पाठकहरूका प्रश्नहरू
बप्तिस्मा दिने यूहन्नाको बाबु जकरिया, बहिरो साथै गुँगो भएका थिए भनेर के लूका १:६३ ले सङ्केत गर्दछ?
जकरिया बहिरो पनि भएका थिए भन्ने निष्कर्षमा कुनै कुनै व्यक्तिहरू पुगेका छन्। बाइबलमा यस प्रकार लेखिएको छ: “तिनको नाउँ पनि तिनका बाबु जकरियाको जस्तै राख्नै लागेका थिए, तर तिनकी आमाले भनिन्, ‘होइन, तर त्यो ता यूहन्ना कहलाइनेछ।’ औ तिनीहरूले तिनलाई भने, ‘तिम्रो नातेदारमा यस्तो नाउँ भएको कोही छैन।’ तब तिनीहरूले तिनका बाबुलाई ‘तिमीले यसको नाउँ के राख्ने इच्छा गर्दछौ?’ भन्ने इशारा गरे। औ एउटा लेख्ने पाटी मगाएर उनले तिनको नाउँ यूहन्ना हो भनेर लेखिदिए।”—लूका १:५९-६३.
तर यहाँ कतै पनि जकरिया केही समयका लागि सुन्न न सक्ने भएका थिए भनी किटेर भनिएको छैन।
केही समय अघि स्वर्गदूत गब्रिएलले जकरियालाई एउटा पुत्रको जन्म बारे घोषणा गरेका थिए र त्यस पुत्रको नाउँ यूहन्ना राख्नु भनिएको थियो। यस कुराको पत्यार गर्न बूढा जकरियालाई गाह्रो भयो। यसैमा, स्वर्गदूतले भने: “यी कुरा पूरा नहुने दिनसम्म तिमी चूप्प हुनेछौं, र बोल्नसक्नेछैनौ, किनभने आफ्नो बखतमा पूरा हुन आउने मेरा कुराहरू तिमीले पत्याएनौ।” (लूका १:१३, १८-२०) स्वर्गदूतको भनाइ अनुसार, जकरियाको सुन्ने शक्ति होइन तर तिनको बोलीमा असर पर्ने थियो।
शास्त्रको विवरण अझ यसो पनि भन्छ: “बाहिर [मन्दिरबाट] निस्केर आउँदा तिनी बोल्नैसकेनन्, र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने तिनीहरूले [पर्खेर बसेका मानिसहरूले] बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे र लाटै भइरहे।” (लूका १:२२) यहाँ लाटा भनेर अनुवाद गरिएको युनानी शब्दले बोल्नमा, सुन्नमा अर्थात् दुवैमा असमर्थ भएको जनाउन सक्तछ। (लूका ७:२२) जकरियालाई चाहिं के भएको हुनु पर्छ? “तनको मुख र जिब्रो झट्टै खोलियो, र तिनले परमेश्वरको प्रशंसा गरेर बोले।” (लूका १:६४) यसकारण, जकरिया बोल्न मात्र असमर्थ भएका थिए भन्ने निष्कर्षमा पुग्नु मनासिब छ।
तर तेसो हो भने, अरूहरूले जकरियालाई किन ता “‘तिमीले यसको [बालकको] नाउँ के राख्ने इच्छा गर्दछौ?’ भन्ने इशारा गरे”? कुनै कुनै अनुवादकहरूले यहाँ “चिन्हहरूको भाषामा” अथवा “चिन्हको भाषा प्रयोग गर्दै” भनेर अनुवाद गरेकाछन्।
स्वर्गदूतले घोषणा गरे देखिन् लाटो भएका जकरिया इशाराहरू प्रयोग गर्न अथवा चिन्हहरू द्वारा आफ्नो कुरा अभिव्यक्त गर्न बाध्ये भएका थिए। उदाहरणका लागि, तिनले मन्दिरमा हुनेहरूलाई “इशारा गर्न लागे।” (लूका १:२१, २२) पछि तिनले एउटा पाटी माग्दा पनि इशारा नै प्रयोग गरेको हुनु पर्छ। (लूका १:६३) यसकारण सम्भवतः, तिनी लाटा भएको बेलामा तिनका आस-पासमा हुनेहरूले पनि इशारा नै प्रयोग गर्न रुचाएको हुन सक्छ।
तथापि, लूका १:६२ मा उल्लेखित इशाराहरूको एउटा अर्कै सम्भाव्य व्याख्या हुन सक्छ। इलीशिबाले भर्खरै मात्र आफ्नो पुत्रको नाउँ बारे विचार व्यक्त गरेकी थिइन्। यसकारण, तिनको कुरा न काटी कनै, तिनीहरूले दोस्रो उचित कदम अथवा तिनका पतिको फैसला सुन्ने इच्छा गरेका हुन सक्छन्। तिनीहरूले यो काम आफ्नो सिर हल्लाएर अथवा एउटा साधारण इशारा द्वारा गर्न सक्त थिए। साथै, तिनीहरूले आफ्नो प्रश्न लेखेर जकरियालाई पढन नलगाएकोबाट यो पनि प्रमाणित हुन सक्छ कि जकरियाले आफ्नी पत्नीले भनेको कुरा सुनेका थिए। अतः, तिनलाई हेरेर त्यहाँ उपस्थित मानिसहरूले आफ्नो सिर अलिकता हल्लाएमा अथवा कुनै त्यस्तो सानो इशारा गरेमा यसो भनेको बराबर हुने थियो, ‘हामी सबैले (तपाईं जकरिया समेतले) तपाईंकी पत्नीले व्यक्त गरेको विचार सुन्यौं तर बच्चाको नाउँ बारे तपाईंको आखिरी फैसला के हो?’
अनि तुरुन्तै एउटा अर्को चमत्कार भयो जसले गर्दा परिस्थिति नै सम्पूर्णतया बदलियो। “तिनको मुख र जिब्रो झट्टै खोलियो, र तिनले परमेश्वरको प्रशंसा गरेर बोले।” (लूका १:६४) तिनको सुन्ने शक्तिमा कुनै असर न परेको हुनाले तिनको सुन्ने शक्तिबारे केही भन्नु पर्ने आवश्यकता परेन। (w 4/1/92)