प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 जून पृ. १
  • हरेस नखाईकन प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हरेस नखाईकन प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • ढिलासुस्ती नगरी सुसमाचार घोषणा गर्ने
    हाम्रो राज्य सेवकाई—१९९६
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तिनीहरूले कसरी सुन्‍न सक्लान्‌?
    हाम्रो राज्य सेवकाई—२००९
  • हामी किन बारम्बार गइरहन्छौं
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 जून पृ. १

हरेस नखाईकन प्रचार गर्नुहोस्‌

१ हाम्रो इलाकामा थुप्रै पटक विस्तृत रूपमा प्रचार भइसकेको भए तापनि थोरै मानिसले मात्र चासो देखाएको अनुभव हामीले गरेका छौं होला। तैपनि, प्रचार गरिरहनुपर्ने जोडदार कारणहरू हामीसित छन्‌।—मत्ती २८:१९, २०.

२ साक्षीको निम्ति प्रचार गर्नुहोस्‌: राज्यको सुसमाचार प्रचार गर्नु “जगत्‌को अन्तको” मिश्रित चिन्हमध्ये एउटा महत्त्वपूर्ण भाग हुनेछ र “सब जातिहरूलाई साक्षीको निम्ति” प्रचार गरिनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:३, १४) मानिसहरूले हामीलाई राज्यको सुसमाचार सुनाउने काममा व्यस्त भइरहेको देख्नु नै एउटा सशक्‍त साक्षी हो। हामीले सुनाएको सन्देश नसुन्‍नेहरूले समेत हामी गइसकेपछि, घण्टौंसम्म वा केही दिनपछिसम्म पनि हामीबारे कुरा गर्न सक्छन्‌। हामी किन प्रचार गर्छौं, यसको कारण बुझ्दा लगनशील हुन मदत मिल्छ। बाइबल भविष्यवाणीको पूर्तिस्वरूप साक्षी दिएर अनि चेतावनीको सन्देश घोषणा गरेर हामी यहोवालाई खुसी बनाइरहेका हुन्छौं।—२ थिस्स. १:६-९.

३ लगनशील हुनैपर्छ: अहिले मानिसको ध्यान भङ्‌ग गर्ने र समय खाने थुप्रै चीज भएकोले उनीहरूको चासो जगाउने प्रयास गर्दा हामी लगनशील हुनैपर्छ। एउटी आइमाईलाई एक वर्षसम्म हरेक हप्ता लगातार भेटिरहँदा, बल्ल उनी साक्षीहरूसँग बाइबलबाट छलफल गर्न तयार भइन्‌। आफूले सुनेको कुरा उनलाई यति धेरै मन पऱ्‍यो, उनी बाइबल अध्ययन गर्न राजी भइन्‌, सभाहरूमा उपस्थित हुन थालिन्‌ र केही समय नबित्दै उनले बप्तिस्मा लिने इच्छा पनि व्यक्‍त गरिहालिन्‌।

४ संसारको अवस्था अनि मानिसहरूको मनोवृत्ति पनि द्रुत गतिले परिवर्तन भइरहेको छ। हामीले सुनाउने आशाको सन्देश सुन्‍न पहिला इन्कार गरेकाहरूले अहिले भने हाम्रो सन्देश स्वीकार्न सक्छन्‌। एक जनाले मात्रै राज्य सन्देश स्वीकाऱ्‍यो भने पनि हामीले लगनशील भएर गरेको प्रयास सार्थक हुनेछ।

५ संसारभरि नै थुप्रै मानिस “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप” गरिरहेका छन्‌। (इज. ९:४) धार्मिक झुकाव भएकाहरूले राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेका छन्‌ भनेर हामीले गरेको प्रचारको नतिजाले नै प्रमाणित गरिरहेको छ। (यशै. २:२, ३) त्यसकारण, “कल्याणको शुभ समाचार” पुऱ्‍याउने काममा हरेस नखाऔं; प्रेमपूर्वक लगनशील भई लागौं।—यशै. ५२:७; प्रेरि. ५:४२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने