कुराकानी थाल्ने उदाहरण
ब्यूँझनुहोस्! जनवरी-मार्च
“हामी सबै परिवारहरूलाई भेटेर एउटा महत्त्वपूर्ण जानकारी दिंदै छौं। सबै जना परिवारमा शान्ति भएको चाहन्छन्। तर कहिलेकाहीं झगडा त हुन्छ। तपाईंको विचारमा त्यस्तो हुँदा चुपचाप बस्नु ठीक हो कि त्यसलाई समाधान गर्न खोज्नु राम्रो हो? [जवाफ दिने मौका दिनुहोस्।] पवित्र शास्त्रमा लेखिएको एउटा उपदेश तपाईंलाई देखाऊँ? [हितोपदेश २६:२० पढ्नुहोस्।] परिवारमा शान्ति कायम गर्न मदत गर्ने केही व्यावहारिक सुझावहरू यस पत्रिकामा दिइएको छ।”