प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ७/१ पृ. १०-११
  • मानिसको “नयाँ संसारको व्यवस्था” के नजिक छ र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसको “नयाँ संसारको व्यवस्था” के नजिक छ र?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पाप र मृत्युको दासत्व
  • स्वेच्छाको दुरुपयोग
  • ‘आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन’
  • सबैभन्दा राम्रोसँग कसलाई थाहा छ?
  • स्वतन्त्र तर उत्तरदायी मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो स्वतन्त्रता के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवाका उपासकहरूले आनन्द उठाइरहेको स्वतन्त्रता
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ७/१ पृ. १०-११

मानिसको “नयाँ संसारको व्यवस्था” के नजिक छ र?

१. हाल-सालका वर्षहरूमा अझ बढी राजनैतिक स्वतन्त्रताको निम्ति चाहना कसरी व्यक्‍त गरिएको छ?

आज लाखौं मानिसहरू झूटो धर्मको दासत्वमा छन्‌, र धेरै त्यही अवस्थामा रहन चाहन्छन्‌। साथै, राजनैतिक स्वतन्त्रताहरूको माँग गर्नेहरूको संख्या पनि बढदो छ। मानिसहरू स्वतन्त्र किसिमका सरकारहरू चाहन्छन्‌ भन्‍ने कुरा बितेका केही वर्षहरूमा पूर्वीय युरोप र अन्य ठाउँहरूमा भएका असामान्य घटनाहरूबाट प्रदर्शित भएको छ। फलःस्वरूप, अब स्वतन्त्रताको एउटा नयाँ युग नजिक छ भनी धेरैले भनिरहेका छन्‌। संयुक्‍त राज्यका राष्ट्रपतिले यसलाई “एउटा नयाँ संसारको व्यवस्था” भनेका छन्‌। यथार्थमा, शीत-युद्ध र शस्त्रको होड समाप्त भइ सकेको छ र मानवजातिका निम्ति शान्तिको युग शुरु भएको छ भनी जताततै विश्‍व-नेताहरूले भनिरहेका छन्‌।—१ थिस्सलोनिकी ५:३ सङ्‌ग तुलना गर्नुहोस्‌.

२, ३. के कस्ता स्थितिहरू वास्तविक स्वतन्त्रताको विपरित छन्‌?

२ तरैपनि, मानव प्रयास द्वारा हतियारहरूको मात्रा केही कमै हुन गयो र स्वतन्त्र किसिमका सरकारहरू गठन गरियो भने पनि के साँचो स्वतन्त्रता वास्तवमा कायम हुनेछ र? हुँदैन, किनभने प्रजातांत्रिक देशहरू लगायत सबै नै देशहरूमा ती डरलाग्दा समस्याहरू छन्‌ जसले गर्दा, गरीबहरूको संख्या बढदो छ र आफ्नो आर्थिक बचाउका लागि लाखौं मानिसहरूले सङ्‌घर्ष गर्न परिरहेको छ। संयुक्‍त राष्ट्र सङ्‌घको एउटा रिपोर्ट अनुसार, विज्ञान र चिकित्सामा प्रगति हुँदा हुँदै पनि, प्रत्येक दिन विश्‍वभरि सरदर ४०,००० केटा-केटीहरू कुपोषण वा निरोधात्मक रोगहरूले गर्दा मर्दछन्‌। यस क्षेत्रका एक जना विशेषज्ञले भने: “गरीबीले मानिसको भविष्यलाई नै वास्तवमा खतरामा पार्ने रूप लिन थालेको छ।”

३ यस बाहेक, पहिले भन्दा धेरै मानिसहरू दिन प्रति दिन विषम हुँदै गइ रहेका अपराधहरूको शिकार हुँदै छन्‌। जातिगत, राजनैतिक, र धार्मिक घृणाहरूले गर्दा अनेक देशहरू विभाजित भइरहेका छन्‌। कुनै कुनै ठाउँहरूमा ता भविष्यको त्यो स्थिति आउनै लागेको छ जब जकरिया १४:१३ मा गरिएको वर्णन अनुसार मानिसहरू यति “अन्योलमा पर्नेछन्‌ र डराउनेछन्‌ कि हरेकले आफ्नो छेउमा हुने मान्छेलाई समात्नेछ र उसमाथि आक्रमण गर्नेछ।” (टुडेज्‌ इङ्‌गलिश भर्सन) लागू पदार्थको कुसेवन र मैथुन क्रियाबाट सर्ने रोगहरू सर्वत्र फैलिएका छन्‌। लाखौं मानिसहरू एड्‌स भन्‍ने रोगबाट आक्रान्त छन्‌; संयुक्‍त राज्यमा मात्र १२०,००० भन्दा बढी मानिसहरू यस रोगबाट मरिसकेका छन्‌।

पाप र मृत्युको दासत्व

४, ५. आज जति नै प्रकारका स्वतन्त्रताहरू भएता पनि प्रत्येकलाई कुन किसिमको दासत्वले आफ्नो कब्जामा राखेको छ?

४ तथापि, यी कुनै पनि खराब स्थितिहरू नरहेको भएता पनि मानिसहरूले साँचो स्वतन्त्रता पाउने थिएनन्‌। सबै दासत्व मै रहने थिए। किन? उदाहरणकालागि: कुनै एउटा तानाशाहले पृथ्वीका सबैनै मानिसहरूलाई दासत्वमा पारेर तिनीहरू सबैको हत्या गरेमा के हुनेछ? वास्तवमा, हाम्रा प्रथम माता-पिताले परमेश्‍वरका विरुद्धमा विद्रोह गरेर दियाबलको पीडादायक शासनको दासत्वमा परेपछि, मानवजातिको अवस्था त्यस्तै भएको छ।—२ कोरिन्थी ४:४.

५ उत्पत्तिको अध्याय १ र २ ले देखाउँछ कि, परमेश्‍वरले मानवहरूलाई सृजना गर्नु भए पछि उनीहरू सदाकालागि सिद्ध अवस्थामा एउटा प्रमोदवनमा बसून्‌ भन्‍ने उहाँको उद्देश्‍य थियो। तर परमेश्‍वरका विरुद्धमा हाम्रा पूर्खा आदमले गरेको विद्रोहको कारण हामी गर्भमा छँदा देखिनै मत्यु दण्ड पाउने योग्यको हुन्छौं: “जसरी एउटै मानिसद्वारा [मानवजातिको परिवारको शिर, आदमद्वारा] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरी नै मृत्यु सबै मानिसमा व्याप्त भयो।” बाइबलले भने अनुसार, “मृत्युले राज्य गऱ्‍यो।” (रोमी ५:१२, १४) यसकारण व्यक्‍तिगत रूपमा हामीले जति नै स्वतन्त्रता पाएको भएता पनि हामी सबै नै पाप र मृत्युको दासत्वमा छौं।

६. भजनसंग्रह ९०:१० लेखिएको समय देखिन्‌ एसो मान्छेको उमेरमा अलिकता मात्र वृद्धि किन भएको?

६ यसका साथ साथै, हाम्रो वर्तमान जीवन अति नै सीमित छ। भाग्यशालीहरू समेतले पनि केही दशकहरूसम्म मात्र बाँच्न पाउँछन्‌। र अभागीहरूको हिस्सामा चाहिं थोरै अथवा केही कम-बेस वर्षहरू मात्र पर्छ। र एउटा नयाँ अध्ययनले भन्दछ: “विज्ञान र चिकित्साले मानव आयुलाई त्यसको स्वभाविक सीमासम्म पुऱ्‍याइ सकेको छ।” यसो किन हो भने आदमको पापले गर्दा हाम्रो प्रजनन्‌ प्रणाली असिद्ध र मरणशील छ। यो कस्तो दुःखद्‌ कुरा हो कि हामी ७० वा ८० वर्ष सम्म बाँचे पछि बुद्धिमान भएर अझ राम्ररी जीवनको आनन्द उठाउन सक्नुको सट्टा हाम्रो शरीर खत्म हुन थाल्छ र हामी धुलो भइ जान्छौं!—भजनसंग्रह ९०:१०.

७. हामीलाई चाहिएको र आवश्‍यक भएको साँचो स्वतन्त्रताहरूको स्रोत मानिसहरू कदापि पनि किन हुन सक्‍तैनन्‌?

७ पाप र मृत्युको यस दासत्वलाई कुन मानव शासनले रोक्न सक्छ? कुनै ले पनि सक्‍तैन। कुनैपनि सरकारी कर्मचारीहरू, वैज्ञानिकहरू, वा चिकित्सकहरूले हामीलाई बिमारी, वृद्धावस्था, र मृत्युबाट छुटकारा दिलाउन सक्‍तैनन्‌, नता असुरक्षा, अन्याय, अपराध, भोक, र गरीबीलाई नै हटाउन सक्छन्‌। (भजनसंग्रह ८९:४८) मानिसहरू कति नै उत्तम विचारका भएता पनि हामीले चाहेको र हाम्रो आवश्‍यकता अनुसारको स्वतन्त्रताको स्रोत उनीहरू कदापि हुन सक्‍तैनन्‌।—भजनसंग्रह १४६:३.

