प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 डिसेम्बर पृ. ४
  • सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • विशेष सम्मेलन दिनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००४
  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन
    हाम्रो राज्य सेवकाई—२००९
  • क्षेत्रीय सम्मेलनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००४
  • ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 डिसेम्बर पृ. ४

सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध

शैतानको संसारको स्थिति जति-जति खस्कँदै जान्छ यहोवाले हामीलाई “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर हामीले यस वर्त्तमान युगमा आत्मसंयम, धार्मिक र भक्‍तिको जीवनमा रह[न]” सुदृढ बनाउनुहुन्छ। (ती. २:१२) उहाँले “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” गर्नुहुने प्रबन्धहरूमध्ये एक वार्षिक रूपमा हुने क्षेत्रीय तथा विशेष सम्मेलन दिन कार्यक्रमहरू हुन्‌। (मत्ती २४:४५) हामीलाई यी आध्यात्मिक जमघटहरू धेरै नै प्रोत्साहनदायी लाग्छ!

दिइएको निर्देशन सम्झेर व्यवहारमा उतार्न हामीलाई मदत गर्नको लागि यी सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध सन्‌ २००५ सेवा वर्षको दौडान लागू गरिनेछ। यस परिशिष्टको पृष्ठ ५-६ मा भएका लेखहरूले सम्मेलन कार्यक्रममा प्रस्तुत गरिने विषयवस्तुको पूर्वझलक दिनुका साथै हरेक सम्मेलन कार्यक्रमको लागि पुनरावृत्ति प्रश्‍नहरू दिइएका छन्‌। मण्डलीहरूले यो जानकारी आफू उपस्थित हुने सम्मेलनको केही समयअगाडि र पछाडि हुने सेवा सभामा छलफल गर्नेछन्‌। यस कार्यक्रमको प्रबन्ध कसरी मिलाइनेछ?

मण्डलीका सबै जना क्षेत्रीय सम्मेलनमा उपस्थित हुन एक वा दुई हप्ताअगाडि कार्यक्रमको लागि उत्सुकता बढाउन सेवा सभामा “नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम” विषयको लेखमा आधारित दस मिनेटको भाषण दिइनेछ। वक्‍ताले पुनरावृत्ति प्रश्‍नहरूतर्फ पनि ध्यान खिच्नुका साथै सम्मेलनको केही हप्तापछि हुने पुनरावृत्ति तयारीको लागि टिपोटहरू टिप्न सबैलाई प्रोत्साहन दिनेछन्‌।

सम्मेलनपछिको केही हप्ताभित्रै पहिलो दिनको सम्मेलन कार्यक्रमबारे १५ मिनेट लामो पुनरावृत्ति सेवा सभामा समावेश गरिनेछ। त्यसपछिको हप्तामा दोस्रो दिनको कार्यक्रम पुनरावृत्ति गर्न १५ मिनेट प्रयोग गरिनेछ। यस परिशिष्टमा दिइएका पुनरावृत्ति प्रश्‍नहरूले त्यही छलफलहरूको लागि एउटा आधारको काम गर्नेछ। जानकारीको व्यावहारिक महत्त्वमा पुनरावृत्ति केन्द्रित हुनुपर्छ। यी पुनरावृत्ति कार्यक्रमहरू गर्न प्राचीनहरूले सेवा सभाका अन्य भागहरूलाई छोट्याउन, हटाउन वा अर्कोपाली गर्ने प्रबन्ध मिलाउन सक्छन्‌।

विशेष सम्मेलन दिन कार्यक्रमको सन्दर्भमा पनि यही प्रबन्ध लागू हुनेछ र यसमा फरक भनेको सम्पूर्ण कार्यक्रमको पुनरावृत्ति गर्नचाहिं १५ मिनेटको एउटा भाग हुनेछ। हामी सबैजना यो परिशिष्ट जोगाएर राख्न चाहनेछौं र यहोवाले दिनुहुने असल निर्देशनबाट पूरापूर लाभ उठाउन यो प्रयोग गर्नेछौं।—यशै. ४८:१७, १८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने