प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ५९
  • के समलिङ्‌गी यौनसम्बन्ध गलत हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के समलिङ्‌गी यौनसम्बन्ध गलत हो?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसबारे बाइबल के भन्छ?
  • के यसको मतलब . . . ?
  • तर यदि . . . ?
  • समलिङ्‌गी यौनसम्बन्धबारे बाइबल के भन्छ?
    ब्यूँझनुहोस्‌!—२०१६
  • के परमेश्‍वरले समलिङ्‌गी विवाहलाई अनुमोदन गर्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००५
  • यी अनुभूतिहरूलाई म कसरी हटाउन सक्छु?
    ब्यूँझनुहोस्‌!—१९९५
युवाहरू सोध्छन्‌
ijwyp लेख ५९
दुई पुरुष र दुई महिलाले एकअर्काको हात समातिरहेको दृश्‍यको छाया

युवाहरू सोध्छन्‌

के समलिङ्‌गी यौनसम्बन्ध गलत हो?

“हुर्कँदै जाँदा मैले सामना गरेको सबैभन्दा ठूलो चुनौती भनेकै एउटै लिङ्‌गका व्यक्‍तिहरूप्रति आकर्षित हुनु थियो। त्यतिबेला त मलाई यो बिस्तारै हराउँदै जान्छ जस्तो लागेको थियो। तर अहिले पनि मलाई यस्ता भावनाहरूले सताइरहन्छ।”—डेभिड, २३.

डेभिड एक ख्रिष्टियन हुन्‌ अनि तिनी परमेश्‍वरलाई खुसी पार्न चाहन्छन्‌। के तिनी एउटै लिङ्‌गका व्यक्‍तिहरूप्रति आकर्षित भएको महसुस गरे पनि त्यसो गर्न सक्छन्‌? समलिङ्‌गी यौनसम्बन्धबारे परमेश्‍वरको दृष्टिकोण कस्तो छ?

  • यसबारे बाइबल के भन्छ?

  • के यसको मतलब . . . ?

  • तर यदि . . . ?

यसबारे बाइबल के भन्छ?

समलिङ्‌गी यौनसम्बन्धप्रति मानिसहरूको धारणा समयको अन्तरालमा र संस्कृतिले गर्दा परिवर्तन हुन सक्छ। तर ख्रिष्टयनहरू भने मानिसहरूको सोचाइको प्रभावमा पर्दैनन्‌ न त तिनीहरूलाई “हरकिसिमका शिक्षा[को], . . . छालले उछालपछार गरेर यताउता हुर्ऱ्याउँछ।” (एफिसी ४:१४) बरु समलिङ्‌गी यौनसम्बन्धबारे (वा अन्य नैतिक मामिलाबारे) तिनीहरूको दृष्टिकोण बाइबलमा दिइएको सिद्धान्तमा आधारित हुन्छ।

समलिङ्‌गी यौनसम्बन्धबारे बाइबलमा स्पष्टसित बताइएको छ। परमेश्‍वरको वचन भन्छ:

  • “तिमीले कुनै स्त्रीसित यौनसम्बन्ध राखेजस्तै पुरुषसित यौनसम्बन्ध नराख्नू; यो घृणित काम हो।”—लेवी १८:२२.

  • “परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको हृदयको इच्छाअनुसारै . . . अनियन्त्रित कामवासनामै डुबिरहून्‌ भनी छोडिदिनुभयो किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक यौनसम्बन्ध राख्न छोडेर अप्राकृतिक सम्बन्ध राखे।”—रोमी १:२४, २६.

  • “नबहकिओ। अवैध यौनसम्बन्ध राख्नेहरू, मूर्तिपूजकहरू, व्यभिचार गर्नेहरू, समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू, समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू, चोरहरू, लोभीहरू, पियक्कडहरू, गालीगलौज गर्नेहरू र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।”—१ कोरिन्थी ६:९, १०.

परमेश्‍वरले दिनुभएको सिद्धान्त सबैलाई लागू हुन्छ, चाहे तिनीहरू एउटै लिङ्‌गका व्यक्‍तिप्रति आकर्षित हुनेहरू होऊन्‌ वा विपरित लिङ्‌गप्रति। भन्‍ने हो भने, हरेकले परमेश्‍वरलाई मन नपर्ने काम गर्ने कुइच्छाको प्रतिरोध गर्नुपर्छ।—कलस्सी ३:५.

के यसको मतलब . . . ?

के यसको मतलब बाइबलले समलिङ्‌गीहरूलाई घृणा गर्न सिकाउँछ?

सिकाउँदैन। बाइबलले समलिङ्‌गीहरूलाई मात्र नभई कसैलाई पनि घृणा गर्न सिकाउँदैन। बरु यसले “सबै मानिससित शान्ति कायम गरिरहो” भनेर सिकाउँछ, चाहे तिनीहरूको जीवनशैली जस्तोसुकै किन नहोस्‌। (हिब्रू १२:१४) त्यसैले समलिङ्‌गीहरूको गिल्ला गर्नु अनि तिनीहरूलाई घृणा गर्नु वा अरू कुनै तरिकामा दुर्व्यवहार गर्नु सरासर गलत हो।

के यसको मतलब ख्रिष्टियनहरूले एउटै लिङ्‌गका व्यक्‍तिहरूबीचको विवाहसम्बन्धी सरकारले बनाएका नियमहरूको विरोध गर्नुपर्छ?

बाइबलले बताएअनुसार परमेश्‍वरले विवाह एक पुरुष र एक स्त्रीबीच हुनुपर्छ भन्‍ने स्तर तोकिदिनुभएको छ। (मत्ति १९:४-६) तैपनि एउटै लिङ्‌गका व्यक्‍तिहरूबीचको विवाहबारे मानिसहरूले बनाएका नियमहरू नैतिक नभई राजनैतिक मामिला हुन्‌। (युहन्‍ना १८:३६) बाइबलले ख्रिष्टियनहरू राजनैतिक मामिलाहरूमा तटस्थ रहनुपर्छ भनेर बताउँछ। त्यसैले तिनीहरू एउटै लिङ्‌गका व्यक्‍तिहरूबीचको विवाह वा समलिङ्‌गी यौनसम्बन्धबारे सरकारले बनाएका नियमहरूको समर्थन वा विरोध गर्दैनन्‌।

तर यदि . . . ?

तर यदि कोही समलिङ्‌गी हो भने के ऊ परिवर्तन हुन सक्छ?

सक्छ। प्रथम शताब्दीका केहीले परिवर्तन गरे। समलिङ्‌गी यौनसम्बन्ध राख्नेहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भन्‍ने कुरा बताएपछि बाइबल भन्छ: “तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ।”—१ कोरिन्थी ६:११.

के विगतमा समलिङ्‌गी यौनसम्बन्ध राखेकाहरूले पहिलेको जीवनशैलीअनुसार चल्ने झुकावको प्रतिरोध गर्नै परेन भन्‍ने हो? होइन। बाइबल भन्छ: “परमेश्‍वरले दिनुहुने नयाँ व्यक्‍तित्व धारण गर र त्यसलाई सही ज्ञानद्वारा . . . नयाँ बनाउँदै जाओ।” (कलस्सी ३:१०) परिवर्तन भनेको एक चोटि गरेर मात्र पुग्दैन, यो चलिरहने प्रकिया हो।

तर यदि कोही परमेश्‍वरको स्तरअनुसार चल्न चाहे तापनि उसलाई समलिङ्‌गी यौनइच्छा हटाउन गाह्रो भइरहेको छ भने नि?

अरू मामिलाहरूमा जस्तै यस मामिलामा पनि कुनै व्यक्‍तिले आफ्नो कुइच्छालाई वशमा राख्ने कि त्यसअनुसार चल्ने भन्‍ने कुरा तिनकै हातमा हुन्छ। बाइबल भन्छ: “पवित्र शक्‍तिको भरमा हिँडिरहो, तब तिमीहरूले कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनौ।”—गलाती ५:१६.

याद गर्नुहोस्‌, यस पदमा शारीरिक इच्छा उत्पन्‍न नै हुनेछैन भनिएको छैन। बरु बाइबल अध्ययन र प्रार्थनाको राम्रो तालिकाले त्यस्तो कुइच्छाको प्रतिरोध गर्न बल दिन्छ।

सुरुमा उल्लेख गरिएका डेभिडले यो कुरा सत्य हो भनेर बुझे, खासगरि आफूले सामना गरिरहेको चुनौतीबारे आमाबुबालाई बताएपछि। तिनी भन्छन्‌: “मेरो काँधबाट ठूलो बोझ हटेको जस्तै लाग्यो। मैले उहाँहरूसित पहिल्यै कुरा गरेको भए मेरो किशोरावस्था अझ राम्ररी बित्थ्यो होला।”

वास्तवमा यहोवाको स्तरअनुसार चल्यौँ भने हामी आनन्दित हुन सक्छौँ। यहोवाको स्तर “न्यायी छ, त्यसले मनलाई आनन्दित बनाउँछ” अनि “यी पालन गरे प्रशस्तै इनाम पाइन्छ” भनेर हामी ढुक्क छौँ।—भजन १९:८, ११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने