प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१५ पृ. २८-३०
  • अधर्मी परम्पराहरूको विरोध गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अधर्मी परम्पराहरूको विरोध गर्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन्त्येष्टिसम्बन्धी अन्धविश्‍वासी रीतिरिवाजहरू
  • यौन “शुद्धीकरण”
  • गर्भपतन तथा मूढगर्भ
  • मुठभेडदेखि अलग बस्नुहोस्‌ तर दृढ रहनुहोस्‌
  • अन्त्येष्टिबारे मसीही दृष्टिकोण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवालाई अप्रसन्‍न तुल्याउने चलनहरूदेखि होसियार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मर्यादित, शिष्ट र परमेश्‍वरलाई खुसी तुल्याउने ख्रीष्टियान अन्त्येष्टि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • लोकप्रिय चलनहरूप्रति सन्तुलित दृष्टिकोण
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१५ पृ. २८-३०

अधर्मी परम्पराहरूको विरोध गर्नुहोस्‌!

येशू ख्रीष्टले भन्‍नुभयो: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३२) हो, मसीही धर्मले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ—अन्धविश्‍वासको दासत्वबाट स्वतन्त्र, झूटो धर्मसिद्धान्त र आशाहरूबाट स्वतन्त्र अनि पतित प्रचलनहरूको बन्धनबाट स्वतन्त्र।

तथापि, पुरातन समयमा जस्तै आजका मसीहीहरूले प्रायजसो आफूले त्यागिसकेका परम्पराहरूअनुरूप चल्ने दबाबको सामना गर्छन्‌। (गलाती ४:९, १०) यसको अर्थ सबै लोकप्रिय रीतिरिवाजहरू हानिकारक हुन्छन्‌ भन्‍ने होइन। निस्सन्देह, एक मसीहीले स्वस्थकर तथा लाभदायी स्थानीय प्रचलनहरूअनुसार कामकुरा गर्न रोज्नसक्छन्‌। तर रीतिरिवाजहरू परमेश्‍वरको वचन विपरीत छन्‌ भने मसीहीहरूले सम्झौता गर्दैनन्‌। यसकारण परमेश्‍वरको वचनसित विरोधाभासपूर्ण क्रिस्मस उत्सव, जन्मोत्सव तथा अन्य रीतिथितिहरूमा भाग लिन इन्कार गर्नेहरू भनी यहोवाका साक्षीहरू सुपरिचित छन्‌।

यस साहसी अडानको कारण तिनीहरूले आफ्ना चिनजान, छिमेकी तथा विश्‍वासमा नभएका नातेदारहरूबाट निकै गिल्ला र विरोध सामना गर्नुपरेको छ। यो विशेषगरि केही अफ्रिकी मुलुकहरूमा सत्य साबित भएको छ जहाँ अन्त्येष्टि, विवाह वा जन्म दिनमा नानाभाँतिका परम्पराहरू मनाइन्छन्‌। ती दबाबहरूसित सम्झौता गर्ने प्रयास भीषण हुनसक्छ र त्यसमा प्रायजसो धम्की तथा हिंसात्मक कार्यहरू समावेश हुन्छ। त्यतिबेला मसीहीहरू कसरी दृढ रहनसक्छन्‌? के सम्झौता नगरी झमेलाबाट बच्नु सम्भव छ? त्यसको जवाफका लागि विश्‍वासी मसीहीहरूले ती गैरशास्त्रीय परम्पराहरू कसरी सामना गरे, त्यसलाई केलाऔं।

अन्त्येष्टिसम्बन्धी अन्धविश्‍वासी रीतिरिवाजहरू

दक्षिण अफ्रिकामा अन्त्येष्टि र शवलाई गाड्‌नेसित सम्बन्धित अनगिन्ती परम्पराहरू छन्‌। शोकितहरूले साधारणतया रातभरि वा कैयौं रात मृतकको घरमा बिताउँछन्‌ जहाँ आगो निरन्तर बलिरहेको हुन्छ। शव नगाडेसम्म शोकाकुलहरूलाई खाना पकाउन, केश काट्‌न र नुहाउनसमेत निषेध गरेको हुन्छ। त्यसपछि, तिनीहरूले विभिन्‍न प्रकारका जडीबुटीहरूका मिश्रणले नुहाउँछन्‌। के त्यस्ता रीतिथितिहरू मसीहीहरूका लागि स्वीकार्य छन्‌? छैनन्‌। ती सबैले आत्माको अमरता र मृतकहरूप्रति अचाक्ली डर प्रतिबिम्बित गर्छ।

उपदेशक ९:५ यसो भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” यो सत्य थाह पाउँदा मानिस ‘मृतकको आत्माको’ डरबाट मुक्‍त हुन्छ। तर शुभचिन्तक नातेदारहरूले त्यस्ता रीतिहरूमा भाग लिन जबरजस्ती गर्दा मसीहीले के गर्नसक्छ?

जेन नाउँकी एक अफ्रिकी साक्षीको अनुभवलाई ध्यान दिनुहोस्‌। उनको पिताको मृत्यु भएको थियो। मृतकको घरमा पुग्नेबित्तिकै मृतकको आत्मा शान्त पार्न उनी र उनको परिवारलाई शवको वरिपरि नाच भनियो। जेन बताउँछिन्‌, “आफू एक यहोवाको साक्षी भएकोले त्यस्तो प्रचलनमा भाग लिन सक्दिनँ भनेर मैले तिनीहरूलाई बताएँ। तथापि, शव गाडेको भोलिपल्ट शोकाकुल परिवारका सदस्यहरूलाई मृतकको आत्मादेखि थप सुरक्षा पाउन तिनीहरूले स्नान गर्नुपर्नेछ भनेर वृद्ध नातेदारहरूले भने। पुनः मैले भाग लिन इन्कार गरें। त्यति नै खेर आमालाई घरमा एक्लै राखिएको थियो। आमालाई भेट्‌न चाहनेले सर्वप्रथम त्यसै अवसरको लागि तयार पारिएको मद्य पिउनुपर्थ्यो।

“मैले यस्ता कुनै पनि कुरामा भाग लिन इन्कार गरें। त्यसको साटो मैले घर गएर खाना पकाएँ र आमालाई पनि खाना लगिदिएँ। यसले मेरो परिवारलाई निस्सन्देह खिन्‍न तुल्यायो। मेरा नातेदारहरूले म बौलाएँ भन्ठाने।” त्यति मात्रै नभएर तिनीहरूले उनलाई जिस्क्याए र उनीमाथि विपत्ति आइपरोस्‌ भनेर यसो भने: “तिमीले आफ्नो धर्मको कारण हाम्रो परम्परालाई इन्कार गरेकोले तिम्रो पिताको आत्माले तिमीलाई सताउनेछ। भनौं भने, तिमीले अब सन्तान जन्माउनसमेत सक्नेछैनौ।” तैपनि, जेन तिनीहरूदेखि डराइनन्‌। परिणाम के भयो? उनी भन्छिन्‌: “त्यतिखेर मेरा दुइ जना छोराछोरीहरू थिए। अहिले छ जना छोराछोरीहरू छन्‌! मेरो सन्तान हुनेछैन भनेर त्यतिखेर मलाई आरोप लगाउनेहरू अहिले लज्जित भएका छन्‌।”

यौन “शुद्धीकरण”

अर्को रीतिरिवाज, पति या पत्नीको मृत्युपश्‍चात्‌ विधिपूर्वक गरिने शुद्धीकरण हो। पत्नीको मृत्यु भयो भने उनको परिवारले विधुरकहाँ मृतककी बहिनी वा उनकी नातेदार ल्याउँछ। तिनी उसित यौन सम्बन्ध राख्न बाध्य हुन्छन्‌। त्यसपछि मात्र तिनले आफ्नो इच्छाअनुसार विवाह गर्नसक्छन्‌। पतिको मृत्यु हुँदा पनि त्यस्तै गरिन्छ। यो प्रचलनले जीवित पति या पत्नीलाई मृतकको “आत्मा[बाट]“ शुद्ध पार्छ भन्‍ने सोचाइ छ।

यस्ता “शुद्धीकरण” प्रचलनहरूअनुरूप चल्न इन्कार गर्नेले नातेदारहरूको क्रोध खप्नुपर्ने हुन्छ। तिनलाई अलग्गै छुट्याएर उपहास गर्न वा सराप दिनसक्छन्‌। तापनि, मसीहीहरू यी रीतिहरूअनुसार चल्न इन्कार गर्छन्‌। यसरी वैवाहिक जोडीबाहेक अरूसित यौन सम्बन्ध राखेर “शुद्धीकरण” गर्नु परमेश्‍वरको नजरमा घृणित कुरा हो भनेर तिनीहरूलाई थाह छ। (१ कोरिन्थी ६:१८-२०) यसबाहेक, मसीहीहरूले “प्रभुमा मात्र” विवाह गर्नुपर्छ।—१ कोरिन्थी ७:३९.

भाइलेट नाउँकी एक जाम्बियाली मसीही स्त्रीको पतिको मृत्यु भयो। त्यसपछि नातेदारहरूले तिनीकहाँ एक पुरुषलाई ल्याए र त्यससित यौन सम्बन्ध राख्न जिद्दी गरे। भाइलेटले इन्कार गरिन्‌ र दण्डस्वरूप उनलाई सार्वजनिक इनारमा पानी लिन निषेध गरियो। उनीमाथि आपत्‌ आइ पर्नसक्छ भनेर धम्क्याउँदै सडकमा हिंड्डुल नगर्न चेताउनी दिइयो। तथापि, तिनी नातेदार तथा संगी गाउँलेहरूसित डराइनन्‌।

पछि भाइलेटलाई स्थानीय अदालतमा हाजिर गराइयो। त्यहाँ तिनले त्यस्तो अवैध यौन सम्बन्ध राख्न इन्कार गर्नुको शास्त्रीय कारण दृढतापूर्वक बताइन्‌। अदालतले तिनको विश्‍वास विपरीत स्थानीय रीतिथिति तथा परम्पराहरू पछ्याउन जबरजस्ती गर्न पाइँदैन भनेर तिनको पक्षमा निर्णय सुनायो। चाखलाग्दो कुरा के हो भने, सम्झौता नगर्ने तिनको दृढ अडानले गर्दा त्यस्तै परिस्थिति सामना गर्ने अन्य साक्षीहरूलाई सजिलो भएको छ।

मनीका नाउँकी एक अफ्रिकी साक्षीले आफ्नो पतिको मृत्युपश्‍चात्‌ त्यस्तै दबाबको प्रतिरोध गरिन्‌। उनको पतिको परिवारले उनलाई अर्को पुरुषसित विवाह गर्न जबरजस्ती गरे। मनीका भन्छिन्‌: “मैले १ कोरिन्थी ७:३९ को आज्ञा पालन गर्न कटिबद्ध हुँदै इन्कार गरें।” दबाब त्यतिमै टुंगिएन। मनीका सम्झिन्छिन्‌, “तिनीहरूले मलाई धम्क्याए। तिनीहरूले भने: ‘यस पुरुषसित विवाह गर्न इन्कार गऱ्‍यौ भने तिम्रो कहिल्यै विवाह हुनेछैन।’ मेरा केही संगी उपासकहरूले गुप्तमा यसरी विधिपूर्वक शुद्ध हुन राजी भएका थिए समेत भने।” तापनि मनीका दृढ रहिन्‌। उनी भन्छिन्‌, “म दुइ वर्षसम्म अविवाहित बसें र त्यसपछि मैले मसीही तरिकाअनुसार पुनः विवाह गरें।” मनीका अहिले नियमित अग्रगामीको हैसियतमा सेवा गर्दैछिन्‌।

गर्भपतन तथा मूढगर्भ

दक्षिण अफ्रिकी मसीहीहरूले गर्भपतन तथा मूढगर्भसित सम्बन्धित रीतिथितिहरू पनि सामना गर्नुपर्छ। त्यस्ता दुःखदायी घटनाहरू मानव असिद्धताका परिणाम हुन्‌ र ईश्‍वरीय दण्डले गर्दा हुने होइन। (रोमी ३:२३) तर एउटी स्त्रीको गर्भपतन भएको छ भने केही अफ्रिकी परम्पराअनुसार उनीसित केही समयको लागि अछूतलाई जस्तो व्यवहार गर्नुपर्छ।

भर्खरै गर्भपतन भएकी एउटी स्त्रीले आफ्नो घरतिर एक साक्षी आइरहेको देखेर छक्क परिन्‌। तिनी नजीकै आइपुग्दा उनले चिच्याएर भनिन्‌: “यहाँ नआउनुहोस्‌! हाम्रो रीतिरिवाजअनुसार भर्खरै गर्भपतन भएकी स्त्रीकहाँ कोही पनि आउनु हुँदैन।” तथापि, यहोवाका साक्षीहरूले सबै प्रकारका मानिसहरूलाई बाइबल समाचार सुनाउँछन्‌ र गर्भपतनसम्बन्धी स्थानीय रीतिरिवाजहरू पालन गर्दैनन्‌ भनेर त्यस साक्षीले बताए। त्यसपछि तिनले यशैया ६५:२०, २३ पढेर परमेश्‍वरको राज्यमा गर्भपतन तथा मूढगर्भ हुनेछैनन्‌ भनेर बुझाए। परिणामस्वरूप यस स्त्री गृह बाइबल अध्ययन गर्न राजी भइन्‌।

मृत जन्मेका बच्चाहरूलाई गाड्‌ने सन्दर्भमा पनि अन्धविश्‍वासी रीतिथितिहरू हुनसक्छन्‌। जोसेफ नाउँको एक साक्षी त्यस्तै अन्त्येष्टिमा जाँदा उपस्थित सबैले खास प्रकारको जडीबुटीले हात धुनुपर्छ र त्यसपछि आफ्नो छातीमा दल्नुपर्छ भनेर उनलाई भनियो। यसो गर्नुको कारण बच्चाको “आत्माले” पुनः हानि नपुऱ्‍याओस्‌ भन्‍नाले हो भनियो। जोसेफले आदरपूर्ण ढंगमा यसो गर्न इन्कार गरे किनभने मृतकहरूले जीवितहरूलाई हानि पुऱ्‍याउन सक्दैनन्‌ भन्‍ने बाइबल शिक्षा तिनलाई थाह थियो। तापनि केहीले तिनलाई यस औषधी दल्ने दबाब दिन खोजे। जोसेफले पुनः इन्कार गरे। यस मसीहीको निडर अडान देखेर उपस्थित अन्य व्यक्‍तिहरूले पनि जडीबुटी दल्न इन्कार गरे।

मुठभेडदेखि अलग बस्नुहोस्‌ तर दृढ रहनुहोस्‌

जीवितहरूको डर तथा अछूत बनाइएला कि भन्‍ने डरले सम्झौता गर्न निकै दबाब दिनसक्छ। हितोपदेश २९:२५ यसो भन्छ: “मानिसको डर त्यसको निम्ति पासो हो।” तर माथि वर्णन गरिएका अनुभवहरूले उक्‍त पदको पछिल्लो भागको सत्यतालाई प्रदर्शित गर्छ: “तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित हुन्छ।”

तापनि, मुठभेडदेखि जोगिन सकिन्छ। उदाहरणको लागि, कुनै नातेदारको अन्त्येष्टिमा मसीहीलाई बोलाइयो भने सम्झौता गर्नुपर्ने सम्भाव्य परिस्थितिलाई कुरेर बस्नु हुँदैन। “चतुर मानिस दुःख आइरहेको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २७:१२.

त्यस्ता परिस्थितिहरूमा कस्ता रीतिथितिहरू हुनेछन्‌ भनेर चातुर्यसाथ सोध्नु बुद्धिमानी हुनेछ। यदि यसो गर्नु मिल्दैन भने “नम्रता र डरसँग” त्यसमा सहभागी हुन नसक्नुको कारण बताउन त्यस अवसरलाई चलाउन सकिन्छ। (१ पत्रुस ३:१५) मसीहीले आफ्नो बाइबल आधारित अडानलाई आदरपूर्ण ढंगमा पहिले नै वर्णन गरेका छन्‌ भने तिनका नातेदारहरू तिनको विश्‍वासलाई आदर गर्न बढी प्रवृत्त हुनेछन्‌ र धम्की तथा डर देखाउनेछैनन्‌।

नातेदारहरूको प्रतिक्रिया जस्तोसुकै होस्‌ र जेसुकै धम्की तथा दुर्व्यवहार सहनु परे तापनि परमेश्‍वरको अनादर हुने परम्पराहरूअनुसार चल्न एक मसीहीले सम्झौता गर्न सक्दैन। हामी अन्धविश्‍वासी डरबाट मुक्‍त छौं। प्रेरित पावलले आग्रह गरे: “स्वतंत्रतासाथ ख्रीष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो। यसकारण दह्रो भएर खड़ा होओ, र फेरि बन्धनको जुवामा नअल्मलिऔ।”—गलाती ५:१.

[पृष्ठ २९-मा भएको चित्र]

अधिकांश मानिसहरूको विश्‍वासअनुसार भर्खरै मरेको व्यक्‍तिले निकै अघि मरेका नातेदारहरूबीच मध्यस्थको रूपमा काम गर्न र तिनले ती मृतकहरूलाई समाचार प्रसार गर्नसक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने