प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जनवरी पृ. ७
  • यहोवाको वचनलाई हरेक दिन विचार गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको वचनलाई हरेक दिन विचार गर्नुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक तालिका—दैनिक पद
    हाम्रो राज्य सेवकाई—२००५
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईं स्कूलमा साक्षी दिन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 जनवरी पृ. ७

यहोवाको वचनलाई हरेक दिन विचार गर्नुहोस्‌!

१ हरेक दिन तपाईं विश्‍वासको खातिर नयाँ चुनौतीहरू सामना गर्नुहुन्छ। सायद तपाईंसित परिचित विपरीत लिंगका सांसारिक व्यक्‍तिले तपाईंलाई घुम्न जाने दबाब दिइरहेको होला। तपाईंले जागिर खाओस्‌ भनेर शिक्षकशिक्षिका चाहँदा हून्‌ वा तपाईंले लामो समयसम्म काम गरोस्‌ भन्‍ने हाकिमको इच्छा होला। तपाईंको स्वास्थ्य पनि बिग्रँदै गइरहेको हुनसक्छ। तपाईंले एक न अर्को दिन यस्ता परीक्षाहरूको सामना गर्नुपरे तापनि तपाईं एक्लै हुनुहुन्‍न। ती परीक्षाहरू सामना गर्न यहोवा तपाईंलाई बुद्धि दिन इच्छुक हुनुहुन्छ। यहोवाको वचन नियमित तवरमा लिने एउटा तरिका, धर्मशास्त्र जाँच्ने-मा दिइएको बाइबल पद र टिप्पणीहरू छलफल गर्नु हो। के तपाईं यस प्रबन्धको फाइदा उठाउनुहुन्छ?

२ मदत पाइन्छ: यशैया ३०:२० मा यहोवालाई “गुरु” भनिएको छ र परमेश्‍वरका जनहरूले उहाँसित मदत माग्नसक्छन्‌। आफ्नो विश्‍वासको खातिर सामना गर्नुपर्ने चुनौतीहरूसित जुझ्न चाहिने कुराहरू उहाँले तपाईंलाई दिनुहुन्छ। कसरी? त्यसपछिको पदले यसो भन्छ: “तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” आज धर्मशास्त्र अनि ‘विश्‍वासी दास[ले]’ प्रकाशित गर्ने प्रकाशनहरूद्वारा यहोवाले आफ्नो “वचन” दिनुहुन्छ। (मत्ती २४:४५) पुराना अंकका प्रहरीधरहरा लेखहरूमा मात्र पनि मसीही जीवनको हरेक पक्षसित सम्बन्धित बुद्धिको भण्डार छ। धर्मशास्त्र जाँच्ने-मा उद्धृत गरिएका अंशहरू पुनरावलोकन गरेर तपाईंले हरेक प्रकारका परीक्षाहरूको सामना गर्न अत्यावश्‍यक बहुमूल्य ज्ञानको भण्डार फेला पार्न सक्नुहुन्छ।—यशै.४८:१७.

३ समय निकाल्नुहोस्‌: बिहान जहिले पनि व्यस्त हुने भए तापनि एउटी आमाले आफ्नो छोराले नास्ता खाँदै गर्दा तिनीसित बाइबल पद र टिप्पणीहरू छलफल गर्थिन्‌। तिनले हरेक बिहान स्कूल जानुअघि बाइबल पद र टिप्पणीहरूको साथमा गरिएको प्रार्थनाका शब्दहरू सुन्‍ने गर्थे। यसले तिनलाई अनैतिकताको विरोध गर्न, राष्ट्रवादको विषयमा आफ्नो विश्‍वाससित सम्झौता नगर्न र विद्यार्थी तथा शिक्षकशिक्षिकाहरूलाई साहसी भई साक्षी दिन बलियो बनायो। स्कूलमा तिनी मात्र साक्षी भए तापनि तिनले कहिल्यै एक्लो महसुस गरेनन्‌।

४ निर्देशन अनि मार्गदर्शनका लागि यहोवा र उहाँको वचनमा भर पर्नुहोस्‌। त्यसो गर्नुभयो भने, भरोसायोग्य मित्रजस्तै उहाँ पनि तपाईंको लागि वास्तविक हुनुहुनेछ। हरेक दिन उहाँसित मदत माग्नुहोस्‌! दिनहुँ परमेश्‍वरको वचन छलफल गर्ने विश्‍वभरिका लाखौं मानिसहरूलगायत तपाईंका ‘आँखाले पनि आफ्नो गुरुलाई’ देख्न सकून्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने