प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १३८
  • डाइनोसरबारे बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डाइनोसरबारे बाइबल के भन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००६
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १३८
डाइनोसर

डाइनोसरबारे बाइबल के भन्छ?

बाइबलको जवाफ

डाइनोसरबारे बाइबलमा तोकेरै बताइएको छैन। तर परमेश्‍वरले नै “सबै थोक सृष्टि गर्नुभयो” भनेर बताइएको छ। त्यसैले डाइनोसर पनि उहाँले सृष्टि गर्नुभएका जीवहरूमध्ये एक हो भनेर भन्‍न सक्छौँ।a (प्रकाश ४:११) डाइनोसरबारे सिधै उल्लेख नगरिए पनि बाइबलमा विभिन्‍न किसिमका जीवहरूबारे बताइएको छ, जसमा डाइनोसरहरू पनि पर्न सक्छन्‌:

  • “विशाल जलजन्तुहरू।”—उत्पत्ति १:२१.

  • “जमीनमा घस्रने जात जातका जन्तुहरू।”—उत्पत्ति १:२५.

  • “जात जातका वन-पशुहरू।”—उत्पत्ति १:२५.

के डाइनोसर अरू जनावरबाट विकसित भएको हो?

फसिलहरूलाई केलाउँदा डाइनोसर कुनै जनावरबाट विकसित हुँदै आएको होइन बरु डाइनोसरकै रूपमा अचानक देखा परेको हो भनेर देखिन्छ। त्यसैले परमेश्‍वरले नै सबै जनावरहरू सृष्टि गर्नुभएको हो भन्‍ने कुरासँग यो मेल खान्छ। उदाहरणको लागि, परमेश्‍वरबारे भजन १४६:६ (NRV) मा यस्तो लेखिएको छ: “उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका यावत्‌ थोकका सृष्टिकर्ता हुनुहुन्छ।”

डाइनोसरहरू पृथ्वीमा कहिले थिए?

पानीमा र जमिनमा बस्ने जनावरहरू पाँचौँ र छैठौँ दिनb अर्थात्‌ लामो समयावधिमा सृष्टि गरिएका थिए भनेर बाइबलमा बताइएको छ। (उत्पत्ति १:२०-२५, ३१) त्यसैले बाइबल विवरणअनुसार डाइनोसर देखा परेदेखि निकै लामो समयसम्म पृथ्वीमा बाँचेको हुनुपर्छ।

के बहेमोथ र लिव्यातन्‌ डाइनोसर थिए?

थिएनन्‌। अय्यूबको किताबमा उल्लेख गरिएका यी जनावरहरूलाई तोकेरै पहिचान गर्न नसकिए पनि साधारणतया बहेमोथलाई जलगैँडा अनि लिव्यातन्‌लाई गोही भनेर चिनिन्छ। यी जनावरहरूबारे बाइबलमा गरिएको व्याख्या जलगैँडा र गोहीसँग मिल्दोजुल्दो छ। (अय्यूब ४०:१५-२३; ४१:१, १४-१७, ३१, NRV) जेहोस्‌, “बहेमोथ” र “लिव्यातन्‌”-ले डाइनोसरलाई बुझाएको हुन सक्दैन। किनकि ती जनावरलाई आफ्नै आँखाले नियालेर हेर्नू भनेर परमेश्‍वरले अय्यूबलाई भन्‍नुभएको थियो तर अय्यूब बाँचेको समयभन्दा धेरै अघि नै डाइनोसरहरू लोप भइसकेका थिए।—अय्यूब ४०:१६; ४१:८.

डाइनोसरहरूलाई के भयो?

बाइबलमा डाइनोसरहरू लोप भएको विषयमा केही बताइएको छैन। तर सबै कुरा “[परमेश्‍वरकै] इच्छाबमोजिम” सृजिएको हो भनेर बताइएको छ। त्यसैले परमेश्‍वरले डाइनोसर सृष्टि गर्नुको पक्कै कुनै उद्देश्‍य थियो। (प्रकाश ४:११) त्यो उद्देश्‍य पूरा भएपछि परमेश्‍वरले डाइनोसरहरूलाई लोप हुन दिनुभयो।

a डाइनोसरहरू थिए भनेर तिनीहरूको फसिल अर्थात्‌ जीवावशेषले प्रमाणित गर्छ। त्यति मात्र होइन, कुनै समय डाइनोसरहरू प्रशस्त मात्रामा अनि विभिन्‍न साइज र आकारका थिए भनेर पनि फसिलहरूबाट प्रमाणित हुन्छ।

b बाइबलमा “दिन” भन्‍ने शब्दले हजारौँ वर्षको समयावधिलाई बुझाउन सक्छ।—उत्पत्ति १:३१; २:१-४; हिब्रू ४:४, ११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने