प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या २ पृ. ८-१०
  • ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले कस्ता घटनाहरू घट्‌नेछन्‌ भनेर बताउनुभयो?
  • यी चिन्हहरूबाट हामी के बुझ्न सक्छौँ?
  • “संसारको अन्त” नजिक छ!
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • ठूलठूला भूकम्पहरू—बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?
    थप लेखहरू
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • आरमागेडोन नजिकै छ भनी हामी कसरी थाह पाउन सक्छौं?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या २ पृ. ८-१०
एक जना यहोवाको साक्षीले ट्रली राखिएको ठाउँमा आएकी एउटी महिलालाई निम्तो पर्चा दिँदै छिन्‌।

ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?

येसुका केही वफादार अनुयायीहरू ईश्‍वरको राज्य कहिले आउँछ भनेर जान्‍न चाहन्थे। त्यस राज्यले पृथ्वीमा कहिले शासन गर्न थाल्नेछ भनेर तिनीहरूलाई थाह हुँदैन भनी उहाँले बताउनुभयो। (प्रेषित १:६, ७) तर यसअघि उहाँले तिनीहरूलाई भविष्यमा केही घटनाहरू एकसाथ घटेको देखेपछि तिनीहरूले “परमेश्‍वरको राज्य नजिकै” आएको र त्यसले शासन गर्न थाल्ने समय भएको कुरा थाह पाउनेछन्‌ भनेर बताउनुभएको थियो।—लुका २१:३१.

येसुले कस्ता घटनाहरू घट्‌नेछन्‌ भनेर बताउनुभयो?

येसुले भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ। ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।” (लुका २१:१०, ११) जसरी कुनै व्यक्‍तिको औँलाको छापले ऊ को हो भनी चिनाउँछ, त्यसैगरि यी घटनाहरू एकसाथ घट्‌दा “परमेश्‍वरको राज्य नजिकै छ” भनी थाह पाउन सकिन्छ। के यी घटनाहरू संसारभरि एउटै समयमा घटेका छन्‌? केही प्रमाणहरू केलाउनुहोस्‌।

१. युद्धहरू

लडाकु हवाईजहाजहरू, ट्याङ्‌क र मिसाइलहरू।

मानव इतिहासको सबैभन्दा विनाशकारी युद्ध सन्‌ १९१४ मा सुरु भयो। इतिहासकारहरूले अक्सर सन्‌ १९१४ लाई इतिहासले नयाँ मोड लिएको समय भनेर सङ्‌केत गर्छन्‌ किनभने त्यही वर्ष पहिलो विश्‍वयुद्ध सुरु भएको थियो। त्यस युद्धमा ट्याङ्‌क, हवाई बम, मेसिन गन, विषालु ग्याँस अनि अन्य खतरनाक हातहतियार पहिलो पटक धेरै मात्रामा प्रयोग गरियो। त्यसले दोस्रो विश्‍वयुद्ध निम्त्यायो, जसमा पहिलो पटक आणविक हातहतियार प्रयोग गरियो। सन्‌ १९१४ देखि यता थुप्रै ठाउँमा युद्ध लडिँदै छ, जसमा लाखौँ मानिसले ज्यान गुमाएका छन्‌।

२. भूकम्पहरू

भूकम्पले गर्दा चर्किएको भवन।

हरेक वर्ष लगभग १०० वटा भूकम्प जान्छ र ब्रिटानिका एकेडेमिक-ले बताएअनुसार यी भूकम्प⁠हरू शक्‍तिशाली भएकाले “ठूलो क्षति” पुऱ्‍याउँछ। संयुक्‍त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षणको रिपोर्टअनुसार “लामो समयदेखिको (लगभग सन्‌ १९०० देखिको) रेकर्ड विचार गर्दा प्रत्येक वर्ष लगभग १६ वटा ठूलठूला भूकम्प जाने अनुमान लगाउन सकिन्छ।” केही वैज्ञानिकहरूले अहिले धेरैभन्दा धेरै भूकम्प गएको जस्तो लाग्नुको कारण त्यसको मापन गर्ने भरपर्दा तरिकाहरू भएकोले हो भन्‍ने गर्छन्‌। कारण जेसुकै होस्‌, संसारभरि नै ठूल⁠ठूला भूकम्प गएकोले मानिसहरूले पहिला­भन्दा धेरै कष्ट र धनजनको क्षति भोग्नुपरेको छ।

३. अनिकाल

समय-रेखाले खाद्यान्‍नको घट्‌दो उत्पादन चित्रण गरेको छ।

युद्ध, भ्रष्टाचार, आर्थिक मन्दी वा कृषिको कमजोर व्यवस्थापनले गर्दा अथवा प्रतिकूल मौसमको लागि राम्रो तयारी नगरेकोले प्रायः अनिकाल हुने गर्छ। सन्‌ २०१८ को विश्‍व खाद्य कार्यक्रमको रिपोर्टअनुसार “संसारभरि ८२ करोड १० लाख मानिससित पर्याप्त खानेकुरा छैन भने १२ करोड ४० लाख मानिस भोकभोकै बस्नुपरेको छ।” हरेक वर्ष कुपोष⁠णले गर्दा ३१ लाख बालबालिकाको मृत्यु हुन्छ। सन्‌ २०११ मा यो सङ्‌ख्या विश्‍वभरको बाल मृत्युदरको लगभग ४५ प्रतिशत थियो।

४. रोगबिमार र महामारी

खतरनाक रसायन र ब्याक्टेरियालाई सङ्‌केत गर्ने चिन्हहरू।

विश्‍व स्वास्थ्य सङ्‌गठनको एउटा प्रकाशनमा यस्तो लेखिएको छ: “ठूलठूला महामारी २१ औँ शताब्दीको पहिचान बनिसकेको छ। हैजा, प्लेग र पहेँलो ज्वरोजस्ता पुराना रोगहरू फर्केका छन्‌ भने सार्स, प्यान्डेमिक इन्फ्लुएन्जा, मर्ज, इबोला र जिकाजस्ता नयाँ रोगहरू देखा परेका छन्‌।” कोभिड-१९ हालै देखा परेको महामारी हो। वैज्ञानिकहरू र डाक्टरहरूले रोगबिमारबारे धेरै कुरा पत्ता लगाए तापनि सबै रोगको उपचार भेट्टाउन र महामारी नियन्त्रण गर्न असक्षम छन्‌।

५. विश्‍वव्यापी प्रचारकार्य

पृथ्वीको वरिपरि एउटा वाण चिन्ह छ र त्यसको छेउमा खोलिएको बाइबल छ।

येसुले भविष्यवाणी गर्नुहुँदा चिन्हको अर्को पक्षबारे पनि बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ति २४:१४) आज संसारभरि गम्भीर समस्या भए तापनि सबै राष्ट्रका ८० लाखभन्दा धेरै मानिसले ईश्‍वरको राज्यको सुसमाचार २४० देशमा १ हजारभन्दा धेरै भाषामा घोषणा गर्दै छन्‌। यस्तो काम मानव इतिहासमा पहिला कहिल्यै भएको थिएन।

यी चिन्हहरूबाट हामी के बुझ्न सक्छौँ?

येसुले चिन्हको रूपमा बताउनुभएको थुप्रै घटना आज पूरा हुँदै छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यो हाम्रो लागि किन चासोको विषय हो? येसुले भन्‍नुभएको कुरा सम्झनुहोस्‌: “जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान।”—लुका २१:३१.

येसु राजाको हैसियतमा प्रमोदवनरूपी पृथ्वीमाथि सिंहासनमा विराजमान हुनुहुन्छ।

चाँडै यस राज्यले पृथ्वीमा ईश्‍वरको इच्छा पूरा गर्नेछ

येसुले बताउनुभएको चिन्हहरूलाई बाइबलका घटनाहरूको कालक्रमसित तुलना गरेर हेर्दा ईश्‍वरले त्यो राज्य सन्‌ १९१४ मा स्वर्गमा स्थापना गरिसक्नुभएको छ भनेर थाह पाउन सक्छौँ।a त्यतिबेला उहाँले आफ्नो छोरा येसु ख्रिष्टलाई राजा नियुक्‍त गर्नुभएको थियो। (भजन २:२, ४, ६-९) चाँडै यो राज्य पृथ्वीमा स्थापना हुनेछ र यसले सबै मानव सरकारलाई हटाउनेछ अनि पूरै पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नेछ र मानिसहरू त्यहाँ सधैँभरि रहनेछन्‌।

त्यसपछि येसुले नमुना प्रार्थनामा सिकाउनुभएको यो कुरा पूरा हुनेछ: “तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ति ६:१०) सन्‌ १९१४ मा स्वर्गमा स्थापना भएदेखि यस राज्यले के गर्दै छ? यस राज्यले मानिसमाथि शासन गर्न थालेपछि के हुनेछ?

a सन्‌ १९१४ बारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३२ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने