प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख २९
  • चिन्ता कसरी कम गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिन्ता कसरी कम गर्ने?
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चिन्ता कम गर्न केही सुझाव
  • अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००१
  • २ समस्याहरू समाधान गर्न मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • अचानक आइपर्ने स्वास्थ्य समस्याको कसरी सामना गर्ने?
    थप लेखहरू
  • परमेश्‍वरको राज्यको खोजी गर्नुहोस्‌, भौतिक चिजबिज होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख २९
एक वृद्ध पुरुष चिन्तित देखिन्छन्‌।

चिन्ता कसरी कम गर्ने?

अचाक्ली चिन्ताले शारीरिक र मानसिक स्वास्थ्यमा हानि गर्न सक्छ। त्यसले गर्दा तपाईँले चिन्ता गरिरहनुभएको समस्याभन्दा पनि ठूला समस्याहरू निम्तिन सक्छन्‌।

चिन्ता कम गर्न केही सुझाव

  • दुःखी अनुहार।

    नकारात्मक समाचारहरू धेरै नसुन्‍नुहोस्‌। तपाईँले कुनै अप्रिय घटनाबारे सबै कुरा थाह पाउनै पर्छ भन्‍ने छैन। यस्ता घटनाहरूबारे जत्ति धेरै जानकारी लिनुहुन्छ, तपाईँको डर र चिन्ता त्यत्ति नै बढ्‌नेछ।

    बाइबलको सिद्धान्त: “दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।”—हितोपदेश १७:२२.

    “हामीलाई विश्‍वमा के नयाँ भइरहेको छ वा के-कस्ता घटना घटिरहेका छन्‌, त्यसबारे एक-एक जानकारी लिने बानी नै पर्न सक्छ। तर यस्तो बानी राम्रो होइन। समाचार सुन्‍न कम गर्दा मेरो चिन्ता धेरै घटेको छ।”—जोन।

    यसबारे सोच्नुहोस्‌: तपाईँले हाल घटिरहेका घटनाहरूको अपडेट लिइरहनु कत्तिको जरुरी छ?

  • घडी।

    तालिकाअनुसार चल्नुहोस्‌। बिहान उठ्‌न, खाना खान, दैनिक कामकुरा गर्न र राती सुत्न निश्‍चित समय तोक्नुहोस्‌ अनि त्यसैअनुसार चल्नुहोस्‌। यसरी राम्रो तालिका बनाउनुभयो भने तपाईँले सामान्य जीवन बिताउन सक्नुहुनेछ र चिन्ता पनि कम हुनेछ।

    बाइबलको सिद्धान्त: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ।”—हितोपदेश २१:५.

    “कोभिड-१९ महामारी सुरु भएपछि मैले आफ्नो दैनिक तालिकालाई वास्तै गरिनँ अनि धेरैजसो समय मनोरञ्जनमै बिताउन थालेँ। म समयको सदुपयोग गर्न चाहन्थेँ। त्यसैले मैले दैनिक कामकाजको लागि तालिका बनाएँ।”—जोसेफ।

    यसबारे सोच्नुहोस्‌: के तपाईँको तालिकाले तपाईँलाई ‘आजको दिन निकै फलदायी भयो’ भनेर महसुस गराउँछ?

  • खुसी अनुहार।

    सकारात्मक कुराहरूमा ध्यान दिनुहोस्‌। ‘मैले यसो गरेको भए हुन्थ्यो’ अथवा ‘पछि यस्तो होला, उस्तो होला’ भनेर अचाक्ली सोच्नुहुन्छ भने तपाईँको चिन्ता झनै बढ्‌नेछ। त्यसैले हरेक दिन तपाईँ कृतज्ञ हुन सक्ने दुई वा तीन वटा कुराबारे सोच्नुहोस्‌।

    बाइबलको सिद्धान्त: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।”—कलस्सी ३:१५.

    “बाइबल पढाइले मलाई नकारात्मक समाचारहरूमा नभई सकारात्मक कुराहरूमा ध्यान दिन मदत गरेको छ। बाइबल पढेर के नै होला र जस्तो देखिएला तर यसले साँच्चै काम गर्छ!”—लिसा।

    यसबारे सोच्नुहोस्‌: के तपाईँ आफ्नो जीवनमा भइरहेका सकारात्मक कुराहरूलाई बेवास्ता गरेर नकारात्मक कुराहरूमा मात्र ध्यान दिनुहुन्छ?

  • उपहार।

    अरूबारे सोच्नुहोस्‌। तपाईँलाई कुनै कुराको चिन्ताले अचाक्ली सताइरहेको छ भने एक्लै बस्न मन लाग्ला। तर त्यसो नगर्नुहोस्‌ बरु अरूलाई कस्तो मदत दिन सक्छु भनेर सोच्नुहोस्‌।

    बाइबलको सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

    “अरूको लागि केही गरिदिँदा म आनन्दित हुन्छु अनि उनीहरूलाई मीठा अनुभवहरू सँगाल्न मदत गरिरहेकी हुन्छु। यसो गर्दा मेरो आफ्नै चिन्ता पनि कम हुन्छ। वास्तवमा भन्‍नुपर्दा मैले चिन्ता गर्ने फुर्सदै पाउँदिनँ!”—मारिया।

    यसबारे सोच्नुहोस्‌: तपाईँले चिनेकाहरूमध्ये कसलाई सबैभन्दा धेरै मदत चाहिएको छ र तपाईँ तिनलाई कस्तो मदत दिन सक्नुहुन्छ?

  • मुटु।

    स्वस्थ रहनुहोस्‌। पर्याप्त मात्रामा व्यायाम र आराम गर्नुहोस्‌। स्वस्थकर खानेकुरा खानुहोस्‌। आफ्नो शारीरिक स्वास्थ्यमा ध्यान दिँदा जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न र चिन्तित नहुन मदत पाउनुहुनेछ।

    बाइबलको सिद्धान्त: “व्यायामबाट केही फाइदा त हुन्छ।”—१ तिमोथि ४:८, फुटनोट।

    “म र मेरो छोरा बाहिर गएर व्यायाम गर्न त चाहन्छौँ तर सक्दैनौँ। त्यसैले हामीले घरमै व्यायाम गर्ने बानी बसालेका छौँ। यसले हामीलाई खुसी रहन अनि एकअर्काप्रति अझ दयालु र धीरजी हुन मदत गरेको छ।”—क्याथरिन।

    यसबारे सोच्नुहोस्‌: स्वस्थ रहन के तपाईँले खानपान र व्यायाममा अझ ध्यान दिनु आवश्‍यक छ?

थुप्रैले यस्ता सुझावहरू लागू गर्नुका साथै भविष्यको लागि बाइबलले दिएको आशाबारे बुझेर पनि आफ्नो चिन्ता कम गर्न सकेका छन्‌। “ईश्‍वरको राज्यले के गर्नेछ?” भन्‍ने लेख हेर्नुहोस्‌।

चिन्ता कम गर्न मदत दिने बाइबल पदहरू

भजन ५५:२२: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।”a

यसको अर्थ के हो? हामी प्रार्थना गरेर चिन्तालगायत आफ्नो सारा भारी परमेश्‍वरमा बिसाउन सक्छौँ। प्रार्थना भनेको हाम्रो ख्याल राख्नुहुने र “हाम्रा सबै परीक्षामा सान्त्वना” दिनुहुने सृष्टिकर्तासितको कुराकानी हो।—२ कोरिन्थी १:३, ४.

हितोपदेश १२:२५, फुटनोट: “चिन्ताले मन निराश बनाउँछ तर मीठो बोलीले मन हल्का बनाउँछ।”

यसको अर्थ के हो? तपाईँलाई प्रोत्साहन र व्यावहारिक मदत दिन सक्ने परिवारका सदस्यहरू वा साथीभाइसित कुरा गर्नुहोस्‌।

मत्ति ६:२७: “तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात लम्ब्याउन सक्छौ र?”

यसको अर्थ के हो? प्रायजसो अवस्थामा चिन्ता गरेर केही फाइदा हुँदैन। चिन्ता गरेर न हाम्रो परिस्थिति सुध्रन्छ न त समस्याको समाधान नै हुन्छ।

मत्ति ६:३१, ३२: “‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर कहिल्यै चिन्ता नगर। ... यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।”

यसको अर्थ के हो? हामीलाई गाँस, बास र कपासको आवश्‍यकता छ भनेर हामीलाई भन्दा राम्ररी यहोवा परमेश्‍वरलाई थाह छ।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने