सत्यमा सहकर्मीहरू झैं हिंड
दोस्रो अनि तेस्रो यूहन्नाको विवरणिका
सत्यको ज्ञान यहोवाका उपासकहरूको चिनारी हो। (यूहन्ना ८:३१, ३२; १७:१७) इश्वरीय सत्यमा हिंड्न मुक्तिको लागि अनिवार्य छ। अनि परमेश्वरका दासहरू सत्यमा सहकर्मीहरू हुनुपर्छ।
प्रेरित यूहन्नाले आफ्नो दोस्रो अनि तेस्रो पत्रहरूमा “सत्यमा हिंडनेबारे” छलफल गरेकाछन्। (२ यूहन्ना ४; ३ यूहन्ना ३, ४) तेस्रो यूहन्नामा “सत्यमा सहकर्मीहरू” भएर सहयोग गर्ने प्रोत्साहन पाउँदछौं। (३ यूहन्ना ५-८) सम्भवतः दुवै पत्रहरू, ९८ सा. यु मा एफिससबाट अथवा त्यहाँको छेउछाउबाट लेखिएको हुनु पर्छ। तर यी पत्रहरूमा उल्लेखित कुराहरूबाट आज यहोवाका जनहरूले लाभ उठाउन सक्छन्।
दोस्रो यूहन्नामा सत्यलाई महत्व दिइएको छ
दोस्रो यूहन्नाले सत्य र प्रेम माथि जोर दिंदछ र “ख्रीष्ट विरोधीको” विरूद्धमा चेताउनी दिन्छ। (पदहरू १-७) यो पत्र एउटी “चुनिएकी महिलालाई” सम्बोधन गरिएको छ र तिनी शायद कुनै एउटा विशेष व्यक्ति हुनु पर्छ। तर यो पत्र कुनै मण्डलीको निम्ति पठाइएको थियो भने, पत्रमा उल्लेखित् “बालकहरू” स्वर्गीय जीवनको निम्ति परमेश्वरले छान्नु भएका, आत्मा द्वारा अभिषिक्त मसीहीहरू हुनु पर्छ। (रोमी ८:१६, १७; फिलिप्पी ३:१२-१४) धर्मत्यागको विरोध गर्दै कुनै कुनै व्यक्तिहरू “सत्यमा हिंडिरहेका” थिए भनेर यूहन्नाले आनन्द प्रकट गरे। तापनि, येशू शरीरमा आउनु भएको कुरा इन्कार गर्ने “ख्रीष्ट विरोधीहरू” देखि तिनीहरू होसियार भएर बस्नु परेको थियो। यहोवाका साक्षीहरूले आज पनि धर्मत्यागको विरूद्धमा दिइएका चेताउनीहरूलाई ध्यान दिने गर्छन्।
यस पछि यूहन्नाले धर्मत्यागीहरूसँग गर्नु पर्ने व्यवहार बारे सल्लाह दिए र एउटा व्यक्तिगत शुभ कामना र अभिवादन साथ कुरा टुङ्ग्याए। (८-१३ पदसम्म) प्रचार जस्तै परिश्रम द्वारा, तिनी र तिनी जस्ता अरूहरूले फल फलाएका थिए जसले गर्दा यो पत्रमा सम्बोधन गरेका व्यक्तिहरूले आफ्नो धर्म परिर्वतन गरेका थिए। आफ्नो बारे ‘होसियार’ भएर मात्र तिनीहरूले ‘पूरा इनाम’ पाउन सक्थिए। (२ तिमोथी ४:७, ७) ‘ख्रीष्टको शिक्षामा नरहने’ कुनै व्यक्ति तिनीहरूकहाँ आएको खण्डमा, त्यसको ‘दुष्ट कामहरूमा सहभागी’ न हुनका लागि, तिनीहरूले कहिले पनि त्यसलाई आफ्नो ‘घरमा स्वागत नगर्नू र त्यसलाई अभिवादन पनि नगर्नू’ भनिएको छ। त्यहाँका सङ्गी विश्वासीहरूसँग चाँडै भेट गरेर मुखामुख कुरागर्ने आशा प्रकट गर्दै, यूहन्नाले अभिवादन सहित पत्र समाप्त गरे।
तेस्रो यूहन्नामा सहयोगलाई महत्व दिइएको छ
यूहन्नाको तेस्रो पत्रमा गायसलाई सम्बोधन गरिएको छ र यहाँ सर्वप्रथम गायसले सङ्गी विश्वासीहरूको निम्ति गरिरहेको कामलाई ध्यान दिइएको छ। (१-८ पदहरू) सम्पूर्ण मसीही शिक्षामा अडिग भएर गायस ‘सत्यमा हिंडदै’ थिए। तिनले बाहिरबाट आएका भाइहरूलाई मदद दिएर एउटा ‘विश्वासी काम’ गरिरहेका थिए। यूहन्नाले यस प्रकार लेखे: “यसकारण सत्यका सहकर्मी हुनालाई हामीले त्यस्तालाई स्वागत गर्नैपर्छ।” यस्तै गरी, आज यहोवाका साक्षीहरूले परिभ्रमण अध्यक्षहरूको अतिथि सत्कार गर्छन्।
डियोत्रिफसको खराब आचरणलाई डेमेत्रियससँग तुलना गरे पछि, यूहन्नाले आफ्नो पत्र शेष गरे। (९-१४ पद सम्म) डियोत्रिफसले यूहन्नाको आदर गर्दैन थियो र भाइहरूको सत्कार गर्ने सदस्यहरूलाई मण्डलीबाट बाहिर निकाल्न पनि खोज्द थियो। तर डेमेत्रियस नाउँ भएको एक जना व्यक्तिलाई चाहिं राम्रो उदाहरण मानिएको छ। यूहन्नाले गायससँग चाँड़ै भेट गर्ने आशा व्यक्त गर्दै, अभिवादन र गायसलाई शान्ति होस् भन्ने शुभ-कामनासाथ पत्र शेष गरे। (w91 4/15)
[पृष्ठ ३१-मा भएको पेटी/चित्र]
कागत, कलम अनि मसीसहित: “चुनिएकी महिला” अनि उहाँका “बालकहरूलाई” धेरै कुराहरू “कागत र मसीले” लेख्नुको सट्टा यूहन्ना तिनीहरूलाई भेट्ने इच्छा गरथिए। गायसलाई पनि “मसी अनि कलमले” पत्र लेखिरहनु भन्दा यो प्रेरितले तिनलाई चाँडै हेर्न पाउने आशा गरे। (२ यूहन्ना १२, १३; ३ यूहन्ना १, १३, १४) यहाँ “कलम” भनेर अनुवाद गरिएको युनानी शब्द (का-ला-मोस्) हो र यो कुनै बेत वा निगालो हुन सक्छ जसलाई “लेख्ने निगालो” पनि भन्न सकिन्छ। युनानी अनि रोमीहरूले निगालोको कलमलाई तिखारेर, पछिका प्वांखे कलमलाई जस्तै चिर्ने गर थिए। “मसी” अनुवाद गरिएको युनानी शब्द “मी-लान” हो र पुलिङ्ग विशेषण “मि-लासको” (जसको अर्थ कालो हो) नपुंसक रूप “मी-लान” हो। अति प्राचीन मसीहरूमा प्रयोग हुने रंगद्रव्य, प्रागांर रूपको कालो हुन्थियो जसलाई बलेको तेल या दाउराको मोसो अथवा वनस्पति र जनावरको स्रोतबाट उपलब्ध स्फटिकयुक्त कोइलाबाट लिने गर्दथिए। साधारणत: मसीलाई सुकाएर, डण्डीहरू वा डल्लो ढिकाको रूपमा राखिन्थ्यो र प्रयोग गेर्न बेलामा लेखनदासले त्यसलाई भिजाएर आफ्नो बुरूस अथवा निगालो द्वारा प्रयोग गर्दथिए। त्यसबेलाको कागत, पेपीरस नाउँको बिरूवाबाट उपलव्ध पातलो र लामा, लामा टुक्राहरूबाट बनिएका हुन्थिए। प्राचीन मसीहीहरूले यस प्रकारको कागत चर्मपत्र र हस्तलिखित पत्रहरूको निम्ति प्रयोग गर्दथिए।