुको रङ्‌ग र स्वादका लागि, नून्‌, कुख्राको फूलको सेतो भाग र अरू पदार्थहरू प्रयोग गर्ने चलन थियो। रोमीहरूले दाख-मधु बनाउँदा विसंक्रामकको काम गर्न गन्धक पनि प्रयोग गर्द थिए।

तपाईंको उत्तर के हो?

◻ स्मरणार्थको उत्सवमा अखमिरी रोटी किन प्रस्तुत गरिन्छ र यो के को प्रतिक हो?

◻ प्रभुको साँझको भोजमा सबैका सामने प्रस्तुत गरिने कचौरा के हो र यसले के को प्रतिनिधित्व गर्दछ?

◻ स्मरणार्थको उत्सवमा किन विवेकको खाँचो पर्दछ?

◻ आउँदो स्मरणार्थको बाटो हेरेर तपाईं किन बस्नु हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने