प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १४४
  • शव दहनबारे बाइबलले के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शव दहनबारे बाइबलले के भन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • शव दहनबारे गलत धारणा
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • माटैमा फर्कनु कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के मृतकहरूको आदर गर्नु उचित हो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • मरिसकेकाहरूको लागि कस्तो आशा छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १४४
मृतक व्यक्‍तिको तस्बिरसँगै खरानी राखिएको कलश

शव दहनबारे बाइबलले के भन्छ?

बाइबलको जवाफ

मृत व्यक्‍तिको शवलाई जलाउनुपर्छ कि गाड्‌नुपर्छ, त्यसबारे बाइबलमा कुनै खास निर्देशन वा आज्ञा दिइएको छैन। त्यसैले शव दहन गर्ने अर्थात्‌ जलाउने विषयमा बाइबलले तोकेरै केही बताउँदैन।

तर बाइबलमा परमेश्‍वरका वफादार सेवकहरूले आफ्ना प्रियजनहरूको शव गाडेको विवरणहरू पाइन्छ। जस्तै: अब्राहामले आफ्नी मृत पत्नी साराको लागि चिहान खोज्न निकै मेहनत गरे।—उत्पत्ति २३:२-२०; ४९:२९-३२.

बाइबलमा परमेश्‍वरका वफादार सेवकहरूले मानव अस्थिहरू दहन गरेको उदाहरणहरू पनि छन्‌। जस्तै: साउल र तिनका तीन जना छोराहरू युद्धमा मारिएपछि सुरुमा तिनीहरूको शव शत्रुको इलाकामै अलपत्र छाडिएका थिए। तिनीहरूको लासलाई तह लगाउने कुनै उचित बन्दोबस्त गरिएको थिएन। तर पछि वफादार इस्राएली योद्धाहरूले साउल र तिनका छोराहरूका शव ल्याए र दहन गरे अनि त्यसको खरानीलाई चाहिँ गाडे। (१ समुएल ३१:८-१३) यसरी अन्तिम संस्कार गर्नु स्वीकार्य थियो भनेर बाइबलले सङ्‌केत गर्छ।—२ समुएल २:४-६.

शव दहनबारे गलत धारणा

गलत धारणा: शव दहन गर्दा मृत व्यक्‍तिको अनादर हुन्छ।

तथ्य: मानिस मरेपछि ऊ माटोमा मिल्छ भनेर बाइबल बताउँछ। अनि यो वास्तविक कुरा हो किनकि लास कुहिएपछि त्यो माटैमा मिल्छ। (उत्पत्ति ३:१९) फरक यति मात्र हो कि शव दहन गर्दा यो प्रक्रिया छिटो हुन्छ किनकि शव दहन गरिसकेपछि त्यो तुरुन्तै खरानी वा धूलो बन्छ।

गलत धारणा: बाइबलकालीन समयमा यहोवालाई मन नपर्ने मानिसहरूको लासलाई मात्र जलाइन्थ्यो।

तथ्य: परमेश्‍वरलाई धोका दिने मानिसहरू, जस्तै: आकान र तिनको परिवारको लास जलाइएको थियो। (यहोसु ७:२५) तर यो कुनै नियम थिएन बरू एउटा अपवाद मात्र थियो। (व्यवस्था २१:२२, २३) किनकि माथि उल्लेख गरिएझैँ परमेश्‍वरका केही वफादार सेवकको समेत लास जलाइएको थियो। जस्तै: राजा साउलको छोरा जोनाथनको।

गलत धारणा: परमेश्‍वरले मरेपछि दहन गरिएको व्यक्‍तिलाई मृत्युबाट फेरि ब्युँताएर जीवित पार्न सक्नुहुन्‍न।

तथ्य: परमेश्‍वरले मरेका सबैलाई जीवित पार्न सक्नुहुन्छ, चाहे उसको लास गाडिएको होस्‌ वा जलाइएको, समुद्रमा डुबेको होस्‌ वा जङ्‌गली जनावरले आफ्नो शिकार बनाएको होस्‌। (प्रकाश २०:१३) मृतकलाई नयाँ शरीर दिएर फेरि जीवित पार्नु सर्वशक्‍तिमान्‌ परमेश्‍वरका लागि कुनै गाह्रो काम होइन।—१ कोरिन्थी १५:३५, ३८.

शव दहन गर्ने कि गाड्‌ने?—कसरी निर्णय गर्ने

मृत शरीरलाई के गर्ने भनेर निर्णय गर्नुअघि तल दिइएका केही पक्ष विचार गर्नुहोस्‌।

  • मृतकको इच्छा। बाइबलमा मृतकको परिवारको सदस्यहरूले तिनको इच्छाअनुसार अन्तिम संस्कार गरिएको उदाहरणहरू पाइन्छन्‌।—उत्पत्ति ५०:४, ५; प्रस्थान १३:१९.

  • स्थानीय चलन। मृत शरीरलाई के गर्नुपर्छ, त्यो धेरैजसो स्थानीय चलनमा भर पर्छ। (युहन्‍ना १९:४०) उदाहरणको लागि, प्राचीन समयमा मानिसहरूले त्यतिबेलाको चलनहरूअनुसारै लास गाड्‌थे। (उत्पत्ति ४९:३१; १ समुएल २८:३) त्यसैगरि आज बाइबलको सिद्धान्तसित बाझिँदैन भने स्थानीय चलनअनुसारै अन्तिम संस्कार गर्न सकिन्छ।

  • कानुनी आवश्‍यकता। बाइबलले संसारका अख्तियारवालाहरूको अधीनमा बस्न प्रोत्साहन दिएको छ। (रोमी १३:१) कुनै-कुनै मुलुकमा लासलाई के गर्नुपर्छ भनेर सरकारले नै नियम बनाइदिएको हुन्छ। उदाहरणको लागि, कुनै-कुनै मुलुकमा शव दहनपछि खरानीलाई कहाँ विस्थापित गर्नु हुँदैन, त्यसबारे सरकारले नियम तोकेको हुन्छ।

  • अरूको भावना। बाइबलले हामीलाई अरूको भावनाको ख्याल राख्न प्रोत्साहन दिएको छ। (फिलिप्पी २:४) शवलाई के गर्ने भनेर निर्णय गर्नुअघि यी प्रश्‍नहरू विचार गर्नु आवश्‍यक छ: मृत व्यक्‍तिको शरीरलाई दहन गर्ने कि गाड्‌ने भन्‍नेबारे परिवारका अरू सदस्यलाई कस्तो लाग्छ? समाजले त्यसलाई कुन दृष्टिकोणले हेर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने