प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. ९
  • दिदीबहिनीहरूले यहोवाको सेवामा कसरी अझ धेरै गर्न सक्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिदीबहिनीहरूले यहोवाको सेवामा कसरी अझ धेरै गर्न सक्छन्‌?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “प्रभुमा परिश्रम गर्ने स्त्रीहरू”
    हाम्रो राज्य सेवकाई—२०००
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. ९
तस्बिरहरूको सँगालो: दिदीबहिनीहरू आनन्दित भई विभिन्‍न जिम्मेवारीहरू पूरा गर्दै छन्‌। १. एउटी बहिनी साक्षीकार्यमा भाग लिँदै छिन्‌। २. एउटी बहिनी निर्माणकार्यमा भाग लिँदै छिन्‌। ३. एउटी बहिनी सभाभवन सफा गर्दै छिन्‌। ४. एक बहिनी एक पाको बहिनीलाई ट्याबलेट चलाउन सिकाउँदै छिन्‌। ५. एउटी बहिनी छोरीलाई सभामा टिप्पणी दिन मदत गर्दै छिन्‌। ६. दुई बहिनी जाडो मौसममा साक्षीकार्यमा भाग लिँदै छन्‌।

ख्रिष्टियन जीवन

दिदीबहिनीहरूले यहोवाको सेवामा कसरी अझ धेरै गर्न सक्छन्‌?

दिदीबहिनीहरूले राज्य गतिविधिमा अमूल्य योगदान पुऱ्‍याउँछन्‌। (भज ६८:११) धेरैजसो गृह बाइबल अध्ययनहरू दिदीबहिनीहरूले सञ्चालन गर्छन्‌। धेरैजसो नियमित अग्रगामीहरू दिदीबहिनीहरू नै हुन्‌। हजारौँ मेहनती दिदीबहिनीहरू बेथेल सेवक, मिसनरी, निर्माण स्वयंसेवक, निर्माण सेवक र अनुवादकहरूको रूपमा सेवा गर्छन्‌। परिपक्व दिदीबहिनीहरूले आफ्नो परिवार र मण्डलीलाई बलियो बनाउन मदत गर्छन्‌। (हित १४:१) हुनत उनीहरूले एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्न पाउँदैनन्‌ तैपनि मण्डलीमा लक्ष्यहरू भने राख्न सक्छन्‌। तपाईँ बहिनी हुनुहुन्छ भने यहोवाको सेवामा अझ धेरै गर्न सक्ने केही तरिकाहरू के-के हुन्‌?

  • आध्यात्मिक गुणहरू विकास गर्नुहोस्‌।—१ति ३:११; १प ३:३-६

  • आफ्नो मण्डलीका कम अनुभवी दिदीबहिनीहरूलाई मदत गर्नुहोस्‌।—ति २:३-५

  • साक्षीकार्यमा अझ धेरै समय बिताउने र अझ प्रभावकारी हुने कोसिस गर्नुहोस्‌।

  • अर्कै भाषा सिक्नुहोस्‌।

  • आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌।

  • बेथेल सेवाको लागि वा ईश्‍वरतान्त्रिक गतिविधिको लागि प्रयोग गरिने भवनहरूको निर्माणकार्यमा भाग लिनको लागि आवेदन दिनुहोस्‌।

  • राज्यप्रचारकहरूका लागि स्कुलको लागि आवेदन दिनुहोस्‌।

“प्रभुमा कडा परिश्रम गरिरहेका स्त्रीहरू” भिडियो हेर्नुहोस्‌ अनि दिइएको प्रश्‍नको जवाफ दिनुहोस्‌:

  • दिदीबहिनीहरूले भन्‍नुभएका कुराहरूबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो?

“प्रभुमा कडा परिश्रम गरिरहेका स्त्रीहरू” भिडियो देखाइएका तीन दिदीबहिनी।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने