प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अप्रिल पृ. १
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—योना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—योना
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाको कृपाबारे योनाले सिक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • तिनले कृपालु हुन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 अप्रिल पृ. १

भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—योना

१. योनाले कस्ता असल गुणहरू देखाए?

१ भविष्यवक्‍ता योनाको नाम सुन्‍नेबित्तिकै तपाईंलाई के याद आउँछ? कसै-कसैलाई तिनी डरपोक वा निर्दयी मानिसजस्तो लाग्छ। तर तिनले नम्रता, साहस र आत्मत्यागी मनोभाव देखाए भन्‍ने कुरा प्रस्ट छ। हामी योनाका असल गुणहरू कसरी “नमुनाको रूपमा” लिन सक्छौं?—याकू. ५:१०.

२. योनाले देखाएको नम्रता हामी कसरी अनुकरण गर्न सक्छौं?

२ नम्रता: सुरुमा योना आफूलाई खटाइएको इलाकामा नगई उल्टो दिशामा भागे। यो अचम्मलाग्दो कुरा थिएन किनभने अश्‍शूरीहरू हिंस्रक मानिसहरू भनेर कुख्यात थिए र निनवे पनि “हत्यारा शहर” भनेर चिनिन्थ्यो। (नहू. ३:१-३) तर यहोवाले योनालाई अनुशासन दिनुहुँदा तिनले त्यो नम्रतासाथ स्वीकारे र फेरि निनवे जान तयार भए। (हितो. २४:३२; योना ३:१-३) सुरुमा भागेको भए तापनि तिनी यहोवाको इच्छाबमोजिम चले। (मत्ती २१:२८-३१) के हामी पनि अनुशासन दिइँदा वा चुनौतीपूर्ण इलाकामा प्रचार गर्नुपर्दा समेत सुसमाचार प्रचार गरिरहन कटिबद्ध छौं?

३. प्रचारकार्यका कस्ता पक्षहरूमा साहस र आत्मत्यागी मनोभाव चाहिन्छ?

३ साहस र आत्मत्यागी मनोभाव: आफ्नो गलत निर्णयको कारण जहाजका नाविकहरूको ज्यान खतरामा परेको कुरा योनाले बुझेपछि तिनी आफ्नो ज्यान दिन तयार भए। (योना १:३, ४, १२) पछि निनवेमा आफूलाई सुम्पिएको काम पूरा गर्ने क्रममा यहोवाको न्यायदण्ड घोषणा गर्नका लागि सायद उपयुक्‍त ठाउँ खोज्दै तिनी सहरको भित्रसम्म गए। यी कामहरूबाट तिनी डरपोक थिएनन्‌ बरु परमेश्‍वरका साहसी भविष्यवक्‍ता थिए भनेर प्रस्ट हुन्छ! (योना ३:३, ४) आज हामी नि? विरोध आइपर्दा साहसी भई प्रचार गर्न परमेश्‍वरले दिनुहुने साहस चाहिन्छ। (प्रेषि. ४:२९, ३१) प्रचारकार्यमा समय र स्रोतसाधन खर्च गर्न आत्मत्यागी मनोभाव चाहिन्छ।—प्रेषि. २०:२४.

४. यहोवाका भविष्यवक्‍ताहरूले बसालेका असल नमुना जाँच्न हामीले किन समय निकाल्नुपर्छ?

४ यहोवाको कुनै पनि भविष्यवक्‍ताबारे पढ्‌नुहुँदा आफूलाई तिनको ठाउँमा राख्नुहोस्‌। यसो गर्दा तपाईंले लाभ उठाउनुहुनेछ। आफैलाई सोध्नुहोस्‌: ‘मैले कस्तो प्रतिक्रिया देखाउने थिएँ होला? म आफ्नो जीवनमा तिनका असल गुणहरू कसरी अनुकरण गर्न सक्छु?’ (हिब्रू ६:११, १२) हाम्रो राज्य सेवा-को पछिका अङ्‌कहरूमा यहोवाका अरू विश्‍वासी भविष्यवक्‍ताहरूबाट सिक्न सकिने महत्त्वपूर्ण पाठहरू छलफल गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने