प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख ३४
  • के आतङ्‌कवादको अन्त होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के आतङ्‌कवादको अन्त होला?
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आतङ्‌ककारी हमलाहरू देख्दा ईश्‍वरलाई कस्तो लाग्छ?
  • आतङ्‌कवादको मुख्य कारण
  • आतङ्‌कवादको अन्त
  • आतंकवाद—चाँडै अन्त हुनेछ!
    ब्यूँझनुहोस्‌!—२००१
  • बल्ल पृथ्वीभरि शान्ति!
    ब्यूँझनुहोस्‌!—२००६
  • रगतले पोतिएको इतिहास
    ब्यूँझनुहोस्‌!—२००६
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख ३४
एक अग्निनियन्त्रक ध्वस्त भएको भवनमा मानिसहरूको उद्धार गर्दै।

के आतङ्‌कवादको अन्त होला?

कुनै आतङ्‌ककारी हमलापछि हाम्रो मनमा यस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌: ‘ईश्‍वर छन्‌ भने किन केही गर्दैनन्‌? यस्ता हमलाहरू किन हुने गर्छन्‌? के आतङ्‌कवादकोa अन्त होला? म कसरी यस्तो डरको सामना गर्न सक्छु?’ बाइबलले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।

आतङ्‌ककारी हमलाहरू देख्दा ईश्‍वरलाई कस्तो लाग्छ?

ईश्‍वर हिंसा र आतङ्‌कवादलाई घृणा गर्नुहुन्छ। (भजन ११:५; हितोपदेश ६:१६, १७) ईश्‍वरको प्रतिनिधि येसुले पनि आफ्ना चेलाहरूले हिंस्रक व्यवहार देखाउँदा तिनीहरूलाई हप्काउनुभएको थियो। (मत्ति २६:५०-५२) कोही-कोहीले यस्ता आतङ्‌ककारी हमलाहरू ईश्‍वरको नाममा गरेको दाबी गर्छन्‌। तर ईश्‍वरले तिनीहरूलाई त्यस्तो अख्तियार दिनुभएको छैन। वास्तवमा तिनीहरूले जति नै पुकारे तापनि उहाँ तिनीहरूको प्रार्थना सुन्‍नुहुन्‍न।—यसैया १:१५.

ईश्‍वरले आतङ्‌ककारी हमला र अन्य कारणले दुःख भोगिरहेका सबै मानिसको ख्याल राख्नुहुन्छ। (भजन ३१:७; १ पत्रुस ५:७) उहाँले हिंसाको अन्त गर्नुहुनेछ भनेर पनि बाइबलमा बताइएको छ।—यसैया ६०:१८.

आतङ्‌कवादको मुख्य कारण

बाइबलले आतङ्‌कवादको मुख्य कारणबारे यसो भन्छ: “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको मात्रै मैले देखेँ।” (उपदेशक ८:९) इतिहासभरि नै शक्‍तिमा भएका मानिसहरूले अरूलाई दमन गर्न आतङ्‌कवादको सहारा लिएका छन्‌। अनि दमनमा परेकाहरूले पनि बदला लिन आतङ्‌कवादकै सहारा लिन्छन्‌।—उपदेशक ७:७.

आतङ्‌कवादको अन्त

ईश्‍वरले डर र हिंसा हटाउने अनि पृथ्वीमा शान्ति स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यसैया ३२:१८; मिका ४:३, ४) उहाँले . . .

  • आतङ्‌कवादको मुख्य कारण हटाउनुहुनेछ। ईश्‍वरले मानव सरकारहरूलाई हटाएर आफ्नो राज्य स्थापना गर्नुहुनेछ। यस राज्यका राजा येसु ख्रिष्टले सबैलाई समान व्यवहार गर्नुहुनेछ अनि अत्याचार र हिंसाको नामोनिसान मेटाउनुहुनेछ। (भजन ७२:२, १४) त्यतिबेला कसैले पनि आतङ्‌कवादी काम गर्नेछैनन्‌। मानिसहरूले “अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

  • आतङ्‌कवादका सबै हानिलाई सच्याउनुहुनेछ। आतङ्‌कवादले गर्दा शारीरिक वा भावनात्मक चोट भोगेका मानिसहरूलाई ईश्‍वरले निको पार्नुहुनेछ। (यसैया ६५:१७; प्रकाश २१:३, ४) उहाँले मरिसकेका मानिसहरूलाई शान्तिमय संसारमा फेरि जीवित पार्ने प्रतिज्ञासमेत गर्नुभएको छ।—युहन्‍ना ५:२८, २९.

ईश्‍वरले अब तुरुन्तै कदम चाल्नुहुनेछ भनेर विश्‍वास गर्न सकिने आधारहरू बाइबलमा दिइएको छ। तर तपाईँलाई यस्तो लाग्ला, ‘ईश्‍वरले किन अहिलेसम्म आतङ्‌कवाद हटाउनुभएको छैन?’ यसको जवाफ पाउन परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भन्‍ने भिडियो हेर्नुहोस्‌।

a “आतङ्‌कवाद” भनेको विशेषगरि सर्वसाधारणमाझ त्रास फैलाएर राजनैतिक, धार्मिक वा सामाजिक परिवर्तन ल्याउन हिंसा गर्नु वा डर-धम्की देखाउनु हो। तर कस्तो खालको कामलाई आतङ्‌कवाद भन्‍न मिल्छ र कस्तोलाई मिल्दैन भन्‍नेबारे मानिसहरूको धारणा फरक-फरक हुन सक्छ।

बाइबलले आतङ्‌कवादको सिकार भएकाहरूलाई मदत गर्छ

बाइबलले दिने यी दुई वटा सुझावले तपाईँलाई मदत गर्न सक्छ:

  • ईश्‍वरलाई प्रार्थना गर्नुहोस्‌।—फिलिप्पी ४:६, ७.

  • बाइबलले दिने आशामा ध्यान केन्द्रित गर्नुहोस्‌।—हिब्रू ६:१९.

बाइबलमा आधारित थप सुझावको लागि “चिन्ता कसरी कम गर्ने?” भन्‍ने लेख हेर्नुहोस्‌।

आतङ्‌कवादको सिकार भएका यहोवाका साक्षीहरूले आफ्ना भाइबहिनीबाट मदत पाएका छन्‌। तीमध्ये दुई वटा उदाहरण विचार गर्नुहोस्‌।

  • रुसको बेस्लानमा स्कुलबाहिर मृतकहरूको सम्झनामा राखिएका फुलका गुच्छाहरू।

    रुसको बेस्लानमा भएको एउटा स्कुलमा हतियारधारी आतङ्‌कवादीहरू घुसे अनि १ हजारभन्दा धेरैलाई बन्धक बनाए। त्यतिबेला नताल्या र उनका नौ वर्षीय छोरा अस्लान पनि त्यहाँ थिए। दुःखको कुरा, त्यस घटनामा सयौँको ज्यान गयो र तीमध्ये धेरैजसो केटाकेटी थिए। हुनत नताल्या र अस्लान जोगिए तर त्यस घटनाले गर्दा तिनीहरूलाई मानसिक रूपमा ठूलो आघात पुग्यो। यस्तो चोट सहन तिनीहरूलाई केले मदत गऱ्‍यो, थाह पाउनुहोस्‌।

  • पाब्लो र सोफी।

    न्यु योर्कको ट्‌विन टावर्समा आतङ्‌ककारी हमला हुँदा पाब्लो र सोफीले आफ्नो छोरा गुमाए। आतङ्‌ककारी हमलाले असर गरेको यस दम्पती र अरूलाई चोट सहन केले मदत गरेको छ भनेर बुझ्न यो भिडियो हेर्नुहोस्‌।

बाइबलले मानिसहरूलाई परिवर्तन हुन मदत गर्छ

संसारमा भइरहेको अन्याय र अत्याचार देखेर थुप्रै मानिस असन्तुष्ट छन्‌। तिनीहरूको विचारमा यस्ता समस्याहरूको एक मात्र विकल्प हिंसा र आतङ्‌क हो। के त्यस्ता मानिसहरू परिवर्तन हुन सक्छन्‌? सक्छन्‌। बाइबलको सन्देशले कसै-कसैलाई परिवर्तन हुन कसरी मदत गरेको छ भनेर बुझ्न “के आतङ्‌कवाद नभएको संसार सम्भव छ?” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने