प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. ९
  • हृदयसम्म पुग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हृदयसम्म पुग्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍नहरू सोध्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • बाइबल विद्यार्थीहरूलाई अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. ९

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

हृदयसम्म पुग्नुहोस्‌

परमेश्‍वरप्रति आज्ञाकारी हुने कुरा हृदयबाटै आउँछ। (हित ३:१) त्यसैले हामीले सिकाउँदा श्रोताको हृदयसम्मै पुग्ने कोसिस गर्नुपर्छ। कसरी?

आफ्नो विद्यार्थीलाई बाइबल सत्य मात्र नसिकाउनुहोस्‌ तर त्यसले तिनको जीवन र यहोवासितको सम्बन्धलाई कसरी असर गर्छ भनेर पनि बुझ्न मदत गर्नुहोस्‌। बाइबलका स्तरहरूमा परमेश्‍वरको प्रेम, भलाइ र धार्मिकता कसरी झल्किन्छ भनेर बुझ्न मदत गर्नुहोस्‌। कौशलतासाथ प्रश्‍नहरू सोध्दै विद्यार्थीलाई आफूले सिकिरहेको कुरा कस्तो लाग्छ भनेर केलाउन मदत गर्नुहोस्‌। तिनलाई गलत विचारधारा वा आनीबानी सच्याउँदा पाइने लाभहरू बुझ्न मदत गर्नुहोस्‌। विद्यार्थीले यहोवालाई हृदयदेखि नै प्रेम गरेको देख्दा साक्षीकार्यमा तपाईँको आनन्द अझ बढ्‌नेछ।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—हृदयसम्म पुगेर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—हृदयसम्म पुगेर’ भिडियोको एउटा दृश्‍य। निता ग्रेसलाई बाइबल अध्ययनको दौडान एउटा प्रश्‍न सोध्दै छिन्‌।

    “हामीले अस्ति छलफल गरेको कुरा मनन गऱ्‍यौ?” भनेर निताले ग्रेसलाई किन सोधिन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—हृदयसम्म पुगेर’ भिडियोको एउटा दृश्‍य। निता बाइबलबाट बुझाउँदै छिन्‌।

    बाइबलका स्तरहरू परमेश्‍वरले तिनलाई प्रेम गर्नुभएको प्रमाण हो भनेर निताले ग्रेसलाई कसरी बुझाइन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—हृदयसम्म पुगेर’ भिडियोको एउटा दृश्‍य। ग्रेस निताको कुरा ध्यान दिएर सुन्दै छिन्‌।

    हामी विद्यार्थीको हृदयसम्म पुग्यौँ भने तिनी उन्‍नति गर्न उत्प्रेरित हुनेछन्‌

    परमेश्‍वरलाई के-कस्ता तरिकामा प्रेम गरेको देखाउन सकिन्छ भनेर निताले ग्रेसलाई कसरी बुझाइन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने