प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 डिसेम्बर पृ. ४-६
  • अनुभवहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुभवहरू
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
  • अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • पुस्तिकाहरूद्वारा परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • नयाँ पुस्तिका प्रस्तुत गर्नेछौं!
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 डिसेम्बर पृ. ४-६

अनुभवहरू

▪ अस्ट्रेलिया: जोन शिक्षित व्यक्‍ति हुन्‌। सानो छँदा तिनी चर्च जान्थे तर पछि “कट्टर नास्तिक” बने। एक अग्रगामीले तिनलाई के जीवन सृष्टि गरिएको थियो? (अङ्‌ग्रेजी) भन्‍ने पुस्तिका दिए। त्यसपछिको भेटमा चाहिं जीवनको सुरुवात (अङ्‌ग्रेजी) भन्‍ने पुस्तिका दिए। ती अग्रगामीले तिनको चासो जगाउन नयाँ-नयाँ पत्रिका ल्याइदिन्थे र सृष्टि वा बाइबलको भविष्यवाणीसम्बन्धी लेखहरूतर्फ ध्यान खिच्थे। अब जोनलाई बाइबल—परमेश्‍वरको वचन कि मानिसको? (अङ्‌ग्रेजी) भन्‍ने किताब दिन सकिन्छ जस्तो अग्रगामीलाई लाग्यो। उक्‍त किताब पढेपछि चाहिं जोनलाई “कता-कता परमेश्‍वर हुनुहुन्छ कि जस्तो लाग्न थाल्यो।” त्यसपछि, ती अग्रगामीले बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्दै पृष्ठ २० मा अनुच्छेद ८ र पृष्ठ २३-२४ मा अनुच्छेद १३-१६ देखाए। त्यहाँ उद्धृत गरिएका पदहरू पढेर जोन एकदमै प्रभावित भए र तिनले यसो भने: “मैले फेरि एकचोटि बाइबल पढेर हेर्नुपर्छ जस्तो छ।”

▪ मेक्सिको: एक जना व्यक्‍तिले बाइबल परमेश्‍वरबाट प्रेरणा पाएर लेखिएको किताब हो जस्तो लाग्दैन भनेर एक प्रकाशकलाई बताए। बाइबल परमेश्‍वरबाट प्रेरणा पाएर लेखिएको हो भनेर प्रमाण देखाउने प्रस्ताव प्रकाशकले राखे र ती व्यक्‍तिले स्वीकारे। दुई-चारचोटि छलफल गरेपछि बाइबलबाट सिकेको कुराले ती व्यक्‍तिलाई प्रभाव पार्न थाल्यो। तिनी विशेषगरि परमेश्‍वरको स्तरबाट प्रभावित भए। तिनले प्रकाशकलाई यसो भने: “सुरु-सुरुमा तपाईंले बाइबलबाट पढेर सुनाउँदा मलाई अरू किताब र बाइबलमा केही फरक नै लागेन। मलाई केही असर गरेन। तर अहिले विशेषगरि नैतिकतासम्बन्धी बाइबलका सल्लाह पढ्‌दा मेरो मन पोल्छ।”

▪ अमेरिका: विशेष महानगरीय साक्षीकार्यमा भाग लिंदा एक दम्पतीले ताइवानकी एक महिला भेटे। उक्‍त महिला परमेश्‍वरमा विश्‍वास त गर्थिन्‌ तर तिनलाई बाइबल पश्‍चिमी राष्ट्रहरूको किताब जस्तो लाग्थ्यो। तैपनि तिनी प्रकाशनहरू राखेको ठाउँमा आइन्‌। किनभने सुविधा सम्पन्‍न जीवन बिताइरहेको भए तापनि तिनलाई आफ्नो जीवन शून्य लागिरहेको थियो। जीवनको उद्देश्‍य भेट्टाउन बाइबलले मदत गर्छ कि जस्तो तिनलाई लागेको थियो। उक्‍त दम्पतीले तिनीसित बाइबलले सिकाउँछ किताब र चिरकालीन शान्ति र आनन्द कसरी पाउने (अङ्‌ग्रेजी) भन्‍ने पुस्तिकाबाट अध्ययन सुरु गरे। किताबबाट अध्याय २ अध्ययन गर्नुको सट्टा तिनीहरूले पुस्तिकाबाट “सम्पूर्ण मानिसजातिको लागि एउटा किताब” भन्‍ने भागबाट छलफल गरे। त्यस भागबाट सुरुका ६ वटा अनुच्छेद छलफल गरेपछि ती स्त्रीले अरू धार्मिक ग्रन्थको तुलनामा बाइबल कत्ति विशेष छ भनेर बताइन्‌। पूरा भएका बाइबल भविष्यवाणीहरू छलफल गरेपछि तिनले यसो भनिन्‌: “बाइबल जत्तिको सही अरू कुन किताब हुन सक्छ र!”

▪ जापान: घरधनीले म परमेश्‍वरमा विश्‍वास गर्दिनँ भने तापनि एक प्रकाशक तिनलाई भेट्‌न गइरहे। तिनले घरधनीलाई ब्यूँझनुहोस्‌!-बाट “सृष्टि या संयोग?” देखाउने गर्थे। बिस्तारै ती मानिसको मन परिवर्तन भयो र परमेश्‍वर हुनुहुन्छ कि भन्‍ने विचार पोख्न थाले। अहिले त तिनी परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छन्‌ र प्रकाशकसित परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाबाट अध्ययन गर्दैछन्‌।

▪ क्यानाडा: आफ्नो घरबाट निस्केर गाडीतर्फ जाँदै गरेकी एक महिलाले हाम्रो नयाँ पत्रिका स्वीकारिन्‌। त्यो पत्रिका दिने बहिनी उक्‍त महिलालाई फेरि भेट्‌न जाँदा तिनले सीधै ‘मलाई चासो छैन र म परमेश्‍वरमा विश्‍वास गर्दिनँ’ भनेर बताइन्‌। तर साक्षी बहिनीले हार मानिनन्‌। तिनले सन्तोषजनक जीवन कसरी प्राप्त गर्न सकिन्छ? (अङ्‌ग्रेजी) पुस्तिका उक्‍त महिलालाई दिइन्‌। साक्षी बहिनीले ती महिलालाई घरमा भेट्‌दा तिनले परमेश्‍वरमा विश्‍वास नगर्ने कुरा थाह भए तापनि तिनी एकल आमा भएकीले तिनीबारे सोचिरहेको कुरा बताइन्‌। बहिनीले पुस्तिकाबाट पृष्ठ ४ को अनुच्छेद ६ देखाइन्‌। त्यहाँ राम्रो सल्लाह कहाँ पाउने भनेर बताइएको छ। त्यसपछि उक्‍त महिलालाई बच्चाहरू हुर्काउनेबारे पाठ २ पढ्‌न सल्लाह दिइन्‌। ती महिलाले सहर्ष पुस्तिका स्वीकारिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने