के तपाईं त्यो समयको तिर्सना गर्नु हुन्छ जब . . .
◻ दिनको जुन सुकै बेलामा पनि—तपाईं आफ्नो घरमा आफूलाई सुरक्षित ठान्न सक्नु हुन्छ?
◻ ताल्चाहरू, बारहरू, अलार्महरू, ढोका भित्रबाट चियाएर हेर्ने प्वालहरू, पर्खालहरू, पालेहरू, खतराको सङ्केत दिने कुकुरहरू र सुरक्षाका अन्य प्रबन्धहरूको खाँचो हुने छैन?
◻ तपाईं, राती पनि, एकलै सड़कमा सम्पूर्ण सुरक्षाका साथ हिंड्न सक्नु हुनेछ?
◻ हानिकारक मादक पदार्थहरू र तिनीहरूसँग सम्बन्धित समस्याहरू सबै अतीतका कुराहरू हुनेछन्?
◻ सबै युद्धहरू समाप्त भइसकेका हुनेछन् र हतियारहरू न त कसैले बनाउनेछन् न तिनीहरूलाई जम्मा गर्ने छन्?
◻ तपाईंले फेरि कहिले पनि दूषित खानेकुरा, हावा र पानी बारे चिन्ता गर्नु पर्ने छैन?
◻ आतङ्कवाद, मानिसहरूलाई बन्धक बनाइने काम र बमको धम्कीहरू पूर्णतया हटाइ सकिएका हुनेछन्?
◻ पृथ्वीका प्राकृतिक साधनहरूको सुरक्षा र संरक्षण हुनुका साथै, सबैका भलाइका लागि तिनीहरूको प्रयोग गरिनेछन्?
◻ मानिस जाति लोभ र स्वार्थले प्रेरित हुने छैनन्?
◻ केटा-केटीहरूले आफ्नो सीधा-सादा स्वभाव कायम राख्नेछन् र तिनीहरूले अरूहरू र अरूहरूका सम्पत्तिको आदर गर्ने छन्?
◻ स्त्रीजाति कसैको शिकार बन्ने वा दबाउमा पर्ने छैनन्?
◻ कानुन र नियमहरू न्यायोचित हुनेछन् र सबैका भलाइका लागि प्रयोग गरिनेछन्?
◻ सरकारले राजनीतिको आधारमा नभएर, साँच्चैका आवश्यकताहरूको आधारमा निर्णयहरू गर्ने छन्?
◻ स्वतन्त्रता र समानताको प्रचार मात्र होइन तर ती व्यवहारमा पनि ल्याइनेछन्?
◻ गरिबीको अस्तित्व नै हुने छैन तर सबैले आफ्नो स्वास्थ्य, कुशलता र सुखका लागि आवश्यक सबै थोक पाउनेछन्?
◻ सबै बच्चाहरू आमा-बाबुहरूले चाहेर पाएका हुनेछन् र तिनीहरूको राम्रोसँग हेर विचार गरिनेछ, तिनीहरूसँग कहिले पनि दुर्व्यवहार गरिने छैन अथवा तिनीहरू कहिले पनि त्यागिने छैनन्?
◻ रोग र मृत्यु माथि विजय गरिनेछ र त्यहाँ कुनै प्रकारका डरलाग्दा महामारीहरू हुने छैनन्?
◻ त्यसबेला तपाईले भेट्नुहुने प्रत्येक व्यक्ति नै दयालु, मदतकारी र विश्वासयोग्य हुनेछ।
◻ प्रत्येकको जीवन साँच्चैकै मूल्यवान ठानिने छ र सबैले स्थायी सुख पाउने छन्?
◻ धर्म फेरि कहिले पनि पक्षपात, घृणा र युद्धहरू ल्याउने फूटको कारण हुनेछैन?
◻ सबैले नै यथेष्ट र मनोरम बस्ने ठाउँहरू पाउने छन् र घर-विहीनता अतीतको कुरा हुनेछ?
माथि दिएका कुनै पनि एउटा कुरासँग तपाईंको सहमति छ भने, यस पछिका लेखहरू पढ़ने चासो तपाईंलाई हुनेछ। (w10/1/90)