स्वेच्छाको दुरुपयोग

८, ९. मानवजाति आजको दुःखद्‌ स्थितिमा केले गर्दा पर्न गएको हो?

८ आदम र हब्बाले आफ्नो स्वेच्छाको दुरुपयोग गरेको हुनाले मानव परिवार यस प्रकारको दुःखद्‌ अवस्थामा छ। यरूशलेम बाइबलमा, १ पत्रुस २:१६ ले भन्दछ: “स्वतन्त्र मानिसहरू झैं व्यवहार गर, र आफ्नो स्वतन्त्रतालाई दुष्टता गर्ने निहुँ कहिले नबनाउ।” अतः, परमेश्‍वरले कहिले पनि मानिसलाई असीमित स्वतन्त्रता दिने उद्देश्‍य रचनु भएको थिएन भन्‍ने कुरा यसबाट स्पष्ट हुन्छ। र मानव स्वतन्त्रता परमेश्‍वरका नियमहरूको दायरा भित्र नै प्रयोग गरिनु परेको रहेछ किनभने परमेश्‍वरका नियमहरू न्यायसङ्‌गत र सबैका निम्ति हितकारी हुन्छन्‌। साथै, परमेश्‍वरको शासन कहिले पनि दमनकारी हुन सक्‍तैन किनभने परमेश्‍वरले तोक्नु भएको दायरा भित्र व्यक्‍तिगत स्वतन्त्रता र स्वेच्छाको प्रयोग गर्ने प्रशस्त मौका प्रदान गरिन्छ।—व्यवस्था ३२:४.

९ तथापि, हाम्रा प्रथम माता-पिताले आफ्नालागि असल र खराबको स्वयं निर्णय गर्न रुचाए। ती दुवैले जानाजानी परमेश्‍वरको नियम नाँघेर गएका हुनाकारण, उहाँले पनि तिनीहरूलाई समर्थन गर्न छाडनु भयो। (उत्पत्ति ३:१७-१९) यस प्रकार तिनीहरू असिद्ध भए र यसको परिणाम रोग र मृत्यु हुन गयो। स्वतन्त्र हुनुको सट्टा, मानवजाति पाप र मृत्युको दासत्वमा पऱ्‍यो। साथै, तिनीहरू असिद्ध र, अकसर, क्रूर मानव शासकहरूको लहडको शिकार पनि भए।—व्यवस्था ३२:५.

१०. यहोवाले मायालु ढङ्‌गमा स्थिति कसरी सम्हाल्नु भएको छ?

१० परमेश्‍वरले मानिसहरूलाई एउटा सीमित समयसम्म मात्र यो तथाकथित सम्पूर्ण स्वतन्त्रता अजमाउने अनुमति दिनु भएको छ। परमेश्‍वरबाट अलग्गिएको मानव शासन कुनै हालतमा पनि सफल हुन सक्‍तैन भन्‍ने कुरा परिणामबाटै स्पष्ट हुनेछ भनी उहाँलाई थाहा थियो। तर उचित ढङ्‌गमा प्रयोग गरिएको खण्डमा, स्वेच्छाको वरदान एउटा यस्तो अमूल्य वस्तु भएको हुनाकारण, परमेश्‍वरले स्वेच्छाको यो वरदानलाई खोस्नुको सट्टा, जे जति कुरा हुँदै आएता पनि, केही समयका लागि यी कुराहरूलाई हुन दिनु भएको छ।

‘आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन’

११. इतिहासले बाइबलको सत्यतालाई कसरी समर्थन गरेको छ?

११ यर्मिया १० अध्यायको २३ र २४ पद्यहरूमा उल्लेखित यस कुराको सत्यतालाई इतिहासको क्रमले प्रमाणित गरेको छ: “हे परमप्रभु, [यहोवा न्यु. व.] आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” उपदेशक ८:९ मा गरिएको यो घोषणालाई पनि इतिहासले सत्य प्रमाणित गरेको छ: “मानिसले मानिसमाथि आधिपत्य गरेर आफैलाई चोट पुऱ्‍याएका छन्‌। [न्यु. व. अनुवाद]” यो कुरा कति साँचो हो! मानव परिवार एउटा पछि अर्को आपदै आपदमा पर्दा-पर्दा, अन्तमा सबै जना चिहानमै पुग्नु पर्दछ। यस परिस्थितिको ठीक वर्णन प्रेरित पावलले रोमी ८:२२ मा यी शब्दहरू द्वारा गरेकाछन्‌: “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।” हो, परमेश्‍वरका नियमहरूबाट स्वतन्त्र भएर स्थिति विपत्तिपूर्ण भएको छ।

१२. पूर्ण स्वतन्त्रताबारे केही सांसारिक स्रोतहरूले के भन्दछन्‌?

१२ इन्क्वीजिसन एण्ड लिबर्टी भन्‍ने पुस्तकमा स्वतन्त्रता सम्बन्धमा यस प्रकार टिप्पणी गरिएको छ: “स्वतन्त्रता स्वयं नै एउटा गुण हुनु जरुरी छैन: स्वतन्त्रतामा अझै थप केही गुणहरू छैनन्‌ भने त्यो कुनै गर्व गर्नु पर्ने कुरा होइन। बरु, स्वार्थको त्यो एउटा नीच रूप हुन सक्‍तछ . . . मानिस सम्पूर्णतया एउटा स्वतन्त्र जीव होइन, र सो हुने आकाङ्‌क्षा राख्नु पनि मूर्खता हो।” र विलायतका राजकुमार फिलिपले एक पटक भन्‍नुभयो: “प्रत्येक लहड़ र आन्तरिक तृष्णा पूरा गर्न पाउने स्वतन्त्रता एउटा मन पर्ने कुरा हुन सक्‍तछ। तर अनुभवले बारम्बार सिकाउँदछ कि आत्म-संयम बिनाको स्वतन्त्रता . . . र अरूको वास्तै न राखी गरिने व्यवहारले जति सुकै धन-सम्पन्‍न समाजका मानिसहरूको जीवनको गुणस्तरलाई पनि निश्‍चित ढङ्‌गमा नष्ट पार्न सक्‍तछ।”

सबैभन्दा राम्रोसँग कसलाई थाहा छ?

१३, १४. मानव परिवारका निम्ति साँचो स्वतन्त्रता कसले मात्र प्रदान गर्न सक्‍तछ?

१३ एउटा घर कसरी संचालन गर्नु पर्दछ भनी कसलाई राम्ररी थाह हुन्छ—मायालु, योग्य, अनुभवी आमा-बाबुलाई वा साना केटा-केटीहरूलाई? उत्तर स्पष्ट छ। त्यसैगरी, हाम्रालागि सबै भन्दा असल के हो, त्यो कुरा मनुष्यहरूका सृजनहार, स्वर्गमा हुनुहुने हाम्रा पितालाई नै थाहा छ। मानव समाज कसरी सङ्‌गठित र शासित हुनु पर्ने हो, सो उहाँलाई थाहा छ। साँचो स्वतन्त्रताबाट प्रत्येकले लाभ उठाउन पाउनका लागि, स्वेच्छाको नियन्त्रण गर्न पनि उहाँलाई नै थाहा छ। मानव परिवारलाई त्यसको दासत्वबाट कसरी बाहिर निकालेर सबैलाई साँचो स्वतन्त्रता प्रदान गर्न सकिन्छ भनी सर्वशक्‍तिमान परमेश्‍वर यहोवालाई मात्र थाहा छ।—यशैया ४८:१७-१९.

१४ उहाँको वचनमा यहोवाले, रोमी ८:२१ मा, यो उत्साहवर्धक प्रतिज्ञा गर्नु भएको छ: “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” हो, परमेश्‍वरले वर्तमान दुरावस्थाबाट मानव परिवारलाई पूर्णतया मुक्‍त गर्ने प्रतिज्ञा गर्नुहुन्छ। यो कसरी हुनेछ, आउने लेखमा छलफल गरिनेछ। (w 4/01/92)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

(३ पाना देखिन्‌ ८ पानाहरूसम्म पुनरावलोकन गर्दै)

◻ स्वतन्त्रताबारे मानिसहरू किन गम्भीरतापूर्वक सोंच्ने गर्दछन्‌?

◻ इतिहासभरि कुन प्रकारबाट मानिसहरू दासत्वमा परेका छन्‌?

◻ यतिका समयसम्म यहोवाले स्वेच्छाको दुरुपयोग हुने अनुमति किन दिनु भएको छ?

◻ मानवजातिका निम्ति साँचो स्वतन्त्रता कसले मात्र ल्याउन सक्ने छ र किन?

[पृष्ठ ११-मा भएको चित्र]

आज पनि मानिसको आयु, ३,५०० वर्ष अघि भजनसंग्रह ९०:१० मा उल्लेख गरिएकै सरह छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने