प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 डिसेम्बर पृ. ३०
  • के तपाईँलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • अब त सहनै सक्दिनँ जस्तो लाग्दा
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परमेश्‍वरको प्रेरणा पाएर लेखिएको गीतमा पाइने उदाहरणहरूबाट सिक्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 डिसेम्बर पृ. ३०

के तपाईँलाई सम्झना छ?

के तपाईँले यस वर्षको प्रहरीधरहरा पत्रिकाका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए तपाईँ निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

हामीले अभिषिक्‍त ख्रिष्टियनहरूसित कस्तो व्यवहार गर्नुपर्छ?

हामी तिनीहरूको विश्‍वासको कदर गर्छौँ। तर तिनीहरूलाई बढ्‌तै महत्त्व दिँदैनौँ। हामी तिनीहरूको “चापलुसी” गर्दैनौँ। (यहु. १६) हामी तिनीहरूको आशाबारे व्यक्‍तिगत प्रश्‍नहरू सोध्दैनौँ।—w२०.०१, पृ. २८-२९.

यहोवा तपाईँलाई याद गर्नुहुन्छ भनेर तपाईँ कसरी पक्का हुन सक्नुहुन्छ?

तपाईँ जन्मनुअघि नै यहोवाले तपाईँलाई देख्नुभएको थियो भनेर बाइबल बताउँछ। उहाँ तपाईँको प्रार्थना सुन्‍नुहुन्छ। उहाँ तपाईँको सोचाइ र भावना जान्‍नुहुन्छ अनि तपाईँको कामले यहोवाको भावनालाई असर गर्छ। (१ इति. २८:९; हितो. २७:११) उहाँले नै तपाईँलाई आफूतर्फ खिच्नुभएको हो।—w२०.०२, पृ. १२.

कुन बेला बोल्नुपर्छ अनि कुन बेला चुप लाग्नुपर्छ? केही उदाहरण दिनुहोस्‌।

हामी खुसीसाथ यहोवाबारे बोल्छौँ। कसैले गलत कदम चाल्न लागेको देख्यौँ भने हामी बोल्नु उचित हो। एल्डरहरू सल्लाह दिन आवश्‍यक हुँदा बोल्छन्‌। प्रतिबन्ध लागेको देशमा हाम्रो काम कस्तो भइरहेको छ भनेर सोध्दैनौँ (वा बताउँदै हिँड्‌दैनौँ)। आफूलाई थाह भएको गोप्य कुरा हामी अरूलाई बताउँदैनौँ।—w२०.०३, पृ. २०-२१.

योएल अध्याय २ अनि प्रकाश अध्याय ९ मा बताइएका सलहहरूबीच कस्ता भिन्‍नताहरू छन्‌?

योएल २:२०-२९ अनुसार परमेश्‍वर सलहहरूलाई टाढा भगाइदिनुहुन्छ र सलहले गर्दा भएको नोक्सानीको क्षतिपूर्ति गरिदिने प्रतिज्ञा गर्नुहुन्छ। त्यसपछि उहाँ पवित्र शक्‍ति खन्याउनुहुन्छ। यी कुराहरू बेबिलोनीहरूले इस्राएललाई आक्रमण गर्दा र त्यसपछिको समयमा पूरा भयो। प्रकाश ९:१-११ ले हाम्रो समयका सलहजस्ता अभिषिक्‍त सेवकहरूलाई बुझाउँछ, जसले यस दुष्ट युगलाई परमेश्‍वरको न्यायको सन्देश सुनाउँछन्‌। परिणामस्वरूप यस दुष्ट संसारको पक्ष लिनेहरू अत्तालिन्छन्‌।—w२०.०४, पृ. ३-६.

अहिले उत्तरका राजा को हुन्‌?

रूस र त्यसका समर्थकहरू। तिनीहरूले आफूले प्रभुत्व जमाएको इलाकामा प्रचारकार्यमाथि प्रतिबन्ध लगाएर अनि साक्षीहरूको खेदो गरेर परमेश्‍वरका जनहरूलाई प्रत्यक्ष असर गरेका छन्‌। उत्तरका राजाले दक्षिणका राजासित प्रतिस्पर्धा गर्दै आएका छन्‌।—w२०.०५, पृ. १३.

के गलाती ५:२२, २३ मा उल्लेख गरिएका नौ वटा गुण “पवित्र शक्‍तिको फल”-का पक्षहरूको पूरा सूची हो?

होइन। पवित्र शक्‍तिले हामीलाई धार्मिकताजस्ता अन्य असल गुण विकास गर्न मदत दिन्छ। (एफि. ५:८, ९)—w२०.०६, पृ. १७.

सामाजिक सञ्जालमा आफूसित सम्बन्धित कुराहरू पोस्ट गर्नुको एउटा खतरा के हो?

तपाईँले सामाजिक सञ्जालमा पोस्ट गर्ने कुराहरूले तपाईँ नम्र हुनुहुन्‍न बरु फुइँ लगाउँदै हुनुहुन्छ भन्‍ने भान पर्न सक्छ।—w२०.०७, पृ. ६-७.

ख्रिष्टियन सेवकहरूले सिपालु जलारीहरूबाट के सिक्न सक्छन्‌?

जलारीहरूले माछा भेटिने समय र ठाउँमा जाल हान्छन्‌। तिनीहरूले सही साधन प्रयोग गर्न तालिम पाएका हुन्छन्‌। अनि तिनीहरू प्रतिकूल अवस्थामा पनि साहसी भई काम गर्छन्‌। हामी आफ्नो प्रचारकार्यमा यसै गर्न सक्छौँ।—w२०.०९, पृ. ५.

परमेश्‍वरप्रतिको प्रेम अझ बढाउन बाइबल विद्यार्थीहरूलाई कसरी मदत गर्न सक्छौँ?

तिनीहरूलाई हरेक दिन बाइबल पढ्‌न र पढेको कुरामा मनन गर्न प्रोत्साहन दिन सक्छौँ। अनि तिनीहरूलाई प्रार्थना गर्न सिकाउन सक्छौँ।—w२०.११, पृ. ४.

पावलले “ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ” भने। यसमा को समावेश छन्‌?—१ कोरि. १५:२२.

प्रेषित पावलले सबै मानिसलाई जीवित पारिनेछ भन्‍न खोजेका होइनन्‌। तिनले अभिषिक्‍त ख्रिष्टियनहरूलाई सङ्‌केत गरिरहेका थिए, ‘जो ख्रिष्ट येसुका चेलाहरू भएको नाताले पवित्र पारिएका छन्‌।’ (१ कोरि. १:२; १५:१८)—w२०.१२, पृ. ५-६.

अभिषिक्‍त जनहरू ‘आँखाको एक निमेषमा, बिगुलको अन्तिम आवाजको दौडान परिवर्तन’ भएपछि तिनीहरूले कस्तो काम पाउनेछन्‌?—१ कोरि. १५:५१-५३.

तिनीहरूले ख्रिष्टसँगै मिलेर मानिसहरूलाई फलामको डन्डाले शासन गर्नेछन्‌। (प्रका. २:२६, २७)—w२०.१२, पृ. १२-१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने