प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जनवरी पृ. १
  • यहोवाको उपासना गर्ने ठाउँको आदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको उपासना गर्ने ठाउँको आदर गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार योग्य चालचलन देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के तपाईं आफ्नो राज्यभवनको आदर गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००१
  • हाम्रा पवित्र जमघटप्रति आदर देखाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 जनवरी पृ. १

यहोवाको उपासना गर्ने ठाउँको आदर गर्नुहोस्‌

१ कसैको घरमा पाहुना हुँदा हामी त्यस व्यक्‍तिको सर-सम्पत्तिको आदर गर्छौं। यसबाहेक, हामी तिनको सम्पत्तिमा कुनै हानिनोक्सानी पुऱ्‍याउँदैनौं नता त्यस घरको सुव्यवस्थामा खलल पुऱ्‍याउँछौं। यहोवाको पाहुना हुँदा हामीले झन्‌ आदरणीय ढंगमा व्यवहार गर्नुपर्छ! उहाँको घरमा कस्तो व्यवहार गर्नुपर्छ, त्यो हामीलाई थाह हुनैपर्छ। (भज. १५:१; १ तिमो. ३:१५) हाम्रो मसीही सभा राज्यभवनमा, निजी घरमा वा सार्वजनिक स्थल जहाँसुकै सञ्चालन भएको किन नहोस्‌, हामीमध्ये धेरैजसोले उपासनाको त्यस थलोलाई यहोवाकै भवन सम्झेर सधैं आदर गर्छौं। उहाँको “महिमा पृथ्वी र आकाशको मास्तिर छ।”—भज. १४८:१३.

२ तर केही भाइहरूले हल्ला गरेर वा प्रस्तुत गरिएका जानकारी महत्त्वपूर्ण नभएजस्तो व्यवहार गरेर सभाहरूको अनादर गरेका छन्‌। केही वयस्कहरू सभा भइरहेकै बेला लबीमा, साहित्य तथा पत्रिका काउन्टरनेर, शौचालयमा वा राज्यभवनबाहिर बेमतलबका कुराकानी गरिरहेका हुन्छन्‌। अलि हुर्केका बच्चालाई भाइबहिनी हेर्ने जिम्मा दिएर त्यसै छोड्‌दा कहिलेकाहीं तिनीहरू दुवै खेल्न थाल्छन्‌ र कार्यक्रमबाट खास फाइदा उठाउन सक्दैनन्‌। सभापछि केही युवाहरू राज्यभवनबाहिर खेलिरहेका, असाध्यै होहल्ला गरिरहेका र कराँते खेलेजस्तो गरिरहेका पनि देखियो। अनि कुनै कुनै ठाउँमा त तिनीहरूले खलबल गरेर छिमेकीलाई समेत बाधा दिएका वा आवागमनमा समेत अवरोध खडा गरेका छन्‌।

३ अनादर भाव नदेखाउन के गर्न सकिन्छ: हाम्रो उपासनाको गरिमा र पवित्रताको कदर गर्न हामी पक्कै पनि अरूलाई खलल पुऱ्‍याउने यस्ता कार्यहरू गर्नेछैनौं: कानेखुसी गर्ने, चुपुरचुपुर खाने, चुइंगम चपाउने, कागज खस्राकखुस्रुक गर्ने, बिनसित्ति शौचालय गइरहने वा सभाहरूमा ढिलो आउने बानी आदि। उपासना थलोको आदर तथा कदर गर्ने आमाबाबुहरू छोराछोरीलाई भुइँमा फोहर फाल्न वा राज्यभवन अथवा पुस्तक अध्ययन हुने घरका मेच वा भित्ता फोहर पार्न दिंदैनन्‌। अनि हाम्रा सभाहरूमा कुनै पनि किसिमले निर्लज्ज आचरण देखाउनु, बेमतलबको कुराकानी गर्नु वा अश्‍लील इसारा गर्नु एकदमै अनुचित छ भनेर हामी सबै पक्कै पनि सहमत छौं।—एफि. ५:४.

४ मसीही सभाहरूको उद्देश्‍यलाई कहिल्यै बिर्सेनौं भने हामी र हाम्रा छोराछोरीले पनि यहोवाको उपासना गर्ने ठाउँ अर्थात्‌ हामीले “उभिन छनौट गरेको” ठाउँप्रति अवश्‍य आदर देखाउनेछौं।—भज. ८४:१०, NW.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने