प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 मे पृ. २
  • समयनिष्ठ हुने बानी बसाल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समयनिष्ठ हुने बानी बसाल्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • किन समयनिष्ठ हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको भवनप्रति मूल्याङ्‌कन जाहेर गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • सुसमाचार योग्य चालचलन देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • येशूको उदाहरण अनुकरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 मे पृ. २

समयनिष्ठ हुने बानी बसाल्नुहोस्‌

१. यहोवाले कस्तो उदाहरण बसाल्नुभएको छ?

१ यहोवा समयनिष्ठ हुनुहुन्छ। उदाहरणका लागि, उहाँ आफ्ना सेवकहरूलाई “चाहिएकै बेला मदत” गर्नुहुन्छ। (हिब्रू ४:१६) साथै उहाँ हामीलाई “ठीक समयमा” आध्यात्मिक “भोजन” पनि दिनुहुन्छ। (मत्ती २४:४५) त्यसकारण हामी ढुक्क हुन सक्छौं, उहाँको रिसको दिन आउन ‘ढीलो हुनेछैन।’ (हब. २:३) यहोवा समयनिष्ठ हुनुभएकोले हामी कति धेरै लाभ उठाउन सक्छौं! (भज. ७०:५) हामी व्यस्त अनि त्यसमाथि त्रुटिपूर्ण भएकोले समयनिष्ठ हुन चुनौतीपूर्ण हुन्छ। हामीले किन समयनिष्ठ हुने बानी बसाल्नुपर्छ?

२. समयनिष्ठ हुँदा कसरी यहोवाको महिमा हुन्छ?

२ यस अन्तको दिनमा समयनिष्ठ मान्छे कमै पाइन्छ किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने र असंयमित छन्‌। (२ तिमो. ३:१-३) ख्रीष्टियनहरू काममा र सभामा समयमै पुग्दा अनि कसैलाई तोकिएकै समयमा भेट्‌दा अरूले त्यो कुरा याद गर्छन्‌। यसरी समयनिष्ठ हुँदा यहोवाको महिमा हुन्छ। (१ पत्रु. २:१२) हामी काम गर्ने ठाउँमा समयमै पुग्छौं होला। तर ईश्‍वरतान्त्रिक गतिविधिमा भने ढिलो पुग्ने बानी छ कि? गीत र प्रार्थना सुरु हुनुअघि नै सभामा पुग्दा हामीले व्यवस्थित परमेश्‍वर यहोवाको अनुकरण गर्न चाहेको देखाइरहेका हुन्छौं।—१ कोरि. १४:३३, ४०.

३. समयनिष्ठ हुँदा अरूप्रति विचारशील भएको कसरी देखिन्छ?

३ समयनिष्ठ भयौं भने हामी अरूप्रति विचारशील पनि भइरहेका हुन्छौं। (फिलि. २:३, ४) उदाहरणको लागि, हामी सभामा वा क्षेत्र सेवाको सभामा समयमै पुग्यौं भने सङ्‌गी उपासकहरूको ध्यान खलबलिन पाउँदैन। यदि ढिलो पुग्ने बानी नै बसिसकेको छ भने यसले अरूमा कस्तो छाप पार्छ? हामी अरूको भन्दा आफ्नो समय मूल्यवान्‌ ठान्छौं भन्‍ने छाप पार्छ। समयनिष्ठ व्यक्‍ति भरोसायोग्य, लगनशील र विश्‍वासिलो हुन्छ। यस्ता गुण भएको व्यक्‍तिलाई सबैले मन पराउँछ।

४. ढिलो गर्ने बानी कसरी सुधार्न सक्छौं?

४ यदि तपाईंको सधैं ढिलो गर्ने बानी छ भने त्यसको कारण पत्ता लगाउनुहोस्‌। तोकिएको समयमा काम पूरा गर्न व्यावहारिक तालिका बनाउनुहोस्‌। (उप. ३:१; फिलि. १:१०) यहोवासित मदत माग्नुहोस्‌। (१ यूह. ५:१४) परमेश्‍वरलाई र छिमेकीलाई प्रेम गर्नू भन्‍ने सबैभन्दा ठूला आज्ञाहरूको हामी मोल गर्छौं भनेर देखाउने एउटा तरिका समयनिष्ठ भएर हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने