प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १२/१ पृ. ३-५
  • किन एपोक्यालिप्सको डर?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन एपोक्यालिप्सको डर?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एपोक्यालिप्सको डरको इतिहास
  • एपोक्यालिप्सको डर मान्‍नु उचित हो?
  • एपोक्यालिप्स—डराउनुपर्ने कि आशा गर्नुपर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के यो संसारको अन्त हुँदै छ? के बाइबलले पूरै पृथ्वीको विनाश हुनेछ भन्छ?
    थप लेखहरू
  • एपोक्यालिप्सको “सुसमाचार”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • प्रकाश—त्यसको आनन्दमय चरमोत्कर्ष!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १२/१ पृ. ३-५

किन एपोक्यालिप्सको डर?

धर्मसम्बन्धी लेखक डामिय थम्सनले टाइम पत्रिकामा यसरी लेखे: “मसीही कट्टरपन्थीहरूले अब चाँडै सामाजिक पतन हुनेछ भनेर भविष्यवाणी गरेको दशकौं भइसक्यो। पहिला तिनीहरूलाई हाँसोमा उडाउनेहरू अर्थात्‌ कम्प्युटर प्रोग्रामर, व्यापारिक नेता र राजनीतिज्ञहरूले अहिले सामाजिक पतन हुने ती घटनाहरूलाई गम्भीरतासाथ लिनु मात्र होइन तर त्यसलाई प्रचारप्रसार गर्न अग्रसर भएको देख्दा तिनीहरू छक्क पर्दैछन्‌।” सन्‌ २००० मा विश्‍वभरिका कम्प्युटरहरूमा हुनसक्ने समस्याको डरले गर्दा “धर्मसित कुनै सरोकार नराख्ने मानिसहरूले पनि सहस्र वर्षमा केही अप्रिय घटना होला भनी विश्‍वास गर्न थालेका छन्‌” किनकि “मानिसहरू आतंकित हुने, देश नै ठप्प हुने, भोजनको लागि लुछालुछ हुने अनि गगनचुम्बी भवनहरूमा हवाईजहाजहरू ठोक्किने” जस्ता विपत्तिहरू हुनेछ भनेर तिनीहरू भयभीत छन्‌ भनी थम्सन बताउँछन्‌।

यसबाहेक, अक्सर “एपोक्यालिप्टीक” कहलाइने स-साना धार्मिक समूहहरूबीच भइरहेका गोलमालले पनि मानिसहरूलाई अझ चिन्तित तुल्याइरहेको छ। जनवरी १९९९ मा फ्रान्सेली दैनिक अखबार लि फिगारो-मा प्रकाशित “यरूशलेम र एपोक्यालिप्सका सूचकहरू” भन्‍ने लेखले यसो भन्यो: “[इस्राएली] सुरक्षा सेवाले अनुमान गरेअनुसार ‘सहस्र वर्षमा विश्‍वास गर्नेहरू’ सयौंले जैतून डाँडा वा त्यसको नजिकै पारुसिया वा एपोक्यालिप्सलाई पर्खिरहेका छन्‌।”

ब्रिटानिका बूक अफ द यर १९९८ मा “डुम्सडे कल्ट”-बारे विशेष रिपोर्ट दिइएको छ। रिपोर्टअनुसार हेभन्स्‌ गेट, पिपल्स टेम्पल अनि सौर्य मन्दिर समूह र ओम शिन्रिक्यो (सर्वोच्च सत्य) जस्ता आमहत्या गर्ने गुटहरू छन्‌। ओम शिन्रिक्यो गुटले १९९५ मा टोकियोको सबवेमा विषालु ग्याँसले आक्रमण गर्दा १२ जनाले ज्यान गुमाउनुका साथै हजारौं घाइते भए। उक्‍त रिपोर्टको निचोडमा शिकागो विश्‍वविद्यालयका धर्मसम्बन्धी प्राध्यापक मार्टिन इ. मार्टीले यसो लेखे: “सन्‌ २००० को सुरुआतमा थुप्रै अचम्मका कुराहरू देखा पर्नेछन्‌ अनि थुप्रै किसिमका भविष्यवाणी र आन्दोलनहरू पनि अवश्‍य हुनेछन्‌। केही भविष्यवाणी र आन्दोलनहरूले त डरलाग्दो रूप लिन पनि सक्छ। यो, जे हुनुपर्ने हो त्यो त भएरै छोड्‌छ भनी ढुक्क बस्ने समय होइन।”

एपोक्यालिप्सको डरको इतिहास

एपोक्यालिप्स वा प्रकाश, बाइबलको अन्तिम पुस्तकको नाउँ हो र यो सा.यु. प्रथम शताब्दीको अन्ततिर लेखिएको हो। यस पुस्तकको भविष्यसूचक प्रकृति र अति उच्चस्तरीय लाक्षणिक शब्दहरूले गर्दा “एपोक्यालिप्टीक” भन्‍ने अंग्रेजी विशेषणले एक प्रकारको साहित्यलाई बुझाउन थाल्यो। यस्तो साहित्य बाइबल पुस्तक प्रकाश लेख्नुभन्दा धेरै अघिदेखि नै थियो। यो साहित्यमा प्रयोग गरिने मिथ्याहरू प्राचीन फारस वा त्योभन्दा अघिदेखि प्रयोग गरिन्थ्यो। तसर्थ, यहूदी विश्‍वकोश-अनुसार “यो लेखमा [यहूदी एपोक्यालिप्टीक] प्रयोग गरिएका मिथ्यावादी तत्त्वहरू बेबिलोनी हुन्‌ भनेर स्पष्टै चिनिन्थ्यो।”

सा.यु.पू. दोस्रो शताब्दीको सुरुदेखि सा.यु. दोस्रो शताब्दीको अन्तसम्म यहूदी एपोक्यालिप्टीक साहित्य फस्टायो। ती साहित्यहरू लेखिनुको कारणबारे एक जना बाइबलविद्‌ले यसप्रकार लेखे: “यहूदीहरूले समयलाई सधैं नै दुई युगमा छुट्टाउने गर्थे। एउटा हो, वर्तमान युग जुन एकदमै खराब छ . . . तसर्थ, यहूदीहरू यस रीतिरिवाजको अन्त हुने समयको प्रतिक्षा गर्थे। अर्को हो, भावी युग। यो युग एकदमै राम्रो हुनेछ, यो शान्ति, समृद्धि र धार्मिकता छाएको परमेश्‍वरको सुनौलो युग हुनेछ . . . वर्तमान युग परिवर्तन भएर त्यस्तो युग कसरी आउनसक्छ? यस्तो परिवर्तन मानव माध्यमद्वारा आउनसक्दैन भनी यहूदीहरू विश्‍वास गर्छन्‌। तसर्थ, तिनीहरू परमेश्‍वरको प्रत्यक्ष हस्तक्षेप हुने समयको बाटो हेर्थे। . . . परमेश्‍वरको आगमनको दिनलाई प्रभुको दिन भन्थे। त्यो दिन त्रास, विनाश र न्यायको भयानक समय हुनेथियो अनि त्यसपछि नयाँ युगको जन्म हुनेथियो। सबै एपोक्यालिप्टीक लेखहरूमा यी घटनाहरू उल्लेख गरिएका छन्‌।”

एपोक्यालिप्सको डर मान्‍नु उचित हो?

बाइबलको पुस्तक प्रकाशले “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँ” वा आरमागेडोनबारे बताउँछ। यो लडाइँमा दुष्टहरू नाश हुनेछन्‌ र त्यसपछि हजार वर्षको (कहिलेकाहीं सहस्र वर्ष पनि भनिन्छ) अवधि सुरु हुनेछ। तब शैतानलाई अगाध खाँदमा हालिनेछ अनि ख्रीष्टले मानिसहरूको न्याय गर्नुहुनेछ। (प्रकाश १६:१४, १६; २०:१-४) मध्ययुगमा कसै कसैले यी भविष्यवाणीहरूको गलत अर्थ बुझे किनकि क्याथोलिक “सन्त” अगस्टिनले (सा.यु. ३५४-४३०) ख्रीष्ट जन्मनुहुँदा सहस्र वर्ष सुरु भयो अनि त्यसपछि अन्तिम न्यायको दिन हुनेछ भनेर बताएका थिए। स्पष्टतया, अगस्टिनले समय तालिकाबारे त्यति ध्यान दिएनन्‌ तर जसै १००० वर्ष नजिकिंदै गयो डर उत्पन्‍न हुन थाल्यो। मध्ययुगमा एपोक्यालिप्सको डर कत्तिको फैलिएको थियो भनेर इतिहासकारहरूको आ-आफ्नै धारणा छ। तथापि, त्यो डर जत्तिसुकै व्यापक भएको होस्‌ या नहोस्‌, गलत साबित भयो।

त्यसै गरी, आज पनि धर्ममा आस्था राख्ने र धर्मसित कुनै सरोकार नराख्नेहरू २००० वा २००१ मा भयानक एपोक्यालिप्स हुनेछ भनी डराउँछन्‌। तर के यस्तो डर उचित छ? अनि बाइबल पुस्तक प्रकाश वा एपोक्यालिप्सको सन्देश डरलाग्दो छ वा आशालाग्दो छ? यस पछिको लेख पढ्‌नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

मध्ययुगमा एपोक्यालिप्सप्रतिको डर गलत साबित भयो

[स्रोत]

© Cliché Bibliothèque Nationale de France, Paris

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Maya/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने