प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जुलाई पृ. ५
  • भद्र पहिरनले परमेश्‍वरप्रति श्रद्धा झल्काउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भद्र पहिरनले परमेश्‍वरप्रति श्रद्धा झल्काउँछ
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • स्वच्छताले यहोवाको महिमा गर्छ
    हाम्रो राज्य सेवकाई—२००२
  • हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००८
  • पवित्र र प्रशंसायोग्य बाहिरी रूप
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जुलाई पृ. ५

भद्र पहिरनले परमेश्‍वरप्रति श्रद्धा झल्काउँछ

१. आगामी जिल्ला अधिवेशनको लागि हामी कसरी मूल्यांकन व्यक्‍त गर्न सक्छौं?

१ चाँडै सन्‌ २००३ को “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” भन्‍ने जिल्ला अधिवेशनमा हामीले यहोवाका पाहुनाहरू हुने सुअवसर पाउनेछौं। यस्तो भव्य आध्यात्मिक भोजमा हामीलाई आमन्त्रित गर्नुभएकोमा हामी यहोवाप्रति कत्ति धन्यवादी छौं! आफ्नो पहिरन तथा कोरीबाटीद्वारा हामी उहाँप्रतिको श्रद्धा देखाउनुका साथै उहाँले गर्नुभएका आध्यात्मिक प्रबन्धहरूको मूल्यांकन गर्न सक्छौं।—भज. ११६:१२, १७.

२. हामी सफा हुनुका साथै हाम्रो कोरीबाटी चिटिक्क हुनु किन महत्त्वपूर्ण छ?

२ सफा तथा व्यवस्थित: हाम्रो रूपले हाम्रा स्वच्छ अनि व्यवस्थित परमेश्‍वरका स्तरहरू झल्काउनुपर्छ। (१ कोरि. १४:३३; २ कोरि. ७:१) हाम्रो शरीर, केश र नङ सफा हुनुपर्छ र हाम्रो कोरीबाटी चिटिक्क परेको हुनुपर्छ। आजकल लथालिंग परेको पहिरन लगाउनु सामान्य भइसकेको छ। तथापि, कुनै चलचित्रका अभिनेता, अभिनेत्री वा प्रख्यात खेलाडी लथालिंग देखियो भन्दैमा मसीही पनि त्यस्तै देखिनुपर्ने कुनै कारण छैन। यदि हामी फेसनको पछि दौड्यौं भने, मानिसहरूले साँचो परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेहरूबीचको भिन्‍नता छुट्याउन सक्नेछैनन्‌।—मला. ३:१८.

३. हाम्रो रूप १ तिमोथी २:९, १०-मा दिइएको सल्लाहअनुरूप हुनेछ भनेर हामी कसरी पक्का गर्न सक्छौं?

३ मसीही सेवकहरूलाई सुहाउने पहिरन: प्रेरित पावलले मसीही निरीक्षक तिमोथीलाई पत्र लेख्दा तिनले “स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌, . . . असल कामहरूद्वारा (जो भक्‍ति गर्ने स्त्रीहरूलाई सुहाउँछ)” भनी प्रोत्साहन दिए। (१ तिमो. २:९, १०) हाम्रो पहिरन भद्र छ कि छैन भनेर पक्का गर्न होसियारसाथ विचार गर्नु जरुरी छ। लुगाफाटा भड्‌किलो, उत्ताउलो वा कामुक किसिमको नभई सुकिलो, सफा, सरल हुनु आवश्‍यक छ।—१ पत्रु. ३:३.

४, ५. मसीही पुरुष तथा स्त्रीहरूले कस्ता चेतावनीहरूलाई ध्यान दिनुपर्छ?

४ पावलले “कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरू” लगाउने सन्दर्भमा अचाक्ली नहुन पनि चेतावनी दिए। (१ तिमो. २:९) गर-गहना, सिंगार तथा अन्य सजावटका सामग्रीहरू प्रयोग गर्ने विषयमा सन्तुलित हुनु भनेको मसीही स्त्रीहरूका लागि बुद्धिमानी मार्ग हो।—हितो. ११:२.

५ मसीही स्त्रीहरूलाई लक्षित गरेर पावलले दिएको सल्लाह मसीही पुरुषहरूलाई पनि लागू हुन्छ। भाइहरूले सांसारिक प्रवृति झल्किने किसिमका स्टाइलहरू पछ्याउनु हुँदैन। (१ यूह. २:१६) उदाहरणका लागि, कुनै-कुनै मुलुकमा खुकुलो, ह्वार्लाङ परेको लुगा प्रचलित छ तर यो स्टाइल परमेश्‍वरको सेवकलाई सुहाउँदैन।

६. अधिवेशन जाने र आउने बेला, अधिवेशनको दौडान र हरेक दिन कार्यक्रमपछि आफ्नो पहिरन तथा कोरीबाटीको सन्दर्भमा हामीले किन उच्च स्तर कायम राख्नुपर्छ?

६ फुर्सतको समयमा गरिने गतिविधिहरूको दौडान: कार्यक्रममा उपस्थित हुँदा, अधिकांश भाइबहिनीहरूले पहिरन तथा कोरीबाटीको सन्दर्भमा सर्वोत्तम उदाहरण बसाल्छन्‌। तथापि, अधिवेशन जाने र आउने बेला वा कार्यक्रम सिद्धिएपछि गरिने गतिविधिहरूमा संलग्न हुँदा भने लापरवाह भएको कुरा रिपोर्टहरूले देखाउँछन्‌। साँच्चै, कार्यक्रमको दौडान होस्‌ वा अरू समयमा हाम्रो बाह्‍य रूपले परमेश्‍वरका जनहरूप्रतिको मानिसहरूको दृष्टिकोणलाई असर गर्छ। हामीले अधिवेशन बिल्ला कार्ड लगाउने हुँदा हामीले सधैं मसीही सेवकहरूलाई सुहाउने किसिमको पहिरन लगाउनुपर्छ। यसो गर्दा अक्सर अरू हाम्रो सराहना गर्न उत्प्रेरित हुनुका साथै साक्षी दिने मौका खुल्छ।—१ कोरि. १०:३१-३३.

७. आफ्नो भद्र पहिरन तथा कोरीबाटीले अरूलाई कस्तो असर पार्न सक्छ?

७ जसरी मीठो मुस्कानले हाम्रो मुहार हँसिलो बनाउँछ, त्यस्तै गरी भद्र पहिरन तथा कोरीबाटीले हामीले सुनाउने सन्देश र हामीले प्रतिनिधित्व गर्ने संगठनको मर्यादा बढाउँछ। यस वर्षको “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” भन्‍ने जिल्ला अधिवेशनको दौडान हामीलाई याद गर्ने कोही-कोही हामी फरक हुनुको कारण बुझ्न उत्प्रेरित हुन सक्छन्‌ र अन्ततः यसो भन्‍न सक्छन्‌: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं [र देखेका छौं] कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।” (जक. ८:२३) आफ्नो पहिरन तथा कोरीबाटीद्वारा हामी प्रत्येकले यहोवाप्रति श्रद्धा देखाउन सकौं।

[पृष्ठ ५-मा भएको पेटी]

मर्यादित देखिनुहोस्‌

▪ यात्रा गर्दा

▪ अधिवेशनमा

▪ फुर्सतको समयमा गरिने गतिविधिहरूमा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने