प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ९/१ पृ. ३१
  • धेरै समयदेखिको खोजको फल पाइयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धेरै समयदेखिको खोजको फल पाइयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • “बालकहरूका मुखबाट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ९/१ पृ. ३१

धेरै समयदेखिको खोजको फल पाइयो

“यहोवा? को हो यहोवा?” आठ वर्षीया सिल्भियालाई अर्की सानी केटीले आफ्नो परिवारको सम्पत्ति आर्मेनियाली बाइबलमा त्यो नाम देखाएकी थिइन्‌। तिनले यरेभान, आर्मेनिया, जहाँ तिनी बस्थिन्‌, त्यहाँका सबैलाई त्यही प्रश्‍न सोधिन्‌ तर कसैले पनि यहोवा को हुनुहुन्छ भनेर तिनलाई बताउन सकेनन्‌। तिनका आमाबाबु, शिक्षकशिक्षिकालगायत स्थानीय चर्चका सेवकहरूले समेत बताउन सकेनन्‌।

सिल्भिया हुर्कंदै गइन्‌ र स्कूल सिध्याएर जागिर खाइन्‌ तैपनि तिनलाई यहोवा को हो, थाह थिएन। जवान भएपछि तिनी आर्मेनियाबाट भाग्नुपऱ्‍यो र तिनी अन्य शरणार्थीहरूसित पोल्याण्डको सानो कोठामा बस्न पुगिन्‌। तिनीसँगै त्यस कोठामा बस्ने अर्की केटीलाई नियमित रूपमा केही पाहुनाहरू भेट्‌न आइरहन्थे। सिल्भियाले सोधिन्‌, “तिम्रा पाहुनाहरू को हुन्‌?” “तिनीहरू यहोवाका साक्षीहरू हुन्‌ र मलाई बाइबलबारे सिकाउन यहाँ आउँछन्‌” भन्‍ने जवाफ तिनले पाइन्‌।

सिल्भिया यहोवा भन्‍ने नाउँ सुन्‍ने बित्तिकै हर्षित भइन्‌। अन्ततः यहोवा को हुनुहुन्छ र उहाँ कस्तो मायालु परमेश्‍वर हुनुहुन्छ भनेर तिनले सिक्न थालिन्‌। तथापि, चाँडै नै तिनले पोल्याण्ड छोड्‌नुपऱ्‍यो। तिनले डेनमार्कको बाल्टिक समुद्र नजिकै राजनैतिक शरण खोजिन्‌। तिनले थोरै सम्पत्ति बोकिन्‌ तर तिनीहरूमध्ये यहोवाका साक्षीहरूले प्रकाशित गरेका साहित्यहरू थिए। एउटा प्रकाशनको पछिल्लो पृष्ठमा तिनले वाच टावर सोसाइटीका शाखा कार्यालयहरूको ठेगानाहरूको सूची भेट्टाइन्‌। त्यो तिनको जीवनकै सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति थियो। यो नै तिनले यहोवालाई अझ राम्रोसित चिन्‍ने माध्यम थियो!

डेनमार्कमा सिल्भियालाई शरणार्थी शिविरमा लगियो र तिनले तुरुन्तै यहोवाका साक्षीहरूको खोजी गर्न थालिन्‌। तिनले ठेगानाहरूको सूचीबाट वाच टावर सोसाइटीको शाखा कार्यालय डेनमार्कस्थित होलबेकमा पर्छ भनेर थाह पाइन्‌। तर त्यो कहाँ पर्थ्यो? तिनलाई रेलबाट अर्को शिविरमा लगियो र बाटोमा रेल होलबेककै बाटो भएर गयो! फेरी तिनको हृदय आनन्दले गद्‌गद भयो।

त्यसपछि, घमाइलो दिनमा सिल्भिया रेलमा चढेर होलबेकमा ओर्लिन्‌ र शाखा कार्यालयसम्म हिंडेर गइन्‌। तिनी सम्झन्छिन्‌: “त्यहाँ बगैंचामा पसेपछि एउटा बेन्चमा बसेर आफैलाई मैले यसो भनेकी थिएँ, ‘आहा, कत्ति राम्रो प्रमोदवन!’ ” तिनलाई शाखा कार्यालयमा न्यानो स्वागत गरियो र अन्ततः तिनको आफ्नै बाइबल अध्ययन शुरु भयो।

तर, पछि पनि तिनलाई दुई/तीन चोटि सारियो। जुन जुन शरणार्थी केन्द्रमा पुग्थिन्‌, सिल्भियाले त्यहाँबाट यहोवाका साक्षीहरूलाई खोजेर बाइबल अध्ययन थाल्थिन्‌। तैपनि, दुई वर्षपछि तिनले धेरै सिकिसकेकी हुनाले यहोवालाई आफ्नो जीवन समर्पण गर्न सकिन्‌। तिनको बप्तिस्मा भयो र त्यसको केही समयपछि नै तिनले पूर्ण समय सेवकाई थालिन्‌। सन्‌ १९९८ मा डेनमार्क सरकारले तिनलाई राजनैतिक शरण दियो।

सिल्भिया अहिले २६ वर्षकी छिन्‌ र तिनलाई प्रमोदवनको सम्झना दिलाउने ठाउँ, यहोवाका साक्षीहरूको डेनमार्कको शाखा कार्यालयमा सेवा गर्छिन्‌। अहिले तिनी यसो भन्छिन्‌, “म के भनूँ? मैले सानैदेखि यहोवालाई खोज्न थालेकी थिएँ। अहिले मैले उहाँलाई भेट्टाएँ। आफ्नो जीवन उहाँको सेवामा बिताउने मेरो सपना थियो र यी अहिले म यहाँ बेथेलमा छु। आउँदा धेरै वर्षसम्म पनि यही मेरो घर रहोस्‌ भनेर म यहोवालाई प्रार्थना गर्छु!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने