प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ४/१ पृ. ४-७
  • विश्‍व-व्यापी आनन्द

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍व-व्यापी आनन्द
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “कसैले खोसेर लैजान नसक्ने आनन्द”
  • “पृथ्वीको अन्तसम्म”
  • “तिमीहरूले आपसमा प्रेम गर”
  • शान्त मानिसहरू
  • “तपाईंले मेरो दुःख देख्नु भएको छ”
  • आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्दले परिपूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवाको आनन्द हाम्रो गढ हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्दसाथ यहोवाको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ४/१ पृ. ४-७

विश्‍व-व्यापी आनन्द

“हेर! मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्‌।” (यशैया ६५:१४) यहोवाले यो कुरा उहाँका अगमवक्‍ता यशैया द्वारा भन्‍नु भएको थियो र आज यहोवाका साक्षीहरूको माझमा यी शब्दहरूको शानदार पूर्ति भइरहेको छ! तिनीहरूको हृदयको आनन्दको स्रोत के हो? यहोवा परमेश्‍वरको संयुक्‍त उपासना। उहाँ “धन्यको [आनन्दित NW] परमेश्‍वर हुनुहुन्छ र उहाँको उपासना गर्नेहरू पनि “परमप्रभुमा [यहोवामा NW] रमाउनेछ।” (१ तिमोथी १:११; जकरिया १०:७) जसै तिनीहरू राज्यको सुसमाचार प्रचार गर्छन्‌ र विश्‍व भरि सुन्‍न सकिने चर्को सोरमा आफ्नो परमेश्‍वरको प्रशंसा गर्छन्‌, यो आनन्दमय भक्‍तिले तिनीहरूलाई एउटै राष्ट्रमा संयुक्‍त पार्दछ।—प्रकाश ७:९, १०.

“कसैले खोसेर लैजान नसक्ने आनन्द”

हो, परमेश्‍वरको नाउँ र राज्यको घोषणा गर्ने कामबाट यहोवाका साक्षीहरूले निरन्तर आनन्द अनुभव गर्दछन्‌। (मर्कूस १३:१०) तिनीहरू भजनसंग्रहको लेखकका यी शब्दहरू अनुसार काम गर्न सुरिएका छन्‌: “उहाँकै पवित्र नाउँमा तिमीहरू घमण्ड गर। परमप्रभुलाई [यहोवालाई NW] खोज्नेहरूको हृदय आनन्दित होस्‌।”—भजनसंग्रह १०५:३.

तर अकसर, एसो गर्न तिनीहरूले रूकावटहरूको सामना गर्नु पर्छ। स्पेनमा, इसिडीरोले यहोवालाई आफ्नो जीवन समर्पण गरे र तिनी यहोवावारे अरूहरूसँग कुरा गर्न चाहन्‌थिए। तर तिनी ट्रक हाँकने एक जना चालक भएकाले तिनलाई धेरै फुर्सत हुँदैन, किनभने रातभरि लामो यात्राहरूमा जानु पर्छ र दिनमा सुत्नु आवश्‍यक हुन्छ। तर इसिडीरो अरू ट्रकका चालकहरूलाई साक्षी दिन चाहन्‌ थिए। यो काम कसरी गर्ने?

तिनले आफ्नो ट्रकमा एउटा सी. बी. (सिटिजेन्स बेन्ड) रेडियो फिट गरे जसबाट तिनी अरू चालकहरूसँग कुरा गर्न सक्‌थिए। रेडियोमा धेरै प्रयोग न भएको च्यानेल १३ भेट्टाए पछि तिनले यसको फायदा उठाउने फैसला गरे। तर, सी. बी [CB] रेडियो द्वारा बाइबलबारे कुरा गर्न सकिन्छ भनेर तिनले अरू चालकहरूलाई प्रथम पटक खबर दिंदा, धेरैले चासो देखाएनन्‌। तर कसै कसैले चाहिं सुने। यस विषयमा कुरा फैलिंदै गयो र केही समय पछि, स्पेनका धेरै ट्रक चालकहरूले च्यानल १३ खोलेर सुन्‍न थाले। हालसालै, यस प्रकार सुन्‍नेहरू मध्य कम से कम एक जना चाहिं अझ राम्रोसँग बाइबल अध्ययनगर्ने तरखरमा छ भनेर इसिडीरोले थाह पाए।

ईटालीमा, एक जना मानिसले बसमा कुरा-कानी गर्दा, यहोवाका साक्षीहरूको विषयमा सुने। तिनकी पत्नीले चाहिं एक जना साथी द्वारा तिनीहरूसँग भेट गरीन्‌। दुवैले मिलेर बाइबल अध्ययन गरे र आफूले सिकेका कुराहरू अरूहरूलाई पनि भन्‍न दुवै उत्सुक भए। यति उत्सुक भए कि, राज्यको सुसमाचार अरूहरूलाई सुनाउन अझ समय निकाल्नका लागि, आफ्नो कम्पनीले दिएको पदोन्‍नति पनि तिनले इनकार गरे र तिनकी पत्नीले चाहिं धेरै पैसा पाउने जागिर छाड़िन्‌। के यो सबै गर्न उचित्‌ थियो र? हो, थियो। ती मानिस एसो भन्छन्‌: “हामीले सच्चाइ सिकेको समय देखिन्‌ आज सम्म, मेरी पत्नी र मैले २० जना व्यक्‍तिहरूलाई परमेश्‍वरको उद्देश्‍यको सही ज्ञान प्राप्त गर्ने मदद दिने आनन्द अनुभव गरेका छौं। साँझको बेला, यहोवाको सेवामा दिन बिताएर घर फर्कन्दा, हो, मलाई थकान लाग्छ। तर म आनन्दित हुन्छु र म यहोवालाई धन्यबाद दिन्छु, किनभने कसैले पनि खोसेर लग्न नसक्ने आनन्द उहाँले मलाई दिनु भएको छ।

“पृथ्वीको अन्तसम्म”

परमेश्‍वरको आनन्दित राष्ट्रमा हुनेहरू, जहाँ भएता पनि, अर्थात्‌ “पृथ्वीको अन्तसम्म” नै यस्तै प्रकारको जोश देखाउँछन्‌। (प्रेरित १:८) उत्तरी ग्रीनलैन्ड जस्तो कमै ठाउँ पृथ्वीको अन्त अथवा पल्लो छेउमा होला। तर त्यहाँ पनि, पृथ्वीको उत्तरीय परिधि देखिन्‌ अझ २०० मिल उत्तर, १९ मानिसहरूले बनेको, इलुलिसात नाउँको सानो मण्डली छ। यो मण्डलीले पनि त्यही सुसमाचारको प्रचार गर्छ, जुन सुसमाचारको प्रचार ईटालीको त्यो दम्पतीले गर्दछन्‌। र बितेको सालमा ग्रीनलैन्डका सात जना बासिन्दाहरूले पनि यहोवालाई आफ्नो जीवन समर्पण गरेको प्रमाण बप्तिस्मा द्वारा दिएको देखेर, तिनीहरू सबै हर्षले गद्‌गद्‌ भए।

ग्रीनलैन्ड देखिन्‌ हजारौं मील टाढ़ा, हिन्द महासागरको उष्ण प्रदेशीय टापू, मरीशियसको अन्जनीले पनि त्यही आनन्द अनुभव गर्दछिन्‌। शुरूमा अन्जनीले निकै कठिनाईहरूको सामना गर्न पऱ्‍यो। मरीशियसमा हिन्दू र भारतीय संस्कारकी एउटी अविवाहित युवतीलाई मसीही सभाहरू धाउन र परमेश्‍वर बारे खुलेआम प्रचार गर्न उचित ठानिन्दैन। तर अन्जनीले हार मान्‍न इनकार गरीन्‌। आज, तिनले आफ्नो मसीही मार्ग शुरू गरेको नौं वर्ष पछि, तिनका केही नातेदारहरूले पनि बाइबल अध्ययन गरिरहेकाछन्‌।

अन्जनीको चर्चा गर्दा, संसारको अर्को छेउ अर्थात्‌ हनडुरासमा बस्ने, एमिलियोको नाउँ पनि लिन राम्रो होला। एमिलियोले आफ्नो काम गर्ने ठाउँमा साथीहरूले बाइबलको छलफल गरेको सुन्दा, त्यो छलफलमा सामेल हुने इच्छा तिनले पनि व्यक्‍त गरेछन्‌। तिनले पढ़न नसकेता पनि बाइबलका पदहरू अरूहरूले पढ़दा, बढ़ो आनन्दसाथ सुन्‍ने गरे। मसीही सच्चाइ तिनको हृदयमा पस्न थाले पछि, तिनले आफ्नो अनैतिक जीवन-शैली र धेरै मात्रामा जाँड-रक्सी पिउने बानी छाड़ि दिए। यहोवाका साक्षीहरूले तिनलाई लेख्न र पढ़न सिकाए र आज तिनी परमेश्‍वरको आनन्दित राष्ट्रको एक जना प्रचारक छन्‌।

हनडुरासबाट हजारौं मिल उत्तर-पश्‍चिम तिर, अलास्काकी एउटी एसकीमो आमाले यही मसीही सच्चाइ सिकीन्‌। ती स्त्रीको घर एउटा अनकन्टार गाउँमा थियो र तिनले यहोवाका साक्षीहरूसँग डाक द्वारा मात्र सम्पर्क राख्न सक्‌थिइन्‌। यसकारण, तिनले डाक द्वारा नै अध्ययन गरीन्‌ र आफ्ना प्रश्‍नहरू पनि डाक द्वारा नै सोध्ने गरीन्‌ र आज तिनी जोशिलो भएर आफ्ना छिमेकीहरूलाई आफूले जानेका कुराहरू सिकाइ रहेकी छिन्‌। यस प्रकारका उदाहरणहरूको केही अन्त नै छैन। विश्‍वभरि, नम्र हृदय भएका मानिसहरू “आनन्दसाथ परमप्रभुको [यहोवाको NW] सेवा” गर्न आइरहेका छन्‌।—भजनसंग्रह १००:२.

“तिमीहरूले आपसमा प्रेम गर”

परमेश्‍वरको आनन्दित राष्ट्र तर्फ यी सबै जनालाई आकर्षित पार्ने एउटा कुरा प्रेम हो। येशूले एसो भन्‍नु भएको थियो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) यी साँचो मसीहीहरूको दैनिक जीवनमा मसीही प्रेम देख्न सकिन्छ, विशेष गरी आपद-विपदको बेलामा।

यहोवाका साक्षीहरूको काममाथि प्रतिबन्ध लगाइएको एउटा अफ्रिकी देशमा घोर खड़ेरी लाग्यो। दस हजार मानिसहरू मरे र गाई वस्तुहरू, बथानका बथान मरे। साक्षीहरू कसरी बाँचे? तिनीहरूले बिरूवाहरूको जरा र एक प्रकारको नासपातीको गेड़ा पकाएर खाए! तर तिनीहरूको दुःख धेरै नै कम भएर गयो जब परमेश्‍वरको मदद द्वारा, अरू देशका साक्षीहरूले त्यहाँ २५ टन सामान पठाउने अनुमति पाए। यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध भएता पनि, यी सामानहरू चाहिं सरकारले सैनिक गारदसाथ पठाइ दिए!

साँच्चैनै, ती अफ्रिकी साक्षीहरू आफ्ना भाइहरूबाट यो प्रेमको प्रमाण पाएर धेरै नै खुशी भए। तिनीहरूले यशैयाका यी शब्दहरूको पूर्ति अनुभव गरे: “हेर, परमप्रभुको [यहोवाको NW] हात बचाउन नसक्ने गरी शक्‍तिहीन भएको छैन। उहाँको कान सुन्‍न नसक्ने गरी बाक्लो भएको पनि छैन।”—यशैया ५९:१.

शान्त मानिसहरू

परमेश्‍वरको आनन्दित राष्ट्रका सदस्यहरूले यस संसारका युद्ध विद्याहरू त्यागेर ‘आफ्नो तरवार पिटेर हलोको फाली’ बनाएको एउटा अर्को कारण हो जसले गर्दा नम्र मानिसहरू परमेश्‍वको यो आनन्दित राष्ट्रमा आकर्षित हुन्छन्‌। (यशैया २:४) एल सेलवाडोरमा, एक जना भूतपूर्व सेनाध्यक्षको घर भरि तिनको सैनिक जीवनसँग सम्बन्धित सामानहरू थियो। तर अन्तत्वगत्वा, बाइबल अध्ययन द्वारा तिनले शान्तिपूर्ण विषयहरूमा चासो लिन शुरू गरे। तिनले आफ्नो घरबाट युद्धसँग सम्बन्धित्‌ सबै कुरा हटाए र जोड-तोडका साथ प्रचारको काम गर्न लागे।

सरकार विरोधी तत्वहरूले तिनको गाउँलाई कब्जा गर्दा, तिनी एउटा भूतपूर्व सेनाध्यक्ष हुन्‌ भनेर सम्भवतः कसैले खबर गरेको हुनाकारण, तिनलाई कैदी बनाएर लगे। तर तिनी अब सिपाही होइन, यहोवाको एक जना साक्षी हो भनेर तिनले बताए। ती आतङ्‌ककारीहरूले तिनलाई घरमा हतियारहरू राख्ने आरोप लगाए तर खोजी गरेर हेर्दा केही पनि फेला परेन। आतङ्‌ककारीहरूका अगुवाले एक जना छिमेकीसँग तिनको विषयमा सोधपूछ गर्दा, यो उत्तर पाए: “दिन दिन नै सडकमा, माथि र तल, बाइबलबारे प्रचार गर्दै हिड़ेको देख्छौं।” यो भूतपूर्व सेनाध्यक्षलाई छाड़ि दिइयो। निस्सन्देह, उनको जोशले उनको आफ्नो प्राण बचायो।

एउटा अफ्रिकी देशबाट आएको रिपोर्टमा यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गरेका दुई जना सिपाहीहरूको चर्चा पाउँछौं। एउटा सिपाही सरकारी पल्टनमा रहेछ र अर्को सिपाही चाहिं सरकार विरोधी तत्वहरूको निम्ति लड़ाँइ गर्दो रहेछ। आखिरमा, दूवैले आफ्नो “तरवार पिटेर हलोको फाली” बनाउने फैसला गरेछन्‌ र दुवैले आ-आफ्नो राजीनामा दिएछन्‌। प्रथम पटक तिनीहरू सभामा आउँदा, सरकार विरोधी सिपाहीले अर्को सिपाहीलाई यो प्रश्‍न गरे: “यहाँ के खोज्न आएको?” र उसले पनि जवाफमा, “आफू नी, आफू यहाँ के खोजन आएको?” भनेर सोधेछ। “त्यस पछि, ती दुवैले एक अर्कालाई अङ्‌गालो हालेर रोए, किनभने बल्ल तिनीहरू एक साथ शान्तिसाथ बस्न सक्‌थिए।” निस्सन्देह, यी दुवै भूतपूर्व सिपाहीहरूले एसो भनेर प्रार्थना गरेको हुनु पर्छ: “हे परमेश्‍वर, हे मेरा उद्धारकर्त्ता परमेश्‍वर, मलाई रक्‍तपातको पापबाट छुटकारा दिनुहोस्‌। र मेरो जिब्रोले तपाईंको धार्मिकताको भजन चर्को गरी गाउनेछ।”—भजनसंग्रह ५१:१४.

“तपाईंले मेरो दुःख देख्नु भएको छ”

“तपाईंकै करूणामा म मग्न र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो दुःख देख्नुभएको छ। दुःखका दिनमा मेरो आत्मालाई तपाईंले चिन्‍नुभएको छ।” (भजनसंग्रह ३१:७) भजनसंग्रहका लेखकले यस प्रकार प्रार्थना गरे र आज पनि धेरै व्यक्‍तिहरू आनन्दित्‌ छन्‌ किनभने परमेश्‍वरको वचनबाट तिनीहरूले आ-आफ्नो दुःखहरूसँग सङ्‌घर्ष गर्ने मदद पाउँछन्‌। फ्रान्समा यहोवाको एक जना साक्षी सिजोफ्रेनिया कहलाइने मानसिक व्यथा लागेकी स्त्रीसँग अध्ययन गर्ने गर्छिन्‌। यो स्वास्नी मानिसलाई केही समयदेखिन्‌ मानसिक रोगको एक जना चिकित्सकले उपचार गरिरहेका थिए। तर केही मदद चाहिं भएको थिएन। अध्ययन शुरू गरेर एक हप्ताह पछि, चिकित्सकले यस प्रकार प्रश्‍न गरेछन्‌: “बाइबलबाट यो स्वास्नी मानिसले बताएको कुरा के तिमी वास्तवमा बुझ्दछेउ?” यसकारण, अर्को हप्ताह, साक्षीले यो स्वास्नी मानिससँगसँगै चिकित्सकको कार्यलयमा गएर उनैको सामने बाइबल अध्ययन गरीन्‌।

अध्ययन समाप्त भए पछि, चिकित्सकले साक्षीलाई एसो भने: “बितेका सालहरूमा मैले यहाँ आउने रोगीहरूको धर्महरूमा चासो लिने गर्दै आएको छु। तर कुनै पनि धर्मले वास्तविक मदद दिएको चाहिं पाइन। तर तपाईंले गर्नु भएको काम चाहिं बेग्लै रहेछ। श्रीमती पी.___________ मकहाँ हप्ताहको दुई पटक आउँनु हुन्छ र मसँग सोध पूछ गरेको वापत दाम पनि तिरेर जानु हुन्छ। तापनि, तपाईंले दिनु हुने बाइबल शिक्षा र असल सर-सल्लाह द्वारा धेरै नै उच्च स्तरको काम गर्नु हुँदैछ र त्यो पनि सित्तै मा। यो काम जारी नै राख्नु होस्‌ र कुनै बेला मेरो सहयोगको खाँचो परेमा, म दिन तैयार छु।”

बाइबल एसो भन्दछ: “ती मानिसहरू धन्य हुन्‌, जसले आनन्दको सोर चिन्छन्‌। हे परमप्रभु [यहोवा NW] तिनीहरू तपाईंको मोहोड़ाको प्रकाशमा हिड़छन्‌। तिनीहरू दिनभरि तपाईं कै नाउँमा रमाउँछन्‌।” (भजनसंग्रह ८९:१५, १६) यहोवाका प्रत्यक साक्षीलाई यो भजन सत्य हो भन्‍ने कुरा थाह छ। तिनीहरूको मुखबाट चर्को सोरमा, विश्‍वभरि यहोवाको प्रशंसा भइरहेछ। तिनीहरूसँग मिलेर यहोवाको प्रशंसा गर्न, विभिन्‍न जातिहरूबाट अझ मानिसहरू ओइरीरहेछन्‌। तपाईं पनि तिनीहरूसँग सङ्‌गत गर्नुहोस्‌ र त्यो आनन्द स्वयं अनुभव गरेर हेर्नुहोस्‌? (w91 1/1)

[पृष्ठ ७-मा भएको चित्र]

पूर्वीय यूरोपका यहोवाका साक्षीहरू आफ्नै भाषामा “प्रहरीघरहरा” प्राप्त गर्ने र पढ़ने भरखरै अनुमति पाएकोमा आनन्द मनाइरहेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने