प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 डिसेम्बर पृ. १
  • सन्‌ २००२ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ २००२ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
    हाम्रो राज्य सेवकाई—२००२
  • सन्‌ १९९८ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला
    हाम्रो राज्य सेवकाई—१९९७
  • सन्‌ २००० को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
    हाम्रो राज्य सेवकाई—१९९९
  • सन्‌ २००१ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 डिसेम्बर पृ. १

सन्‌ २००२ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल

१ अधिकांश मानिसहरूले बोल्ने क्षमतालाई त्यति मूल्यवान्‌ ठान्दैनन्‌। यद्यपि, बोल्ने शक्‍ति यहोवाले दिनुभएको वरदान हो। यसैद्वारा हामी एकअर्कासित कुराकानी गर्छौं भने मनका विचार तथा भावनाहरू पनि व्यक्‍त गर्छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यसद्वारा हामी परमेश्‍वरको प्रशंसा गर्न सक्छौं।—भज. २२:२२; १ कोरि. १:४-७.

२ यहोवाको नाउँको घोषणा गर्न पुरुष, महिला तथा केटाकेटीहरूलाई ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा प्रशिक्षण दिइन्छ। (भज. १४८:१२, १३) सन्‌ २००२ को स्कूल कार्यक्रमले बाइबलका विविध विषयहरूलाई ढाक्‍तछ, जसबाट हामी व्यक्‍तिगत तवरमा लाभ उठाउनुका साथै त्यसबाट सिकेका कुराहरू सेवकाईमा प्रयोग गर्न सक्छौं। स्कूलको लागि तयारी गरेर अनि यसमा भाग लिएर हामी परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा आफ्नो ज्ञान र दक्षता बढाउन सक्छौं।—भज. ४५:१.

३ दिनहुँ बाइबल पढ्‌नुहोस्‌: सधैं बाइबललाई आफ्नो साथमा राख्यौं भने, फुर्सत हुने बित्तिकै यसलाई पढेर हामी समयको पूरापूर फाइदा उठाउन सक्छौं। दिनमा हामीमध्ये प्रायजसो सबैको अलिकता भए पनि फुर्सतको समय हुन्छ, जसलाई हामी बाइबल पढेर सदुपयोग गर्न सक्छौं। हरेक दिन बाइबलको कम्तीमा पनि एक पृष्ठ मात्र पढ्यौं भने पनि स्कूलको तालिकामा दिइएको बाइबल पढाइ कार्यक्रम कायम राख्न पर्याप्त हुन्छ।—भज. १:१-३.

४ राम्ररी बाइबल पढ्‌न सक्ने क्षमताले हामीलाई आफ्ना श्रोताहरूको हृदयसम्म पुग्न मदत गर्छ भने यसले तिनीहरूलाई यहोवाको प्रशंसा गर्न उत्प्रेरित गर्छ। स्कूलमा असाइनमेन्ट न. २ पाउने व्यक्‍तिले ठूलो स्वरले बाइबल पढेर निकै पटक अभ्यास गर्नुपर्छ। स्कूल निरीक्षकले प्रशंसा गर्नुका साथै पढाइमा उन्‍नति गर्नका लागि सल्लाहहरू पनि दिनेछन्‌।

५ व्यावहारिक ढंगमा लागू गर्नुहोस्‌: असाइनमेन्ट न. ३ बाइबलका कथाहरू भएको मेरो पुस्तक र न. ४ महान्‌ पुरुष पुस्तकमा आधारित हुन्छन्‌। नयाँ व्यक्‍तिहरूलाई पूरै बाइबल अनि येशू ख्रीष्टको जीवनबारे बुझ्न मदत गर्नको लागि यी साधनहरू मूल्यवान्‌ साबित हुनुपर्छ। साथै, त्यसबाट प्राप्त हुने शिक्षालाई कसरी प्रचार कार्यमा प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा देखाउन विद्यार्थीहरूले सम्भव भएसम्म व्यावहारिक भूमिकाहरू रोज्नुपर्छ। तिनीहरूले कसरी सिकाउँछन्‌ र शास्त्रपदहरू कसरी प्रयोग गर्छन्‌ त्यस कुरामा स्कूल निरीक्षकले विशेष ध्यान दिनुपर्छ।

६ परमेश्‍वरले उपहारस्वरूप दिनुभएको बोल्ने क्षमतालाई सुसमाचार घोषणा गर्न र हाम्रो महान्‌ परमेश्‍वर, यहोवाको प्रशंसा गर्न ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले हामी सबैलाई मदत दिऊन्‌!—भज. ३४:१; एफि. ६:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने