प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 सेप्टेम्बर पृ. ८
  • “व्यर्थको” कुरापछि नलाग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “व्यर्थको” कुरापछि नलाग्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
  • इन्टरनेटमा सुसमाचार
    हाम्रो राज्य सेवकाई—१९९७
  • इन्टरनेटका सेवा तथा सामग्री
    ब्यूँझनुहोस्‌!—१९९७
  • इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 सेप्टेम्बर पृ. ८

“व्यर्थको” कुरापछि नलाग्नुहोस्‌

१ आज सञ्चारका प्रचलित माध्यमहरूमध्ये ई-मेल पनि एक हो। यस माध्यममार्फत आफ्नो परिवार तथा साथीभाइहरूसित व्यक्‍तिगत अनुभव तथा विचारहरू साटासाट गर्नु उचितै भए तापनि अचाक्ली ई-मेल प्रयोग गर्नुसित “व्यर्थको” कुराको के सम्बन्ध?—हितो. १२:११.

२ ई-मेलसम्बन्धी चेतावनीः कसै-कसैले ई-मेलमार्फत नयाँ-नयाँ जानकारीहरू प्राप्त गर्दा यहोवाको संगठनबारे धेरै कुरा थाह पाएको महसुस गर्लान्‌। यस्ता जानकारीहरूमा अनुभव, बेथेलमा घटेका घटनाहरूको टिपोट, विपत्ति वा सतावटका रिपोर्टहरूलगायत किङडम मिनिस्ट्री स्कूलमा घोषणा गरिएका गोप्य जानकारीहरूसमेत हुन सक्छन्‌। अन्य कति जनाचाहिं यस्तो जानकारी आफ्ना साथीलाई बताउने पहिलो व्यक्‍ति हुन आतुर देखिन्छन्‌।

३ कहिलेकाहीं, जानकारी तथा अनुभवहरू बंग्याइएका वा बढाइचढाइ गरिएका हुन्छन्‌। अथवा साधारण कुरालाई पनि सनसनीपूर्ण बनाउने कोसिस गर्दा कसै-कसैले झूटो प्रभाव पारेका छन्‌। यस्ता कुराहरू प्रकट गर्न हतारिने मानिसहरूलाई प्रायजसो सबै तथ्य कुरा थाह हुँदैन। (हितो. २९:२०) कुनै-कुनै अवस्थामा कुरा अपत्यारिलो हुँदासमेत यसलाई कौतूहलताको रूपमा प्रचार प्रसार गरिन्छ। यस्तो गलत वा भर्माउने किसिमका खबरहरू केवल “झूटा कथाहरू” हुन्‌, जसले साँचो ईश्‍वरीय भक्‍ति बढाउन कुनै योगदान पुऱ्‍याउँदैन।—१ तिमो. ४:६, ७.

४ तपाईंले प्रचार प्रसार गर्नुभएको जानकारी गलत साबित भयो भने, त्यसले निम्त्याउने दुःख वा अन्योलको जिम्मेवार पनि स्वयम्‌ तपाईं नै हुनुहुनेछ। आफ्ना सबै छोराहरू मारिए भन्‍ने बढाइचढाइ गरिएको खबर जब दाऊदले सुने तब अति दुःखित भएर तिनले “आफ्नो लुगा च्याते।” तथापि, वास्तवमा तिनको एक जना छोराको मात्र मृत्यु भएको थियो। हुन त, त्यो कुरा दुःखलाग्दो थियो तर यसरी बढाइचढाइ गरिएको कुराले दाऊदको पीडा झनै बढायो। (२ शमू. १३:३०-३३) निस्सन्देह, हामी आफ्ना भाइहरूलाई भ्रममा पार्ने वा निरुत्साहित पार्ने त्यस्तो कुनै पनि काम गर्न चाहँदैनौं।

५ परमेश्‍वरद्वारा नियुक्‍त माध्यम: हाम्रो स्वर्गमा हुनुहुने पिताले नियुक्‍त गर्नुभएको सञ्चार माध्यम “विश्‍वासी र बुद्धिमान दास” छ भन्‍ने कुरा नबिर्सौं। विश्‍वासका घरानालाई “ठीक ठीक समयमा” कस्तो किसिमको जानकारी उपलब्ध गराएर बाँड्‌ने भनी तय गर्ने जिम्मेवारी उक्‍त “दास[को]” हो। यो आध्यात्मिक भोजन ईश्‍वरतान्त्रिक संगठनमार्फत मात्रै उपलब्ध हुन्छ। त्यसैकारण भरपर्दो जानकारीको लागि हामी सधैं परमेश्‍वरद्वारा नियुक्‍त माध्यममा भर पर्नुपर्छ, इन्टरनेट प्रयोग गर्नेहरूको नेटवर्कमा होइन।—मत्ती २४:४५.

६ इन्टरनेट वेब साइट: हाम्रो आधिकारिक इन्टरनेट वेब साइट हो: www.watchtower.org। यो साइट सर्वसाधारणलाई जानकारी उपलब्ध गराउन पर्याप्त छ। कुनै पनि व्यक्‍तिविशेष, समिति वा मण्डलीले यहोवाका साक्षीहरूको विषयमा वेब पेज बनाइरहनु आवश्‍यक छैन। कसै-कसैले सबै शास्त्रपद तथा सन्दर्भ सामग्रीलगायत प्रकाशनहरूको विषयवस्तु सबै खुलाएर वेब साइटमा हालेका हुन्छन्‌ भने, कसै-कसैले चाहिं चन्दा लिने हिसाबले अधिवेशनका कार्यक्रमहरू अरूलाई दिएका पनि छन्‌। यसो गर्दा नाफा होस्‌ या नहोस्‌, इलेक्ट्रोनिक माध्यमद्वारा यहोवाका साक्षीहरूका प्रकाशनहरू पुनः छापेर वितरण गर्नु प्रतिलिपि नियमको सरासर उल्लंघन गर्नु हो। कसै-कसैले यो भाइहरूको लागि गरेको भन्ठाने तापनि यसो गर्नु ठीक होइन र यसो गर्न बन्द गर्नुपर्छ।

७ इलेक्ट्रोनिक सञ्चार प्रयोग गर्ने सन्दर्भमा असल निर्णय गर्नुका साथै विवेकी भयौं भने, हाम्रो मन “दामी दामी र सुन्दर सुन्दर थोकहरूद्वारा सुसज्जित” हुने कुरामा कुनै सन्देह छैन।—हितो. २४:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने