प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. ११
  • तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • आमाको बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • अनुशासन—यहोवाको प्रेमको अभिव्यक्‍ति
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • छोराछोरीलाई सफल हुन मदत गर्न बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. ११
चित्रहरूको सँगालो: “परिवारमा आनन्द खेती गर्नुहोस्‌” भिडियोका दृश्‍यहरू। १. छोरीहरू आमाबुबाले केक खाएको हेर्दै छन्‌। २. छोरीहरू पारिवारिक उपासनाको बेला हाँस्दै छन्‌। ३. एक जना छोरी बिरामी आमाको हेरविचार गर्दै छिन्‌।

ख्रिष्टियन जीवन

तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ

यहोवा परिवारहरू खुसी भएको चाहनुहुन्छ। (भज १२७:३-५; उप ९:९; ११:९) तर विभिन्‍न तनाव अनि परिवारका सदस्यहरूको गल्तीले गर्दा हाम्रो आनन्द खलबलिन सक्छ। त्यसोभए परिवारको आनन्द बढाउन प्रत्येक सदस्यले के गर्न सक्छन्‌?

पति आफ्नी पत्नीको आदर गर्छन्‌। (१प ३:७) उनीसित समय बिताउँछन्‌। तिनी पत्नीबाट आशा गर्ने कुराहरूको सन्दर्भमा व्यावहारिक हुन्छन्‌; तिनको अनि परिवारको लागि पत्नीले गरेको मेहनतको लागि कृतज्ञता व्यक्‍त गर्छन्‌। (कल ३:१५) तिनी पत्नीलाई माया व्यक्‍त गर्छन्‌ र उनको प्रशंसा गर्छन्‌।—हित ३१:२८, ३१.

पत्नी आफ्नो पतिलाई साथ दिने तरिकाहरू खोज्छिन्‌। (हित ३१:१२) उनी पतिको अधीनमा बस्छिन्‌ र तिनलाई मदत गर्छिन्‌। (कल ३:१८) उनी पतिसित दयालु भई कुरा गर्छिन्‌ र अरूसित पतिबारे नकारात्मक कुरा गर्दिनन्‌।—हित ३१:२६.

आमाबुबा आफ्ना छोराछोरीसित समय बिताउँछन्‌। (व्य ६:६, ७) तिनीहरू छोराछोरीलाई माया गरेको कुरा बताउँछन्‌। (मत्ति ३:१७) तिनीहरू मायालुपूर्वक अनि विवेकी भई अनुशासन दिन्छन्‌।—एफि ६:४.

छोराछोरी आमाबुबाको आदर गर्छन्‌ र आज्ञाकारी हुन्छन्‌। (हित २३:२२) तिनीहरू आमाबुबालाई आफ्नो विचार अनि भावना व्यक्‍त गर्छन्‌। तिनीहरू आमाबुबाले दिएको अनुशासन स्विकार्छन्‌ र उनीहरूको सम्मान गर्छन्‌।—हित १९:२०.

परिवारमा आनन्द खेती गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

• परिवारमा आनन्द खेती गर्न प्रत्येक सदस्यले के गरे?
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने