प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ३/१५ पृ. ३
  • साँचो मित्रहरू हामीलाई चाहिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो मित्रहरू हामीलाई चाहिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन हामीलाई साँचो मित्रहरू चाहिन्छ
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तपाईं चिरस्थायी मित्रताको आनन्द उठाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • मित्रताको भोक मेट्‌ने
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ३/१५ पृ. ३

साँचो मित्रहरू हामीलाई चाहिन्छ

जेनी र सु जीवन्त वार्तालाप गरिरहेका छन्‌। तिनीहरूको तीव्र मुस्कान, प्रफुल्लित आँखाजस्ता प्रत्येक भावभंगीले तिनीहरूबीचको गहिरो रुचिलाई प्रकट गर्छ। तिनीहरूको पृष्ठभूमि बेग्लाबेग्लै भए तापनि स्पष्टतः तिनीहरूमा थुप्रै समान रुचिहरू छन्‌ र तिनीहरू एकअर्कालाई आदर गर्छन्‌।

त्यसरी नै एरिक र डेनिस वर्षौंदेखि एउटा परियोजनामा सँगसँगै काम गरिरहेका छन्‌। तिनीहरू तनाउमुक्‍त रहने हुनाले नहाँस्ने त कुरै छैन। गहिरा विषयहरूमा वार्तालाप गर्दा तिनीहरू बिना रोकटोक आ-आफ्ना विचारहरू आदानप्रदान गर्छन्‌। एकअर्कालाई आदर गर्छन्‌। जेनी र सुजस्तै एरिक र डेनिस पनि एकअर्काका साँचो मित्रहरू हुन्‌।

यी विवरणहरूले तपाईंलाई भावुक बनायो होला। मित्रहरूको सम्झनाले सतायो होला। अर्कोतर्फ, यस्तो मित्रता गाँस्न इच्छा लाग्यो होला। तपाईंले अवश्‍यै ती पाउन सक्नुहुन्छ!

किन हामीलाई साँचो मित्रहरू चाहिन्छ

मानसिक र शारीरिक सुस्वास्थ्यका लागि हामीलाई स्वास्थ्यकर मित्रता अत्यावश्‍यक छ। तथापि, एक्लोपन महसुस गर्नुको अर्थ हामीमा केही गलती छ भनेको होइन। केही अनुसन्धानकर्ताहरूको भनाइअनुसार एकाकीपन मित्रताको दरकारलाई देखाउने स्वाभाविक संकेत हो। जे भए तापनि, जसरी खानेकुराले भोक कम गराउँछ वा मेटाउँछ, त्यसरी नै सही प्रकारको मित्रताले एकाकीपन कम गर्न वा हटाउनसमेत सक्छ। फेरि, हाम्रो कदर गर्ने असल मित्रहरू बनाउनु असम्भव कुरा होइन।

मानवलाई सहयोगी चाहिने प्रकारले नै सृष्टि गरिएको थियो। (उत्पत्ति २:१८) बाइबलले भन्छ, साँचो मित्र वा सहयोगी “दुःखमा साथ दिनलाई जन्मेको हुन्छ।” (हितोपदेश १७:१७) अतः आवश्‍यकता परेको बेला साँचो मित्रहरूले एकअर्कालाई सहायता गर्नसक्छन्‌। तर साँचो मित्रता भनेको सहायता माग्न वा काम गर्दा र खेल्दाको सहयोगी हुन मात्र होइन। साँचो मित्रहरूले त एकअर्काप्रति सर्वोत्तम गुनहरू विकास गर्छन्‌। हितोपदेश २७:१७ ले भन्छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” फलामको पातालाई उध्याउन फलामकै टुक्रालाई प्रयोग गर्न सकिएझैं एक मित्रले अर्कोको बुद्धि र आध्यात्मिकतालाई तिखार्नसक्छ। हामी निराश हुँदा मित्रको सहानुभूति र धर्मशास्त्रीय प्रोत्साहन अति प्रेरणादायक हुनसक्छ।

बाइबलमा मित्रतालाई प्रेम, घनिष्ठता, विश्‍वस्तता र संगतिसित गाँसेको छ। मित्रतामा छिमेकी, सहकर्मी र त्यस्तै अरू समावेश हुनसक्छन्‌। केहीले त आफ्ना आफन्तहरूलाई घनिष्ठ मित्र ठान्छन्‌। तथापि, आज धेरैका लागि साँचो मित्रहरू पाउनु तथा बनाइराख्नु कठिन कुरा हो। किन? के तपाईंले साँचो र चिरस्थायी मित्रताको आनन्द उठाउन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने