प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 फेब्रुअरी पृ. ३०-३१
  • एउटा सरल प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा सरल प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तिनले तरवारको चोट सहिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 फेब्रुअरी पृ. ३०-३१
एक साक्षी बहिनी र तिनका पति एक महिलालाई भिडियो कलबाट बाइबल अध्ययन गराउँदै छन्‌।

एउटा सरल प्रश्‍न

मेरी र तिनका पति जोनa बस्ने देशमा फिलिपिन्सबाट काम गर्न थुप्रै मानिसहरू आउँछन्‌। तिनीहरूले ती मानिसहरूलाई सुसमाचार सुनाउन सकेका छन्‌। कोभिड-१९ महामारीको दौडान मेरीले देशभित्रका मानिसहरूसित मात्र होइन, देशबाहिरका मानिसहरूसित पनि बाइबल अध्ययन सुरु गरिन्‌। तिनले कसरी यसो गर्न सकिन्‌?

मेरी आफ्ना बाइबल विद्यार्थीहरूलाई यस्तो प्रश्‍न सोध्थिन्‌: “बाइबल अध्ययन गर्न चाहने अरू पनि कोही हुनुहुन्छ कि?” तिनीहरूले ‘छन्‌’ भनेर जवाफ दिए भने तिनी उक्‍त व्यक्‍तिसित भेटाइदिन भन्थिन्‌। यस्तो सरल प्रश्‍न सोध्दा नतिजा अक्सर राम्रो हुन्छ। परमेश्‍वरको वचनलाई गहिरो आदर गर्ने मानिसहरू आफूले बाइबलबाट सिकेका कुराहरू परिवार र साथीभाइलाई बताउन चाहन्छन्‌। मेरीले यस्तो सरल प्रश्‍न सोध्दा नतिजा कस्तो भयो?

मेरीकी बाइबल विद्यार्थी ज्यास्मिनले तिनलाई चार जनासित भेटाइदिइन्‌ र तिनीहरू सबैले बाइबल अध्ययन सुरु गरे। तिनीहरूमध्ये एक जना क्रिस्टिन थिइन्‌। उनलाई बाइबल अध्ययन गर्न असाध्यै रमाइलो लाग्थ्यो। त्यसैले उनले मेरीलाई हप्ताको दुई चोटि अध्ययन गराइदिन भनिन्‌। मेरीले क्रिस्टिनलाई पनि बाइबल अध्ययन गर्न चाहने अरू पनि छन्‌ कि भनेर सोधिन्‌। अनि क्रिस्टिनले केही हप्ताभित्रै मेरीलाई आफ्ना चार जना साथीहरूसित भेटाइदिइन्‌। पछि क्रिस्टिनले मेरीलाई अरू साथीहरूसित पनि भेटाइदिइन्‌ अनि तिनीहरूमध्ये कोही-कोहीले अध्ययन गर्न चाहने अरूलाई पनि भेटाइदिए।

क्रिस्टिन फिलिपिन्समा भएको आफ्नो परिवारले पनि बाइबलको कुरा सिकेको चाहन्थिन्‌। त्यसैले उनले आफ्नी छोरी आन्द्रियासित कुरा गरिन्‌। सुरुमा त आन्द्रियालाई यस्तो लागेको थियो, “यहोवाका साक्षीहरू अनौठा छन्‌। तिनीहरू येसुलाई विश्‍वास गर्दैनन्‌। तिनीहरू बाइबलको पुरानो नियम मात्र पालन गर्छन्‌।” तर एक चोटि अध्ययन गर्दा नै तिनले यहोवाका साक्षीहरू आफूले सोचेको जस्तो होइन रहेछन्‌ भनेर बुझिहालिन्‌। हरेक चोटि बाइबलबाट कुनै नयाँ कुरा सिक्दा तिनी यसो भन्‍ने गर्थिन्‌, “बाइबलमै यस्तो लेखिएको छ भने त सही नै हो!”

पछि आन्द्रियाले मेरीसित आफ्नो दुई जना साथी र सँगै काम गर्ने एक जनालाई भेटाइदिइन्‌ अनि तिनीहरूले पनि बाइबल अध्ययन थाले। आन्द्रियाको अध्ययन भइरहेको बेला तिनकी फुपू एन्जेलाले पनि सुनिरहेकी हुन्थिन्‌। तर मेरीलाई त्यो कुरा थाह थिएन। एकदिन एन्जेलाले आन्द्रियालाई मेरीसित चिनाइदिन भनिन्‌ र आफूले पनि बाइबल अध्ययन गर्न चाहेको कुरा बताइन्‌। एन्जेलालाई आफूले सिकिरहेको कुरा एकदमै मन पऱ्‍यो। हुनत तिनी पटक्कै आँखा देख्दिन थिइन्‌ तर सुनेकै भरमा तिनले एक महिनाभित्रै थुप्रै बाइबल पद कण्ठ पारिन्‌। तिनी हप्ताको चार चोटि अध्ययन गर्न चाहन्थिन्‌। तिनी आन्द्रियाको मदत लिएर भिडियो कलबाट नियमित रूपमा सभामा बस्न थालिन्‌।

मेरीले क्रिस्टिनको अध्ययन गराइरहेको बेला तिनका श्रीमान्‌ जोसुवा पनि नजिकै कतै बसिरहेका हुन्थे। मेरीले त्यो कुरा याद गरिन्‌ र तिनलाई ‘तपाईँ पनि अध्ययनमा बस्नुस्‌ न’ भनिन्‌। जोसुवाले यसो भने: “हुन्छ तर मलाई चाहिँ केही नसोध्नुस्‌ है! सोध्नुभयो भने म त गइहाल्छु।” त्यसपछि जोसुवा पनि अध्ययनमा बसे अनि पाँच मिनेटभित्रै तिनले क्रिस्टिनले भन्दा धेरै प्रश्‍नहरू सोधे र आफूले पनि बाइबल अध्ययन गर्न चाहेको कुरा बताए।

मेरीले सरल प्रश्‍न सोधेर थुप्रै बाइबल अध्ययन सुरु गर्न सकिन्‌। तिनले चार वटा देशमा बस्ने २८ जना मानिससित बाइबल अध्ययन सुरु गरिन्‌। तिनले केही अध्ययन अरू भाइबहिनीलाई पनि दिइन्‌।

यस अनुभवको सुरुतिर उल्लेख गरिएकी ज्यास्मिनले अप्रिल २०२१ मा बप्तिस्मा गरिन्‌। क्रिस्टिनले पनि मे २०२२ मा बप्तिस्मा गरिन्‌ र अहिले तिनी फिलिपिन्स फर्किसकेकी छिन्‌। क्रिस्टिनले मेरीलाई चिनाइदिएका दुई जना विद्यार्थीले पनि बप्तिस्मा गरिसकेका छन्‌। क्रिस्टिनले बप्तिस्मा गरेको केही महिनापछि एन्जेलाले पनि बप्तिस्मा गरिन्‌ र अहिले तिनी नियमित अग्रगामी गर्दै छिन्‌। क्रिस्टिनका पति जोसुवा, छोरी आन्द्रिया र अरू केही बाइबल विद्यार्थीहरूले पनि राम्रो प्रगति गरिरहेका छन्‌।

अगाडिको चित्रमा देखाइएकी बहिनी आफ्नो बाइबल विद्यार्थी र उनका चार जना साथीसित भिडियो कलबाट कुरा गर्दै छिन्‌।

प्रथम शताब्दीमा सुसमाचार सुनेकाहरूमध्ये थुप्रैले आफ्नो परिवार र साथीभाइहरूलाई पनि बताए। (युह. १:४१, ४२क; प्रेषि. १०:२४, २७, ४८; १६:२५-३३) त्यसैले आफ्नो बाइबल विद्यार्थी र चासो देखाएका मानिसहरूलाई यस्तो प्रश्‍न सोध्नुभए कसो होला, “बाइबल अध्ययन गर्न चाहने अरू पनि कोही हुनुहुन्छ कि?” यस्तो सरल प्रश्‍न सोध्दा सायद तपाईँले पनि बाइबल अध्ययन गर्न चाहने थुप्रैलाई भेट्टाउन सक्नुहुनेछ।

a नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने