प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल पृ. ३
  • दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाले तिनको पीडा निको पार्नुभयो
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल पृ. ३

बाइबलमा पाइने अनमोल धन | अय्यूब १६–२०

दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्‌

सल्लाह बल दिने किसिमको हुनुपर्छ

१६:४, ५

  • अय्यूब असाध्यै निराश र दुःखी थिए। तिनलाई मदत र सान्त्वना चाहिएको थियो

  • अय्यूबका तीन जना साथीले तिनलाई कुनै सान्त्वना दिएनन्‌। बरु भए नभएको आरोप लगाए र झनै निराश बनाइदिए

बिल्ददको कठोर बोलीले अय्यूबलाई दुःखी बनायो; तिनी रोए

१९:२, २५

  • अय्यूबले दुःखबाट मुक्‍ति पाउन यहोवालाई बिन्ती गरे। तिनले मर्ने इच्छा व्यक्‍त गरे

  • अय्यूबले पुनर्जीवनको आशामा ध्यान केन्द्रित गरे र सबै दुःख सहे

एलीपजले अय्यूबसित कुरा गर्दा बिल्दद र सोपर हेर्दै

अय्यूबका आरोपकहरू

एलीपज

एलीपज:

  • तिनी एदोमको तेमान सहरका हुन सक्छन्‌। यर्मिया ४९:७ मा तेमानलाई एदोमीहरूको बुद्धिको केन्द्रको रूपमा वर्णन गरिएको छ

  • सान्त्वना दिन आएकाहरूमध्ये एलीपज जेठो र सबैभन्दा प्रभावशाली हुन सक्छ। अय्यूबसित कुरा सुरु गर्ने तिनी नै थिए। तिनले तीन पटक कुरा गरे। अरू दुई जनाले भन्दा लामो कुरा गरे

आरोपहरू:

  • अय्यूब सत्यनिष्ठ छैनन्‌ र परमेश्‍वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्‍न (अय्यू ४, ५)

  • अय्यूब अहङ्‌कारी, दुष्ट र परमेश्‍वरको डर नमान्‍ने मानिस हुन्‌ (अय्यू १५)

  • अय्यूब लोभी र अन्यायी छन्‌। मानिस परमेश्‍वरको नजरमा कुनै मोलको छैन (अय्यू २२)

बिल्दद

बिल्दद:

  • शूहका सन्तान। सायद तिनी यूफ्रेटिस नदीको आसपास बस्थे

  • अय्यूबसँग कुरा गर्ने दोस्रो व्यक्‍ति। तिनले तीन पटक कुरा गरे। तिनको कुरा छोटो भए तापनि एलीपजको भन्दा घोच्ने खालको थियो

आरोपहरू:

  • अय्यूबका छोराहरूले पाप गरेका हुनाले तिनीहरूले त्यसको सजाय भोग्नुपरेको हो। अय्यूब ईश्‍वरहीन मानिस हुन्‌ (अय्यू ८)

  • अय्यूब गलत काम गर्ने व्यक्‍ति हुन्‌ (अय्यू १८)

  • मानिस सत्यनिष्ठ हुनु बेकार छ (अय्यू २५)

सोपर

सोपर:

  • तिनी नमाती थिए। सम्भवतः उत्तरपूर्वी अरबका बासिन्दा

  • अय्यूबसित कुरा गर्ने तेस्रो व्यक्‍ति। तिनले अय्यूबसँग दुई चोटि मात्र कुरा गरे। तिनको बोली सबैभन्दा रूखो थियो

आरोपहरू:

  • अय्यूब व्यर्थको कुरा गर्छन्‌। अय्यूबले खराब काम गर्न छोड्‌नुपर्छ (अय्यू ११)

  • अय्यूब दुष्ट छन्‌ र तिनी गलत काम गर्न रुचाउँछन्‌ (अय्यू २०)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने