प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
घोषणा
नयाँ उपलब्ध भाषा: Dendi
  • आज

मङ्‌गलबार, अगस्त १२

मृत्यु हुनेछैन।​—प्रका. २१:४.

पृथ्वी प्रमोदवनमा परिणत हुनेछ भनेर शङ्‌का गर्नेहरूलाई हामी के भन्‍न सक्छौँ? पहिलो, यहोवाले त्यो प्रतिज्ञा आफै गर्नुभएको हो। प्रकाशको किताबमा यसो भनिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्‍नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’” उहाँसित आफ्नो प्रतिज्ञा पूरा गर्ने बुद्धि, शक्‍ति र इच्छा छ। दोस्रो, उहाँ आफ्नो प्रतिज्ञा पूरा हुने कुरामा यत्ति पक्का हुनुहुन्छ कि उहाँको नजरमा ती पूरा भइसके। त्यसैले उहाँले यसो भन्‍नु उपयुक्‍त छ: “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌। . . . यी वचनहरू पूरा भइसकेका छन्‌!” तेस्रो, यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्‌नुहुन्छ। त्यसैले उहाँले यसो भन्‍नुभयो: “अल्फा र ओमेगा म नै हुँ।” (प्रका. २१:६) सैतान झूटा हो र त्यसले कुनै पनि हालतमा यहोवाको उद्देश्‍य पूरा हुनदेखि रोक्न सक्दैन भनेर उहाँले प्रमाणित गर्नुहुनेछ। तर मानिसहरूले “कुरा त राम्रै हो तर यस्तो हुनै सक्दैन” भनेमा प्रकाश २१:५, ६ पढेर त्यसको व्याख्या गर्न सक्नुहुन्छ। त्यहाँ लेखिएको कुरा आफ्नो प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुराको ग्यारेन्टी दिन यहोवाले गर्नुभएको हस्ताक्षरजस्तै हो भनेर बताउनुहोस्‌।—यसै. ६५:१६. w२३.११ पृ. ७ अनु. १८-१९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बुधबार, अगस्त १३

म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।​—उत्प. १२:२.

यहोवाले अब्राहाम ७५ वर्षको हुँदा यो प्रतिज्ञा गर्नुभएको थियो। त्यतिबेला तिनको कुनै सन्तान थिएन। के अब्राहामले त्यो प्रतिज्ञा पूरा भएको देखे? पूर्ण रूपमा त देखेनन्‌। युफ्रेटिस नदी पार गरेर २५ वर्ष पर्खेपछि अब्राहामले आशै नगरेको कुरा भयो। तिनले आफ्नो छोरा इसहाक जन्मेको अनि त्यसको ६० वर्षपछि नातिहरू एसाव र याकुब जन्मेको देखे। (हिब्रू ६:१५) तर अब्राहामले आफ्ना सन्तानहरू एउटा ठूलो जाति भएको र तिनीहरूले प्रतिज्ञा गरिएको देशमा बसोबास गरेको भने कहिल्यै देखेनन्‌। तैपनि यी वफादार पुरुषले आफ्नो सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध गाँसे। (याकु. २:२३) अब्राहामले विश्‍वास र धीरज देखाएकोले सबै राष्ट्रका मानिसहरूले आशिष्‌ पाए। (उत्प. २२:१८) तिनी फेरि जीवित भएपछि यो कुरा थाह पाउँदा कत्ति खुसी हुन्छन्‌ होला! यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवाका सबै प्रतिज्ञा पूरा भएको आफ्नै आँखाले नदेखौँला। तर अब्राहामजस्तै धीरजी भयौँ भने हामी यस कुरामा ढुक्क हुन सक्छौँ: यहोवाले हामीलाई अहिल्यै इनाम दिनुहुनेछ र नयाँ संसारमा अझ धेरै आशिष्‌ दिनुहुनेछ।—मर्कु. १०:२९, ३०. w२३.०८ पृ. २४ अनु. १४

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बिहीबार, अगस्त १४

तिनले साँचो परमेश्‍वर यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो।​—२ इति. २६:५.

जवान छँदा राजा उज्जियाह नम्र थिए। तिनले “साँचो परमेश्‍वरको भय मान्‍न” सिकेका थिए। तिनी ६८ वर्षसम्म बाँचे र तिनले यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो। (२ इति. २६:१-४) उज्जियाहले थुप्रै शत्रु राष्ट्रलाई हराए र यरुसलेमको सुरक्षा प्रणालीलाई बलियो बनाए। (२ इति. २६:६-१५) उज्जियाहले गरेका विभिन्‍न काममा परमेश्‍वरले मदत दिनुभएकोले तिनी पक्कै खुसी थिए। (उप. ३:१२, १३) राजा उज्जियाह अरूलाई विभिन्‍न सल्लाह-सुझाव दिने गर्थे। त्यसैले तिनलाई आफूले यहोवाका आज्ञाहरू पालन गर्नुपर्दैन भन्‍ने लागेको हुन सक्छ। एकदिन उज्जियाह यहोवाको मन्दिरभित्र गए र अहङ्‌कारी हुँदै धूप बाल्ने वेदीमा धूप बाल्न खोजे, जुन काम गर्न राजाहरूलाई निषेध गरिएको थियो। (२ इति. २६:१६-१८) प्रधानपुजारी अजर्याहले तिनलाई रोक्न खोजे तर तिनी रिसले चूर भए। दुःखको कुरा, उज्जियाह यहोवाप्रति अवफादार भए र उहाँले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो। (२ इति. २६:१९-२१) तिनी नम्र भइरहेका भए तिनको जीवन कत्ति राम्रो हुने थियो! w२३.०९ पृ. १० अनु. ९-१०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने