प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 डिसेम्बर पृ. ४
  • महत्त्वपूर्ण चिकित्सा प्रवृत्तिबारे प्रकाश पार्ने भिडिओ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महत्त्वपूर्ण चिकित्सा प्रवृत्तिबारे प्रकाश पार्ने भिडिओ
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • चिकित्सा क्षेत्रमा आएको एउटा नयाँ मोडलाई प्रकाश पार्ने भिडियो
    हाम्रो राज्य सेवकाई—२००६
  • के तपाईं आलटाल गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००८
  • के तपाईं स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाको लागि तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१२
  • के तपाईं आलटाल गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 डिसेम्बर पृ. ४

महत्त्वपूर्ण चिकित्सा प्रवृत्तिबारे प्रकाश पार्ने भिडिओ

कानुन तथा स्वास्थ्य विशेषज्ञहरूले स्वास्थ्य समस्या भएका बिरामीहरूको आचारसंहिता र अधिकारहरूप्रति बढी ध्यान दिइरहेका छन्‌। यसले गर्दा रोगको नयाँ-नयाँ उपचार तथा प्रविधिहरू विकास भएका छन्‌, जसबाट यहोवाका साक्षीहरूले लाभ उठाउन सक्छन्‌। (प्रेरि. १५:२८, २९) ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्‌स एण्ड राइट्‌स भन्‍ने भिडिओले देखाउन खोजेको मुख्य कुरा पनि यही नै हो। यो भिडिओ हेर्नुहोस्‌ र आफूले सिकेका कुरा पुनरावृत्ति गर्नुहोस्‌।—नोट: यस भिडिओमा शल्यक्रियाका संक्षिप्त दृश्‍यहरू समावेश गरिएका हुनाले, आफ्ना छोराछोरीसित यो भिडिओ हेर्दा आमाबाबुले विवेक चलाउनुपर्छ।

(१) चिकित्साजगत्‌ले रक्‍तक्षेपण गर्ने सन्दर्भमा किन पुनः मूल्यांकन गर्दैछ? (२) रक्‍तक्षेपणविना गरिएका जटिल शल्यक्रियाको तीनवटा उदाहरण दिनुहोस्‌। (३) विश्‍वभरिका कति जना चिकित्सक तथा शल्यचिकित्सकले रक्‍तक्षेपणविना बिरामीहरूको उपचार गर्ने इच्छुकता देखाएका छन्‌? यसो गर्न तिनीहरू किन इच्छुक छन्‌? (४) रगत प्रयोग गर्ने सम्बन्धमा हालै अस्पताहरूमा गरिएका अध्ययनहरूले के देखाएको छ? (५) रक्‍तक्षेपणसित सम्बन्धित चिकित्साका जोखिमहरू के-के हुन्‌? (६) रक्‍तक्षेपणका विकल्पहरूका लाभहरूबारे थुप्रै विशेषज्ञहरू कस्तो निष्कर्षमा पुगेका छन्‌? (७) रक्‍तअल्पता हुनुको कारण के हो? मानव शरीरले कुन हदसम्म यो थाम्न सक्छ? यसको क्षतिपूर्तिको लागि के गर्न सकिन्छ? (८) बिरामीको शरीरमा रातो रक्‍तकोषको उत्पादनमा कसरी वृद्धि ल्याउन सकिन्छ? (९) शल्यक्रियाको दौडान रक्‍तस्रावलाई कम गर्न कस्ता उपायहरू अपनाइँदैछन्‌? (१०) के रक्‍तक्षेपणका विकल्पहरू साना बच्चा वा जीवन खतरामा परेको आपत्‌कालीन अवस्थामा भएका मानिसहरूमा प्रभावकारी हुन सक्छ? (११) राम्रो स्वास्थ्यसेवाको एउटा मुख्य नीतिगत सिद्धान्त के हो? (१२) मसीहीहरूले रक्‍तविहीन उपचारहरूको छनौट किन पहिल्यै गरिसकेको हुनुपर्छ? हामी यो कसरी गर्न सक्छौं?

भिडिओमा देखाइएका कुनै-कुनै उपचारहरू स्वीकार गर्नु, नगर्नु त्यो हरेकको आ-आफ्नै बाइबल प्रशिक्षित अन्तस्करणको आधारमा गरिने व्यक्‍तिगत निर्णयको कुरा हो। आफू र आफ्ना छोराछोरीका लागि रक्‍तक्षेपणका कुनचाहिं विकल्पहरू स्वीकार्न इच्छुक हुनुहुन्छ, के तपाईंले निर्णय गर्नुभएको छ? तपाईंले गर्नुभएको निर्णय तथा त्यसका कारणहरूबारे परिवारका अर्कै धर्म मान्‍ने सदस्यहरूलाई पनि राम्रो जानकारी दिएको हुनुपर्छ।—जून १५ र अक्टोबर १५, २००० अंकका प्रहरीधरहरा-मा दिइएका “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने