प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १२/१ पृ. ३०-३१
  • आथस पर्वत—“पवित्र डाँडा” हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आथस पर्वत—“पवित्र डाँडा” हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनकन्टार ठाउँमा भएको “पवित्र डाँडा”
  • हाल आथस पर्वत
  • सबैका लागि “पवित्र डाँडा”
  • तिनका आध्यात्मिक आवश्‍यकताहरू पूरा भए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • पहाडी भीरका पल्ट्याङबाजहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा परमेश्‍वरसित बाँधेको वाचा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पवित्र हुनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १२/१ पृ. ३०-३१

आथस पर्वत—“पवित्र डाँडा” हो?

अर्थोडक्स चर्चका २२ करोडभन्दा बढी सदस्यहरूले उत्तरी ग्रीसको उबडखाबड आथस पर्वतलाई “अर्थोडक्स मसीही संसारको पवित्र डाँडा” मान्छन्‌। तिनीहरूमध्ये धेरैले “पवित्र डाँडा” आथसको तीर्थयात्रा गर्ने जीवनको धोको बनाउँछन्‌। यो “पवित्र डाँडा” के हो? यो कसरी यत्तिको महत्त्वपूर्ण हुन गयो? अनि के ईश्‍वरभीरु मानिसहरूले आध्यात्मिक मार्गदर्शन खोज्नु र उपासना गर्नुपर्ने यही “डाँडा” हो त?

“पवित्र डाँडा” भन्‍ने अभिव्यक्‍ति बाइबलमा पनि पाइन्छ। यो साँचो परमेश्‍वर यहोवाको पवित्र, शुद्ध अनि उच्च उपासनासित सम्बन्धित छ। राजा दाऊदले पुरातन यरूशलेममा करारको सन्दुक ल्याएपछि सियोन डाँडा “पवित्र डाँडा” भयो। (भजन १५:१; ४३:३; २ शमूएल ६:१२, १७) सुलेमानले मोरीयाह डाँडामा मन्दिर निर्माण गरेपछि “सियोन” मन्दिरको हाताभित्र परेको हुनाले सियोन परमेश्‍वरको “पवित्र डाँडा” नै रह्‍यो। (भजन २:६; योएल ३:१७) यरूशलेममा परमेश्‍वरको मन्दिर भएको हुनाले समयको अन्तरालमा यो शहर पनि परमेश्‍वरको “पवित्र डाँडा” कहलिन थाल्यो।—यशैया ६६:२०; दानियल ९:१६, २०.

आज नि? परमेश्‍वरलाई स्वीकारयोग्य उपासना चढाउन मानिसहरू ओइरिनुपर्ने “पवित्र डाँडा” के आथस वा अरू कुनै डाँडा हो?

अनकन्टार ठाउँमा भएको “पवित्र डाँडा”

आथस पर्वत, अहिलेको थेस्सलोनिकीको पूर्वतिर इजियन समुद्रको कालसिद्‌स प्रायद्वीपको सुदूर पूर्वमा साँघुरो भूमिमा छ। मार्बलजस्तो आकर्षक देखिने यो डाँडा समुद्री तटदेखि २,०३२ मिटर उचाइमा अवस्थित छ।

आथसलाई पवित्र स्थान मानिंदै आएको धेरै अघिदेखि हो। युनानी दन्त्यकथाअनुसार देवीदेवताहरू ओलम्पस डाँडामा बसोबास गर्नुअघि आथसमा बस्थे। महान्‌ कन्स्टेन्टाइनको मृत्युपछि (सा.यु. चौथो शताब्दी) आथस, मसीही चर्चहरूका लागि पवित्र स्थान भयो। एउटा दन्त्यकथाअनुसार, लाजरससँग भेटघाट गर्न “कन्ये” मरियम, सुसमाचारक यूहन्‍नासँग साइप्रस गएकी थिइन्‌ तर अचानक ठूलो हुरीबतास चलेपछि उनीहरू आथसमा बास बसे। पर्वतको सुन्दरता देखेर उनी मन्त्रमुग्ध भइन्‌ अनि येशूसित यो पर्वत मागिन्‌। तसर्थ, आथस “पवित्र कन्येको बगैंचा” भनेर पनि चिनिन थाल्यो। बाइजान्टिन कालको बीचतिर यो सम्पूर्ण चट्टाने पर्वत पवित्र डाँडा भनेर चिनिन थाल्यो। सम्राट्‌ कन्स्टेन्टाइन नवौं मोनामकसको आदेशअनुसार ११ औं शताब्दीको मध्यतिर उक्‍त नाउँ आधिकारिक रूपमा स्वीकृत तथा सदर गरियो।

आथस रूखो हुनुका साथै अनकन्टारमा भएकोले साधुसन्तहरू बस्न रुचाउँछन्‌। यसकारण, शताब्दीयौंदेखि अर्थोडक्स संसारका धार्मिक पुरुषहरू यहाँ आकर्षित भएका छन्‌। यहाँ युनानी, सर्बियाली, रोमेनियाली, बुल्गेरियाली, रूसी तथा अन्य देशका पुरुषहरू आएर चर्च निर्माण गरेका छन्‌ र समुदाय बसालेका छन्‌। तीमध्ये २० वटा अहिले पनि अस्तित्वमा छन्‌।

हाल आथस पर्वत

आज, आथस एउटा स्वशासित क्षेत्र हो र यसको १९२६ मा पारित गरिएको आफ्नै बडापत्र छ। एक ताक यहाँ बसोबास गर्ने भिक्षुहरूको संख्या एकदमै घटेको थियो तर अहिले वर्षौंपछि तिनीहरूको संख्या २,००० भन्दा बढी पुगेको छ।

प्रत्येक गुम्बाको गाईवस्तु पाल्ने, पूजा गर्ने र निवासस्थानहरू अलग्गै छन्‌। सन्तहरूको उपासना गर्ने खास थलो, आथस पर्वतको टुप्पोको ठाडो भीरहरूमा अवस्थित कारुल्यो बस्तीमा छ। त्यहाँका स-साना झुप्रोहरूको बस्तीमा पुग्न अप्ठ्यारा गोरेटाहरू हुँदै, ढुंगाका खुड्‌किला उक्लंदै अनि फलामका सांगलाहरू समात्दै जानुपर्छ। आथसमा भिक्षुहरू अहिले पनि बाइजान्टिन घडी (सूर्यास्तपछि नयाँ दिन सुरु हुन्छ) अनि जुलियन पात्रोअनुसार (ग्रेगोरियन पात्रोभन्दा १३ दिन ढिलो) प्राचीन चर्चको विधिवत्‌ पूजा गर्छन्‌।

यस धार्मिक स्थानको “पवित्रताको” श्रेय एउटी स्त्रीलाई दिइए तापनि यहाँका भिक्षु तथा संन्यासीहरूले पूरै प्रायद्वीपमा सबै स्त्री अनि पोथी जनावरहरूलगायत नपुंसक र दाह्री नभएका पुरुषहरूलाई प्रवेश निषेध गरेका छन्‌। हालै आएर भने दाह्री नभएका पुरुषहरू तथा केही पोथी जनावरहरूको निम्ति प्रवेश खुला गरिएको छ तर अझै पनि आइमाईहरूलाई आथस समुद्री तटको ५०० मिटरभन्दा नजिक जान निषेध गरिएको छ।

सबैका लागि “पवित्र डाँडा”

के ईश्‍वरभीरु मसीहीहरू उपासना गर्नको लागि जानुपर्ने “पवित्र डाँडा” आथस नै हो त? गीरिज्जीम डाँडामा परमेश्‍वरको उपासना गर्नुपर्छ भनी विश्‍वास गर्ने सामरी आइमाईसँग कुरा गर्नुहुँदै येशूले परमेश्‍वरको उपासना गर्न कुनै पनि भौगोलिक डाँडा आवश्‍यक छैन भनेर बताउनुभयो। येशूले भन्‍नुभयो: “त्यो बेला आउँदैछ, जब तिमीहरू नता [गीरिज्जीममा], न यरूशलेममा, पितालाई पुज्नेछौ।” किन? किनकि “परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।”—यूहन्‍ना ४:२१, २४.

हाम्रो समयलाई संकेत गर्दै अगमवक्‍ता यशैयाले “परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ” अनि “डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ” र जाति जातिका मानिसहरू प्रतीकात्मक अर्थमा त्यहाँ ओइरिनेछन्‌ भनेर भविष्यवाणी गरे।—यशैया २:२, ३.

परमेश्‍वरसँग अनुमोदन प्राप्त सम्बन्ध गाँस्न चाहने पुरुष तथा स्त्रीहरूलाई “आत्मा र सत्यतामा” यहोवाको उपासना गर्न आमन्त्रित गरिएको छ। संसारभरिका लाखौं मानिसहरूले ‘यहोवाको पर्वतमा’ जाने बाटो फेला पारेका छन्‌। तिनीहरू अरू थुप्रैले जस्तै यस युनानी वकिलको भावना व्यक्‍त गर्छन्‌ जसले आथसबारे यसो भनिन्‌: “कुनै निश्‍चित ठाउँ वा गुम्बाहरूमा मात्र आध्यात्मिकता पाइन्छ भन्‍ने कुरामा मलाई त शंकै लाग्छ।”—प्रेरित १७:२४ तुलना गर्नहोस्‌।

[पृष्ठ ३१-मा भएको पेटी]

लामो समयसम्म गोप्य रहेको मुल्यवान्‌ खजाना

शताब्दीयौंको दौडान आथसका भिक्षुहरूले लगभग १५,००० हस्तलिपिहरू लगायत थुप्रै मूल्यवान्‌ खजानाहरू संकलन गरेका छन्‌। ती पाण्डुलिपिहरूमध्ये केही त चौथो शताब्दीतिरका पनि छन्‌ र यो संसारकै सबैभन्दा मूल्यवान्‌ खजाना भएको छ। ती सामग्रीहरूमा पुराना चित्र, प्रतिमा र धातुका मूर्तिहरूका साथै पुस्तक, सुसमाचारका पूर्ण र आंशिक भाग, भजन र स्तुतिहरू समावेश छन्‌। थुप्रै पाण्डुलिपिहरूको सूची बनाउनु अझ बाँकी भए तापनि संसारभरिका युनानी पाण्डुलिपिहरूको एक चौथाइ भाग आथस पर्वतमा छन्‌ भन्‍ने अनुमान लगाइएको छ। सन्‌ १९९७ मा भिक्षुहरूले पहिलो चोटि आफ्ना केही मूल्यवान्‌ खजानाहरू थेस्सलोनिकीमा प्रदर्शन गर्ने अनुमति दिए।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Telis/Greek National Tourist Organization

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने